मेष : यो महिना तपार्इंको लागी केही आर्थिक स्थितिले गर्दा नोकरी गर्नेहरूको लागी कष्टकारी समय, कुनै काममा अगाड़ी बढ्दा पनि केही टाढ़ा हुने, आर्थिक कमी, चिड़चिड़ापनले गर्दा मानसिक चिन्ता बढ्नेछ। केही सुधारको लागी विहान, बेलुकी, पूजापाठ, टिका-चन्दन गर्ने साथै कामको अगाड़ी अरूको सल्लाह गरी अगाड़ी बढ्ने समय देखिन्छ। रोजी रोजगारी, मध्यव्यापारी, लेखक, पाठक, साहित्यकार, सरकारी नोकरी, रिपोर्टर, नयाँ युवा-युवती, नारी-पुरुष सबै वर्गलाई समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 4, 8, 12, 15, 19, 22, 24, 28, शुभ रंग रातो-मेरून, अशुभ कालो।
वृष : यो महिना तपार्इंको लागी सामाजिक कार्यकर्ताहरूको लागी कार्यक्षेत्रमा लाभ भए सम्मान प्रतिष्ठा मिल्ने समय आउने देखिन्छ। व्यापारीवर्गको लागी लगानी अनुसार लाभ अवश्य मिल्नेछ होशियार छरछिमेकी, आफ्ना-आफन्तमा वाद-विवाद हुने समय देखिन्छ। खेतीपाती ठेक्कापट्ठा, चिट्टापट्टा शेयर सट्टा रुपियाँ पैसाको आदान प्रदानमा लगानी गरे अवश्य लाभ मिल्ने देखिन्छ। भूमी भवन यानवाहन, रोजी रोजगारी, मध्ये व्यापारी, खेलाड़ी कलाकार पत्रकार, रिपोर्टर, लेखक, पाठक, साहित्यकार, शिक्षक विद्यार्थी, युवा युवती सबैवर्गलाई समय सामान्य देखिन्छ। शुभकामको लागी यो महिनाको शुभ ता. 1, 4, 5, 9, 10, 13, 14, 19, 23 24, 27, 28, शुभरंग सेतो छिर्केमिर्के, अशुभ रातो पहेंलो।
मिथुन : यो महिना तपार्इंको लागी मनमा एकअर्काको शंकाप्रशंकाले गर्दा घरपरिवार पति-पत्नी, मनमुटाव, घर झगड़ा, चौराग्नी भय, उदार पीड़ा रहने देखिन्छ। व्यापारीको लागी आर्थिक मन्दी हुने देखिन्छ। घर जग्गा, भूमी-भवन, धनसम्पत्तीमा पनि बादविवाद हुने देखिन्छ. सरकारी नोकरीवालाको लागी समय सामान्य रहनेछ। राजनैतिक समाजिक कार्यकर्ताहरूको लागी समय लाभकारी छ। ठेक्कापट्टा, शेयर सट्टा आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहनेछ। युवावर्गको लागी कामको चिन्ताले सताउने छ। युवतीहरूको लागी जीवनसाथी मिल्नेछ। रोजी रोजगारी, मध्ये व्यापारी सबै वर्गलाई समय सामान्य रहने देखिन्छ। होशीयार रहने यो महिनाका अशुभ ताः 2, 4, 6, 10, 12, 15, 17, 21, 25, 27, शुभ रंग हरियो गहूँ, अशुभ सेतो।
कर्कट : यो महिना तपार्इंको लागी व्यापारीवर्गको लागी कारोबारमा वृद्धि, बुद्धि पुऱ्याएर काम गरेमा भविष्यको लागी पनि कामको श्रीगणेश हुनेछ। भूमी भवन निर्माण गर्नेहरूको लागी समय सामान्य देखिन्छ। विद्यार्थीवर्गको लागी समय सफलता मिल्ने समय देखिन्छ। महिनाको मध्यउत्तरार्धमा कार्यक्षेत्रमा केही वाद-विवाद, साझेदारीको काममा पनि वाधाले गर्दा केही मानसिक चिन्ता बढ़ने देखिन्छ | रोजी रोजगारी, मध्यव्यापारी, लेखक, पाठक, साहित्यकार, पण्डित, पुरोहित, साधु-सन्त, योगी महन्त, राजनेता पत्रकार, कलाकार, चित्रकार, छायांकार, रिपोर्टर आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने े देखइन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 4, 10, 11, 16, 17, 20, 22, 26, 28, शुभरंग, सेतो अशुभ कालो।
सिंह : यो महिना तपार्इंको लागी कार्यक्षेत्रमा कामसँगै मानसम्मान पनि मिल्नेछ। राजनैतिज्ञ, सामाजिक, कार्यकर्ताहरूलाई मानसम्मान पदप्रतिष्ठा बढ्नेछ। सरकारी नोकरी गर्नेहरूको लागी स्थानन्तरण हुने समय देखिन्छ। कुनै महत्वपूर्णकामको जिम्मेवारी वहन गर्नुपर्ने समय देखिन्छ। छरछिमेकी आफ्ना आफ्न्तसँग मिलेर काम गर्नुपर्ने समय आउने देखिन्छ। व्यापारीवर्गको लागी सामान्य भन्दा लाभ मिल्ने देखिन्छ। कपड़ालत्ता, खाना खजाना, होटल, यानवाहन आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। सबैवर्गका नारी-पुरुषहरूको लागी पनि समय सामान्य रहनेछ। शुभकामको लागी यो महिनाका शुभ ताः 1, 4, 5, 9, 11, 13, 15, 19, 23, 25, 27, शुभरंग रातो, अशुभ कालो।
कन्या : यो महिना तपार्इंको लागी कड़ा मेहेनतगरी आस्था विश्वास लिएर अगाड़ी बढ़ेमा अवश्य लाभ मिल्ने समय देखिन्छ। पूर्व रोकिएको कार्य अगाड़ी बढ्ने समय देखिन्छ। व्यापारीवर्गको लागी समय लगानी अनुसार लाभ मिल्ने छ। ठेक्कापट्टा शेयरसट्टा, रुपियाँ-पैसाको लेेनदेन गर्नेहरूको लागी केही लगानी डुब्नेछ। विद्यार्थीवर्गको लागी समय व्यस्तताले बित्नेछ। घर परिवार, इष्टमित्र आफ्ना आफन्तसँग भेटघाट हुने समय छ। रोजी रोजगारी, मध्यव्यापारी, गृहस्थी, नव युवा-युवती, दम्पती लेखक, पाठक, शिक्षक, विद्यार्थी, योगी महन्त साधु, पण्डित, पुरोहित आदि क्षेत्रमा काम गर्नेहरूको लागी पनि समय सामान्य रहने देखिन्छ. शुभकामको लागी यो महिनाका शुभ ताः 2, 6, 10, 14, 18, 22, 26, 28, शुभरंग हरियो गहुँ अशुभ, सेतो।
तुला : यो महिना तपार्इंको लागी व्यापारीवर्गको लागी आफ्नो काममा धेरैप्रकारको चुनौतीको सामना गर्नुपर्ने समय देखिन्छ। तनाउपूर्ण स्थितिलाई सामान्य पार्नको लागी घरमा ग्रहजाप, स्वस्ती शान्ति गर्नुपर्ने देखिन्छ। लेखक वर्गको लागी लाभ, सरकारी नोकरी गर्नेहरूको लागी मानसम्मान साथै कामको बोझ पनि बढ़ेनेछ। नव दम्पतीको लागी सन्तान सुख मिल्ने देखिन्छ। नवयुवा युवतीहरूको लागी नयाँ जोड़ी मिल्ने साथै यात्राकारी योग परेको देखिन्छ। रोजी रोजगारी, मध्ये व्यापारी, लेखक, पाठक, साहित्यकार, शिक्षक, विद्यार्थी, डाक्टर, विमारी, औषधी आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ | शुभकामको लागी यो महिनाका शुभ ताः 4, 8, 12, 16, 17, 19, 21, 24, 28, शुभ रंग इन्द्रेणी छिर्केमिर्के अशुभ, रातो-पहेंलो।
वृश्चिक : यो महिना तपार्इंको लागी व्यापारी वर्गको लागी आर्थिक स्थिति सामान्य रहनेछ। कार्य गर्ने दक्षता भए पनि आर्थिकको कारण लाभमा कमी आउने देखिन्छ। जग्गा-जमीन, धन-सम्पत्ती आदिमा वाद-विवादले दुःख दिने समय देखिन्छ। कलाकार वर्गको लागी समय लाभकारी हुनेछ। गुप्त शत्रुले गर्दा कार्यक्षेत्रमा वाधा आर्थिक घाटा, मित्रसँग पनि मनमुटाव हुनेछ। रोजी रोजगारी, मध्यउद्योगी, व्यापारी, लेखक, विक्रेता, देश-विदेशमा रही कार्य गर्नुहुने स्वदेशी विदेशी सबैवर्गका नारी-पुरुषहरूको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 1, 5, 9, 12, 14, 18, 20, 22, 24, 27, 28, शुभरंग रातो-मेरून, अशुभ पहेंलो।
धनु : यो महिना तपार्इंको लागी कार्यक्षेत्रमा पहिलाको भन्दा कमी आउने देखिन्छ। लगानी साथै मेहेनत गरी अगाड़ी बढ़ेमा अवश्य लाभ मिल्नेछ। जम्मा गरेर राखिएको रुपियाँ-पैसा केही खर्च हुने समय देखिन्छ। साझेदारीमा गरेको काममा हानी हुनेछ। स्वरोजगार अप्नाउनु पर्ने समय देखिन्छ। दोस्रो गुरु धातु सम्बन्धी विमारी हुनेहरूको लागी कष्टकारक समय देखिन्छ। छोरी चेलीहरूको सहयोगले केही रोकिएको काम अगाड़ी बढ्ने देखिन्छ। घर परिवारमा मांगलिक कार्यको खबरले मानसिक चिन्ता पनि हुनेछ। लड्ने, चोट, दुःख दिने समय देखिन्छ। सबै वर्गलाई समय सामान्य रहने छ। शुभकामको लागी यो महिनाका शुभ ताः 3, 4, 6, 8, 12, 16, 19, 20, 24, 27, शुभ रंग पहेंलो गेरुवा, अशुभ कालो।
मकर : यो महिना तपाइको लागी शुरूको आगमनले नाम, मानसम्मान बढ़ेपछि आर्थिक स्थितिमा अवश्य कमी आउनेछ। खेलाड़ी वर्ग र सामाजिक कार्यकर्ताहरूलाई पनि मान सम्मान पद प्रतिष्ठा मिल्ने देखिन्छ। कुनै प्रतिस्पर्धमा भाग लिनेहरूको लागी समय सफलता मिल्ने देखिन्छ, नयाँ कामको लागी नयाँ निर्णय लिनुपरेमा आफूभन्दा ठूलाबड़ाको सल्लाह गरी अगाड़ी बढ़े अवश्य सफल मिल्ने समय देखिन्छ। शत्रु समनका योग देखिन्छ। सानोठूलो कार्य क्षेत्रमा केेही अगाड़ी आउने बाधाको सामना गर्दै कार्यलाई सम्पादन गर्नुपर्ने समय देखिन्छ। रोजी रोजगारी, मध्ये व्यापारी, कागज-पत्र, लेखक, पाठक, साहित्यकार, क्रेता-विक्रेता आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय लाभकारी हुने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 3, 7, 9, 12, 13, 19, 20, 23, 27, 28, शुभरंग निलो मैलो, कालो अशुभ रातो-पहेंलो।
कुम्भ : यो महिना तपार्इंको लागी दाम्पत्य जीवनमा केही वादविवादले गर्दा केही चिन्ताकारी समय देखिन्छ। कार्य क्षेत्रमा चुनौतिको सामना योग पर्ने देखिन्छ। लेखापढ़ी गर्नेहरूको लागी आफूभन्दा ठूलाबड़ा अधिकारीहरूको दमन सहन गर्नुपर्ने समय देखिन्छ। आम्दानीभन्दा देखावटी खर्च पनि केही सावधानी पूर्वक गर्नुपर्ने नत्र हानीहुने प्रवल देखिन्छ। आफ्ना आफन्तसँग मेलमिलापमा केही अड़चन आउने देखिन्छ। रोजी रोजगारी, मध्ये व्यापारी, लेखक,पाठक, साहित्यकार, वकील जज, जलपान खाना खजाना, यानवाहन आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य भन्दा लाभ मिल्ने देखिन्छ। होशियार रहन पर्ने यो महिना अशुभ ताः 2, 3, 5, 7, 11, 12, 16, 18, 20, 22, 26, 27, शुभ रंग कालो अकाशे, अशुभ रातो गेरुवा।
मिन : यो महिना तपार्इंको लागी कार्यक्षेत्रमा व्यस्तताको कारण घरभन्दा बाहिरको यात्रा धेर हुने समय देखिन्छ। साधु सन्तयोगी महन्तहरूको आगमनले गर्दा खर्च बढ्ने समय देखिन्छ। पुत्र सन्तानबाट केही चिन्ताग्रस्त समय देखिन्छ। रोगीहरूको लागी केही चिन्ता कारक छ। धन खर्च हुने देखिन्छ। मानसम्मानमा पनि केही कमजोरी देखिन्छ। महिनाको मध्येउत्तरार्धमा आर्थिक स्थितिको लागी प्रयास गरे केही समाधान सूत्र आउने देखिन्छ। यान वाहन, भूमी भवनमा लगानी गर्नेहरूको लागी समय लाभकारी हुने देखिन्छ। रोजी रोजगारी उच्च मध्ये व्यापारी, किसान, अन्न-धन्नको काम गर्ने चिया चमेना, खाजा खजाना, यानवाहन, भूमी भवन शेयरसट्टा, चिट्टापट्टा सबै क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। शुभ कामका लागी यो महिनाका शुभ ताः 1, 5, 9, 11, 12, 17, 20, 24, 28, शुभरंग पहेंलो गेरुवा, अशुभ कालो।