मेष : यो महिना तपार्इंको लागि शुभाशुभ मिश्रित फलकारक हुने देखिन्छ। धन संग्रहमा कमीको कारण घर परिवारमा वादविवादकोसमय देखिन्छ। धैर्यधारण गर्नु केही चिन्ताजनक समय देखिन्छ। यात्राको योग भए पनि दुःखजनक यात्रा गर्नुपर्ने देखिन्छ। व्यापारीवर्गलाई सावधानी पूर्वक अगाड़ी बढ्नुपर्ने देखिन्छ। रोजी रोजगारी मध्ये व्यापारी, युवा-युवती, नवदम्पती, वकिल, पुलिस प्रशासन, लेखक-पाठक, विद्यार्थी, डाक्टर, पण्डित-पुरोहित, जलपान औषधीमुलो आदि क्षेत्रमा काम गर्नेहरूको लागी समय सामान्य रहने देखिन्छ। शुभकामको लागी यो महिनाका शुभ ताः 2, 3, 5, 8, 10, 13, 19, 22, 26, 30, शुभरंग रातो, अशुभ कालो।
वृष : यो महिना तपार्इंको लागी शुभाशुभ मिश्रित फलकारक हुने देखिन्छ। शारीरिक स्वास्थ्यमा केही असर, मनमा कुनै कुराको लागि चिन्ता सानोकामको लागी ठूलो खर्च लाग्ने। रोजी रोजगारीमा पनि सामान्य लाभ मिल्नेछ। दाम्पत्य जीवनमा केही तलमाथि हुने भए पनि सुख साधना, यानवाहन, भूमी भवन पनि मिल्नेछ। होशीयार, ऋृण, शेयरसट्टा, चिट्टापट्टा, टाढ़ा-नजिकको यात्रा हानी नोक्सानी हुने समय पनि आउने कारण, धैर्यधारण सोचविचार गरी कार्य गरे राम्रो होला। नत्र भविष्यमा चिन्ता दिने समय देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ताः 1, 4, 7, 11, 13, 17, 20, 22, 25, 26, 31, शुभरंग सेतो छिर्केमिर्के, अशुभ पहेंलो रातो।
मिथुन : यो महिना तपार्इंको लागी सामान्य फलदायक हुने देखिन्छ साहस गरी अगाड़ी बढ़ेमा अवश्य लाभ मिल्ने देखिन्छ। आफ्ना आफन्तको सहयोग मिल्ने पनि देखिन्छ। तर गुप्त शत्रु कार्यमा वादक हुनेछ। चौराग्नी भय शत्रुभय परिवारमा कसै दुःखद मृत्युको खबरले केही चिन्तित रहनुपर्ने देखिन्छ। आकस्मिक हानी नोक्सानी, दुष्टको संगतबाट केही बाँचेर, हिँड्ने साथै आफ्नो पनि ग्रहरिष्ट शान्ति गरी कार्य गरेमा सामान्य लाभ मिल्नेछ। ज्योतिषीय सल्लाह साथै शुभकार्यको लागि यो महिनाका शुभ ताः 1. 6, 10, 15, 19, 20, 23, 27, 29, 31, शुभ रंग हरियो गहूँ, अशुभ सेतो।
कर्कट : यो महिना तपार्इंको लागी नयाँ कामको योजना बन्ने पुरानो काम छुट्ने समय देखिन्छ। आफ्ना आफन्तमा वाद-विवाद, भूमि, भवन, धन सम्पतीको कारण मुद्दा मामिला आदिको सामना गर्नुपर्ने समय देखिन्छ। कार्यको व्यस्तता, मानसिक चिन्ता, उपयोग वस्तु नमिल्नुको कारण रोग भय, कलेश आदिले समय चिन्ता कार्य हुनेछ। खर्चको कमी, पुत्र-सन्तानको खर्च विधामा वाधाले पनि चिन्ताकारी समय देखिन्छ। रोजी रोजगारी, मध्येव्यापारी, उद्योगी, लेखक, पाठक, साहित्य, शिक्षक, विद्यार्थी, साधु-सन्तयोगी महन्त अरूको नोकर चाकर श्रमजीवी सबै वर्गलाई समय सामान्य देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ता. 2, 3, 6, 10, 14, 16, 18, 23, 24, 27, शुभ रंग सेतो, अशुभ कालो।
सिंह : यो महिना तपार्इंको लागि कुनै आफ्नो स्त्री पुत्रहरूको चिन्ताले सताउने समय देखिन्छ। मानसिक चिन्तामा वृद्धि हुनेछ। कार्यक्षेत्रमा रूकावट हुने देखिन्छ। धनसम्पती सम्बन्धी केही समस्या भोग्नु पर्ने समय देखिन्छ। महिनाको मध्य उत्तरार्धमा केही बिग्रिएको काम बन्ने कारण केही सामान्य शान्ति मिल्नेछ। रोजी रोजगारी, मध्ये व्यापारीहरूको लागि समय सामान्य छ। अरूको नोकरी गर्ने नोकर चाकरहरूको लागि समय केही परिवार धान्न मुश्किपल हुनेछ। सरकारी नोकरी, सामाजिक राजनेताहरूको लागि समय सामान्य भन्दा लाभकारी हुनेछ। तर्क-वितर्क आदि क्षेत्रमा काम गर्ने कलाकारहरूको लागि पनि समय चिन्तित रहनु पर्ने देखिन्छ। होशीयार रहनपर्ने यो महिनाका अशुभ ताः 4, 5, 9, 10, 12, 14, 17, 20, 24, 27, 29, 31, शुभरंग रातो, मेरून, अशुभ कालो।
कन्या : यो महिना तपार्इंको लागि धनमान सम्मानमा वृद्धि हुनेछ। वृद्धिकारक योग बनेको देखिन्छ। सरकारी नोकरी गर्ने उच्च अधिकारीहरूको लागि मानसम्मान पद प्रतिष्ठा बढ्नेछ। व्यापारी वर्गको लागि लाभ मिल्नेछ। होटल, खाना-खजाना आदि क्षेत्रमा काम गर्नेहरूको लागि उत्तमभोजन, पारिवारिक सुख मिल्नेछ। महिनाको मध्येउत्तरार्धमा अत्याधिक कार्यले गर्दा, शारीरिक थकावट, नेत्र रोग, उच्च रक्तचापले सताउने, यान वाहनमा चोट पटकले पनि खर्च बढ़ाउनेछ। होशीयर रहन पर्ने यो महिनाका अशुभ ताः 1, 4, 9, 15, 20, 21, 26, 28, 30, शुभरंग हरियो गहूँ, अशुभ पहेंलो सेतो।
तुला : यो महिना तपार्इंको लागि शुभ फलकारक हुनेछ। आफ्नो प्रभावले गर्दा राजनेताहरूको लागि लाभ मिल्नेछ। सामाजिक कार्यकर्ताहरूको लागि धनकोष बढ्नेछ। कुनै पनि क्षेत्रमा लगानी गरेमा अवश्य लाभ मिल्नेछ। रोकिएको काम अगाड़ी बढ्नेछ। कार्यक्षेत्रको व्यस्तताले गर्दा भोजन सयन आदिको अनियताले गर्दा शरीर थकावट रहनेछ। ठूलावड़ासँग भेट धर्म कार्यमा पनि अवश्य लाभ मिल्नेछ। कड़ा मिहिनेत पक्का इरादा लिएर अगाड़ी बढ़ेमा अवश्य लाभ मिल्नेछ। साथै सोचेर लगानी गरेमा भविष्यमा पनि लाभ मिल्नेछ शुभकामको लागि यो महिनाका शुभ ताः 1, 3, 6, 7, 12, 13, 17, 18, 24, 25, 30, 31, शुभरंग सेतो इन्द्रेणी, अशुभ रातो-पहेंलो।
वृश्चिक : यो महिना तपार्इंको लागि प्रतिकुलता भए पनि नामदाम ख्याति उन्नति, दान, धर्ममा मन लाग्नेछ। धनलाभको नयाँ-नयाँ स्थान मिल्नेछ। उच्च अधिकारीको सहयोग मिल्नेछ। कार्यक्षेत्रमा प्रोत्साहन साथै प्रशन्नता पनि मिल्नेछ। उत्तरार्धमा शरीरयोग्य शत्रु पराजय यानवाहन, भूमि भवनको लाभ मिल्नेछ। रोजी रोजगारी, मध्ये व्यापारी, नवयुवा-युवती, लेखक पाठक, साहित्यकार, नवदम्पती, कुनै पनि क्षेत्रमा काम गर्ने कामदार आदिको लागि समय सामान्य रहने देखिन्छ। होशीयार रहनु पर्ने यो महिनाका अशुभ ताः 3, 7, 8, 11, 12, 15, 16, 19, 23, 27, 30, शुभरंग रातो मेरून, अशुभ पहेंलो।
धनु : यो महिना तपार्इंको लागि शुभाशुभ सामान्य मिश्रित फलकारक हुनेछ। व्यापारिक वर्गको लागि रोजी रोजगारमा वृद्धि हुनेछ। आरोग्य सुख अन्न-धन्न, खाने सामानको काम गर्नेहरूको लागि द्रव्यलाभको समय देखिन्छ। लुगा-कपड़ा आदिको प्राप्ति, सुखदयात्राको समय देखिन्छ। यानवाहन, भूमि, भवन मिल्ने योग छ। तर होशीयार पूर्वक कार्य गर्नुपर्नेछ। नत्र गुप्त शत्रुले पनि हानी गराउने योग आउने देखिन्छ। भावुकतामा कुनै निर्णय नलिनुहोला, रोजी रोजगारी, मध्ये व्यापारी, शिक्षक विद्यार्थी, लेखक पाठक साहित्यकार, डाक्टर, वैद्य आदि क्षेत्रमा काम गर्नेहरूको लागि समय सामान्य रहनेछ। होशीयार रहने यो महिनाका अशुभ ताः 2, 5, 9, 13, 14, 17, 20, 25, 26, 29, 30, शुभरंग पहेंलो गेरुवा, अशुभ कालो।
मकर : यो महिना तपार्इंको लागि चौराग्नी भय पशुपालन गर्नेहरूको लागि हानी नोक्सानी हुने समय देखिन्छ। नयाँ काम पनि मिल्ने सम्भव छ। कार्यक्षेत्रमा व्यस्तताको कारण घर परिवार, इष्टमित्रमा मनमुटावको कारण मानसिक चिन्ता उल्लङ्घनले केही सताउने समय देखिन्छ। व्यापारमा आय-व्याय बराबर हुनेछ। पति-पत्नीमा पनि मन मुटावको कारण व्यापार व्यवसायमा बाधा, सन्तानको विद्या सम्बन्धि चिन्ताले सताउने समय देखिन्छ। अरू सबै वर्गलाई समय सामान्य रहनेछ। शुभकामको लागि यो महिनाका शुभ ताः 2, 3, 5, 8, 11, 17, 19, 23, 24, 30, शुभ रंग मैला निलो कालो, अशुभ रातो गेरूवा।
कुम्भ : यो महिना सरकारी नोकरी गर्नेहरूको लागि स्थान परिवर्तन कार्यक्षेत्रमा अरूको दवाउ सहन गरी अगाड़ी बढ्नु पर्ने समय देखिन्छ। रिसराग वाणीमा केही सुधार गर्नुपर्नेछ। परिवारमा शुभकार्यको खबरले मनमा केही शान्ति मिल्नेछ। धर्म कर्ममा मन लागएर कार्य गरे सफल मिल्नेछ। रोजी रोजगारी, मध्ये व्यापारी लेखक पाठक, साहित्यकार, शिक्षक, विद्यार्थी आदिहरूको लागि समय सामान्य रहनेछ। होशीयार रहन पर्ने यो महिनाका अशुभ ताः 2, 4, 8, 10, 14, 15, 19, 20, 24, 28, 30, 31, शुभरंग कालो निलो, अशुभ रातो पहेंलो।
मिन : यो महिना तपार्इंको लागि शुभाशुभ मिश्रित फलकारक हुनेछ। आम्दानी भन्दा खर्च बढ़ि हुने समय देखिन्छ। रोगभय, चोर भय विना कामको यात्रा भए आफ्नो विचारले मात्र काम गरे भविष्यमा पूर्ण नोक्सान हुनेछ। वाद-विवादबाट केही टाढ़ा राम्रो होला, नत्र हानीको सामना गर्नुपर्नेछ। भोगविलासित मिल्ने अर्थ हानी, मित्र सहयोग मिल्नेछ। यानवाहनबाट चोटपटकको समय छ। रोजी रोजगारी, उच्च मध्ये व्यापारी, सबै वर्गका नारी-पुरुष सबैलाई समयको अनुसार फलको कारण मनमा अशान्ति मिल्नेछ। शुभकामको लागि यो महिनाका शुभ ताः 3, 6, 9, 12, 21, 25, 30, 31, शुभरंग पहेलो, अशुभ कालो।