मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ ( अीळशी) सहयोगी र भौतिक साधन एकसाथ जुट्नाले विशेष काम गर्ने जोश जाँगर बढ्नेछ । प्रतिस्पर्धा गर्नुपरे पनि मिहिनेतले लक्ष्यमा पुऱ्याउनेछ। बोलीको प्रभाव बढ्नेछ भने शैक्षिक उपलब्धिले मानसम्मान दिलाउनेछ। टाढ़िएका आफन्तसँग पनि पुनर्मिलन हुनेछ। लामो समयदेखि रोकिएका काम बन्नुका साथै नयाँ उद्योग वा व्यवसाय सुरु गर्ने मौका छ। सानो प्रयत्नले आर्थिक समस्या दिगो रूपमा सुल्झाउनेछ। काममा सहयोगीले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने समय छ। शत्रु-बाधा, मुद्दा-मामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ । प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। मेहनतले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (ढर्रीर्ीीी) स्वास्थ्यमा मौसमी समस्याले सताए पनि नोकरी तथा पेसा- व्यवसायमा मनग्गे फाइदा हुनेछ। गुरुजनको प्रेरणाले मन दह्रो हुनुका साथै अध्ययनमा हौसला प्राप्त हुनेछ। आँटेका काममा केही विलम्ब भए पनि शुभचिन्तकहरूको साथ जुट्नेछ। सन्तानका माध्यमबाट पनि प्रसन्नता मिल्नेछ। टाढ़िएका आफन्तसँग भेटघाट तथा मेलमिलाप हुनेछ। सानो प्रयत्नले आर्थिक स्थितिमा सुधार ल्याउनेछ भने अडि्कएका काम पुनः प्रारम्भ हुनेछन्। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। बौद्धिक क्षमता बढ्नुका साथै पढ़ाइलेखाइका प्रतिस्पर्धामा राम्रो नतिजा हासिल गर्न सकिनेछ। अध्ययनका लागि देश-विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (ॠशाळपळ) स्वास्थ्य कमजोर रहनाले लक्ष्यमा पुग्न अलि समस्या पर्ला। काममा प्रतिस्पर्धीहरूले आफ्नो ठाउँ ओगट्ने चेष्टा गर्नेछन्। साझेदारी तथा सगोलको सम्पत्तिमा केही विवाद अउन सक्छ। आफ्नो अधिकार जोगाउन समयमा सगज रहनुपर्ला। अवसरका लागि अलि दौड़धुप गर्नुपर्ने समय छ। परिवारजनको सहमति नजुट्नाले चिताएको काम पूरा नहुन सक्छ। आर्थिक पक्षमा धेरै उन्नति नभए पनि व्यावहारिक आवश्यकता पूरा हुनेछन्। सहयोगको नाममा आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन् , सजग रहनुहोला। गुरुजनको प्रेरणाले अध्ययनमा प्रगति हुनेछ। सन्तान र शुभचिन्तकको साथले मनको डर उत्साहमा रूपान्तरित हुनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (उरपलशी) विभिन्न अवसर जुट्नाले यो महिना लाभदायक रहनेछ। रोकिएका काम बन्नेछन् भने मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। उद्योग- धन्दा र व्यापारमा विशेष फाइदा हुनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। कृषितर्फ पनि मनग्गे आम्दानी बढ्नेछ। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने देखिन्छ। तारिफयोग्य काम सम्पादन हुनाले थप अवसर प्राप्त गर्न सकिनेछ। लगनशीलताले अप्ठ्यारो ठानिएका काम समेत सम्पादन हुनेछन्। सोखले फजुल खर्च बढ़ाउनेछ भने दीर्घकालीन योजना नहुँदा दिगो फाइदा उठाउन नसकिएला । पारिवारिक असमझदारीले गृहस्थी अशान्त रहन सक्छ ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु , टे (ङशे) मिहिनेत गर्दा राम्रै उपलब्धि प्राप्त हुनेछ। पढ़ाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। इच्छाशक्ति एवं लगनशीलताले व्यावसायिक मार्ग अवलम्बन गर्नुका साथै धन आर्जनका विभिन्न स्रोतहरू प्राप्त हुनेछन्। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। बौद्धिक सफलताले पनि उत्साह जगाउनेछ। प्रशस्त धन र बहुमूल्य धातुहरू संग्रह गर्ने मौका छ। स्वास्थ्यमा भने टाउको र आँखाको समस्याले सताउन सक्छ। केही धनमाल हराउने वा ठगीमा परिने समेत सम्भावना देखिन्छ। राजनीतिक पृष्ठभूमि केही कमजोर देखिए पनि समाजमा प्रतिष्ठा प्राप्त हुनेछ। नवीन कार्यको थालनी गर्ने समय छ।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (तळीसे) केही चुनौती देखिए पनि कर्मयोगले जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। स्वास्थ्य कमजोर रहनाले विभिन्न स्रोत-साधन जुटाउनुपर्ने आवश्यकता पर्न सक्छ। प्रेम र मित्रताको बन्धन कसिनेछ भने सुमधुर दाम्पत्यको आनन्द प्राप्त हुनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। समाजमा गुमेको स्थान प्राप्त हुनुका साथै व्यवसायले प्रगतिको मार्ग अवलम्बन गर्न सक्छ। स्वास्थ्यमा उच्च रक्तचाप, ज्वरो, टाउको दुखाइ, आँखाको समस्या आदिले सताउने हुँदा नियमित काम प्रभावित बन्नेछ। आफन्तसँग असमझदारी बढ़े पनि समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (ङळलीर) अर्थ अभावका बीच दीर्घकालीन महत्त्वका काम गर्नुपर्ने समय छ। परिस्थितिवश ऋणको बोझ उठाउनुपर्ने हुन सक्छ। आफ्नो सम्पत्तिमा अरूले अधिकार जमाउने चेष्टा गर्नेछन्। आफन्तबाट समेत टाढ़िनुपर्ने अवस्था आउन सक्छ। तापनि कर्मयोगले उपलब्धिमूलक यात्रा गराउन सक्छ। केही दौडधुप गर्नुपरे पनि व्यावहारिक चुनौती चिर्दे यो महिनामा विशेष अवसर हातपार्न सफल भइनेछ। खर्च लागे पनि प्रयत्न गर्दा देश-विदेश भ्रमण गर्ने मौका पाइनेछ। पछिका लागि लगानी गर्ने समय छ। नोकरीमा स्थानान्तरणको बलियो सम्भावना देखिन्छ। लाभको आशा देखाएर ठगी गर्नेहरूबाट सजग रहनुहोला। अहिलेको संघर्षले पछिलाई फाइदाबृश्चिक- तो, ना, नि, नु, ने, नो, या, यि, यु (डलेीळिे) आम्दानीका नयाँ स्रोत फेला पर्नुका साथै यो महिनामा खुसीको समाचार सुन्न पाइनेछ। विभिन्न अवसर प्राप्त हुनेछन् र दैनिकीले उचाइको बाटो समाउनेछ। राज्यमा पहुँच बढ्नुका साथै नाम, दाम र इनाम प्राप्त हुनेछ। नोकरीमा पदोन्नति वा अनुकूल स्थानान्तरण हुनाले मन उत्साहित रहनेछ। व्यवसायमा उल्लेख्य प्रगति हुनाले मनग्गे धन आर्जन हुनेछ। प्रयत्न गर्दा टाढाको यात्रा गर्ने अवसर पनि जुट्न सक्छ। कृषि तथा पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। तर, अल्पकालीन सोचाइले निर्णय कमजोर बनाउन सक्छ। सानो उद्देश्यका लागि ठूलो स्रोत परिचालन गर्नुपर्नेछ। अप्ठ्यारा परिस्थिति सुल्झाउन केही त्याग गर्नुपरे पनि सत्कार्यमा खर्च हुनेछ।
धनु- ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (डरसळीींंरीर्ळीी) कीर्तिमानी काम गरेर धेरैको मन जित्न सकिनेछ । विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्नेछ। प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने सानो प्रयत्नले दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ। व्यापार - व्यवसायमा पनि लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट मनग्गे फाइदा हुनेछ। अध्ययनले नयाँ गति लिनेछ भने प्रयत्न गर्दा देश-विदेश घुम्ने अवसर पनि प्राप्त हुनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ। नोकरीमा पदोन्नति र राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा हुने समय छ। राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ। व्यवहारले उब्जाएको वादविवाद सम्झौतामा टुंगिनेछ । भौतिक साधनहरू जुट्नेछन् भने मनग्गे धनलाभ हुनेछ ।
मकर- भो, ज, जि, खि, खु, खे, खो, गा, गि (उरिीळलेीप) व्यवहारमा केही चुनौती देखिए पनि इच्छाशक्ति र लगनशीलताले लक्ष्यमा पुग्न सफल भइनेछ। सानो प्रयत्नले ठूलो सफलता दिलाउनेछ। व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। विद्यार्थीहरूको लेखन तथा अभिव्यक्ति कलामा निखारता आउनेछ। आस मारेको काम सम्पादन हुनाले उत्साहित भइनेछ। केही खर्च लागे पनि नयाँ क्षेत्रमा लगानी गर्ने मौका पाइनेछ। क्षमता प्रदर्शन गरेरै स्वरोजगार बन्न सफल भइनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। विभिन्न अवसर प्राप्त हुनाले जोस जाँगर बढ्नेछ। केही समय अरूका काममा जुट्नुपरे पनि अन्ततः फाइदा आफैंलाई हुनेछ। धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (अर्िींरीर्ळीी) व्यवसाय र आयमूलक काममा मन्दी आउनेछ भने महिनाभरि अर्थ अभावले सताउन सक्छ। समयमा होश नपुग्नाले केही धनमाल गुमाउनुपर्ने स्थिति आउन सक्छ। स्वास्थ्यका लागि महिनाभरि आहार विहारमा सजग रहनुपर्ला। राजनीतिक र सामाजिक प्रभाव कमजोर बन्ने देखिन्छ । व्यवहारमा संघर्ष गर्नुपरे पनि खोजमूलक अध्ययनमा लाग्नेहरूका लागि यो महिना लाभदायक रहनेछ। परिवारजनले साथ दिनेछन्। खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका हुन सक्छ। अनीति र अन्यायको सिकार भइनेछ। केही जरिवाना, चोटपटक वा हाड-जोर्नीमा समस्या देखिएला। सवारीसाधन वा हातहतियारको उपयोग गर्दा अलि सावधानी अपनाउनुहोला ।
मीन दि, दु, थ, झ, ञ, दे, दो, च, चि (झळीलशी) महिना मिश्रित प्रकारको रहनेछ। काममा संघर्ष गर्नुपरे पनि रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ। कृषि तथा व्यापारमा आम्दानी बढ्नुका साथै मनग्गे धन सञ्चय गर्न सकिनेछ। तर, समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ। स्वास्थ्यमा मौसमी समस्या आउने हुँदा ऑटेका काममा केही विलम्ब हुनेछ। अरूको भरपर्दा काम रोकिन सक्छ। आफ्ने कमजोरीले आफन्त टाढिन सक्छन्। राजनीतिक तथा सामाजिक प्रभाव भने कमजोर बन्न सक्छ। अध्ययनमा धेरै समय दिन नसकिए पनि व्यावहारिक ज्ञान बढ्नेछ। पारिवारिक उल्झनले सामाजिक काममा बाधा पुर्याउन सक्छ।