पराक्रम भारत
- सम्पादकीय
पुलवामा आतङ्की हमलाले भारतको 40 सीआरपीएफ जवान मारेको एक हप्तापछि भारतको वायु सेनाले पाक अधिकृत पाकिस्तान माथिको हमलाले 300 भन्दा अधिक आतङ्कवादीहरूको मृत्यु भयो। भारतको यो हमला सायदै 40 दशकको जवाही कार्वाहीमध्ये सबैभन्दा ठूलो हमला हो। भारतमा कश्मीर समस्या भारतको स्वतन्त्रता पछि अझै चर्को हुँदै गएर आज दिनदिनै आतङ्की हमलामा पणित भइरहेको छ। मूलतः यसभन्दा अघिको भारत सरकारको नरमी नितिको प्रतिफलस्वरूप आजको पाकिस्तानमा रहेको आतङ्की संगठनको मनोबल बढ़ेको हो। तर आज भारत नयाँ भारत भइसकेको प्रमाण भारतको वायु सेनाको हवाई आक्रमणले दिएको छ।
कश्मीर समस्याको बारेमा भन्नु हो भने एक मात्र कारण पाकिस्तान भित्रको सरकार प्रदत्त आईएसआई-को सहयोगमा आतङ्की संगठन जैस ए मोहम्मद, हिजबुल मुजाहिद्दीन जस्ता आतङ्की संगठनको सहयोगमा आम जनतालाई प्रयोग गर्नु र भारतमा अशान्ति फैलाउनु हो। मूलतः यो समस्या उत्पन्न गराउनुमा पाकिस्तानलाई चीन जस्ता शक्तिशाली देशको अप्रत्यक्ष सहयोगको प्रतिफल हो भन्दा अत्युक्ति नहोला। किनभने भारतमा अशान्ति गराएर भारतलाई विकासको मार्गबाट बाधा उत्पन्न गराउनु चीनको एक मात्र उद्देश्य रहेको छ भने पाकिस्तानलाई चीनको सहयोग लिनलाई यसमा अघि बढ्नु नितान्त आवश्यक भएको छ। कश्मीर समस्याको मूलभूत कारण यही हो। तर कश्मीरका जनता धार्मिक कट्टरताका कारण यस कुरोलाई बुझ्नसकेका छैनन् अनि कश्मीरको विकासलाई देख्न सकेका छैनन्।
यद्यपि आज नयाँ भारतले अप्रत्यक्ष रूपमा चीनको यो तिनीलाई पनि ध्वस्त गरेको छ किनभने पाकिस्तानले जति पनि भारतमाथि आक्रमण गऱ्यो त्यो सोझै गर्न नसकेर कट्टरवादी आतङ्की संगठनको सहारामा गरेकाले विश्वमा नै पाकिस्तानको नितीलाई दोषी ठहराएको छ, जसले गर्दा पाकिस्तानलाई आजको दिनमा चीनले पनि सोझै समर्थन गर्न सकेको छैन। यही नै भारतको मोदी सरकारको दह्रो आक्रमण हो जसको मार पाकिस्तानसँगै चीनले पनि पाएको छ।