हाम्रो संस्कृतिप्रति गर्व गरौं : आचार्य बालकृष्ण

  • 2024-03-23 05:04:34
==>

हामी नेपाली भाषी गोर्खाजाति भारतभरि छरिएर बसेका छौं। हामी हाम्रो भाषा, संस्कृतिलाई हामीले अगाड़ी ल्याउनुपर्छ हामीले हाम्रो भाषा, संस्कृतिलाई बचाएर अगाड़ी बड़ाउनुपर्छ हाम्रो संस्कृति कति धनी छ तर त्यसलाई जगेरा गर्नु हामी सबैको दायित्व हो। जसरी देश अजादी हुँदा गान्धीजीदेखि सुवासचन्द्र बोसदेखि मेजर दुर्गा मल्ल साथै गोर्खाली फौजले देशको आजादी हुँदा गान्धीजीदेखि सुवासचन्द्र बोसदेखि मेजर दुर्गा मल्ल साथै गोर्खाली फौजले देशको आजादी गराएको इतिहास छ।  हामीले हाम्रो भाषा, साहित्य, संस्कृतिलाई गर्व गर्नुपर्छ, बचाउनुपर्छ। यो वक्तव्य 21 अगस्त 2020को प्रत्येक वर्ष झैं यस वर्ष पनि हाम्रो स्वाभिमान ट्रस्टको हरितालिका तीज महोत्सवमा अनलाइन मार्फत आचार्य बालकृष्णजी महाराजले सम्बोधन गर्नुभएको थियो। साथै बाबा रामदेवले पनि सम्पूर्ण गोर्खा जातिलाई हरितालिका तीजको अनलाइन मार्फत्‌ शुभकामना व्यक्त गरेका थिए। 

वैश्विक कोरोनाले गर्दा सम्पूर्ण विश्वमा जीवन स्थिर भए जस्तो लाग्छ साथै सरकारले लकडाउन घोषित गरेको छ। सोशल डिस्टेंटिंगको पालना गर्दै यस्तो अवस्थामा पनि हाम्रो स्वाभिमान ट्रस्टद्वारा हरितालिका तीज महोत्सव  दिल्लीमा अनलाइन मार्फत कार्यक्रम प्रसारण गरी  धूमधामले मनाएको थियो।  हाम्रो स्वाभिमान ट्रस्ट विगत 7 वर्षदेखि नेपाली हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज महोत्सव बहुत धुमधामले मनाउदै आएको छ। हाम्रो स्वाभिमान ट्रस्ट ले हिन्दु नारीहरु को महान पर्व, सांस्कृतिक धरोहर, नेपाली भाषा, वेशभूषा, कला, संस्कृति संरक्षणको निम्ति, कोरोना भए तापनि आफ्नो पहिचानको निम्ति कार्यक्रमको आयोजना गरेको भन्दै कार्यक्रम की राष्ट्रीय संयोजिका अनीता क्षेत्रीले भनेकी थिइन्‌।

कार्यक्रममा नेपालका ख्यातिप्राप्त कलाकार- टिका पुन, शिरीष देवकोटा,बद्री पैंगनी, सहिमा श्रेष्ठ, पूर्णकला बी सी, सुनीता दुलाल, रीता के सी, राम प्रसाद पौडेल साथै भारतबाट जुनु गौतम, राजेंद्र मास्के, दार्जिलिङका ख्याति प्राप्त कलाकारहरु को प्रस्तुति अति नै मनमोहक रहेको थियो। हाम्रो स्वाभिमान ट्रस्ट ले पूज्य आचार्य श्री एवम पूज्य स्वामी जी को प्रेरणा लिएर प्रत्येक वर्ष कार्यक्रम को रूपरेखा लाई विस्तारित गर्नु को निम्ति केहि न केहि नयाँ प्रयोग गरि कार्यक्रम गर्ने गर्छौ भनि हाम्रो स्वाभिमान ट्रस्ट का महामंत्री प्रेम क्षेत्रीज्युले बताउनु भयो। 

हरितालिका तीज कार्यक्रमको अध्यक्षता श्री नारायण श्रेष्ठ जी द्वारा गरिएको थियो। विशिष्ट अतिथि श्री केबी गुरुंग एवम श्री विनय कुमार सिंह एवं विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको संचालन श्री मोहन कार्की ज्यूले गरेका थिए।

हाम्रो स्वाभिमानद्वारा आयोजित हरितालिका तीज कार्यक्रममा सम्पूर्ण भारतभरिका शाखाहरूमा हरितालिका तीज धुमधामले मनाएका थिए। सबैको यसमा महत्वपूर्ण भूमिका रहेको थियो। सबैलाई एकजुट भएर हाम्रो भाषा, संस्कृति, साहित्य समाजलाई बचाएर एक बलियो संस्थाको परिचय दिनुपर्छ भन्दै ट्रस्टका महामन्त्री प्रेम छेत्रीले सबैलाई धन्यवाद दिएका थिए।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ