बर्खायाममा हुने पाचनतन्त्रको गड़बड़ी

  • 2024-03-23 05:05:20
==>

- किशोर शर्मा
मौसम परिवर्तन हुँदा मानिसको प्रतिरक्षण प्रणाली (इम्युन सिस्टम) अनि पाचनतन्त्रमा परिवर्तन हुन थाल्दछ। बर्खायाममा पाचनतन्त्र सम्बन्धित धेरै समस्याहरू हुँदछन्‌। यसबेला मानिसहरूलाई खाद्य विषक्रिया (फूड पोइजनिङ), पखाला जस्तो समस्या हुँदछ। एउटा स्वस्थ पाचन प्रणालीका तीनवटा गुण हुँदछन्‌- भोजन पचाउनु, पोषक पदार्थहरूलाई शरीरमा अवशोषण गर्नु अनि अवाञ्छित पदार्थहरू लाई शरीरबाट बाहिर निकाल्नु। यिनै क्रियाले हाम्रो शरीरको रोग प्रतिरोधक क्षमता बलियो हुँदछ। 
हाम्रो भुँड़ीमा विद्यमान पाचक एञ्जायम अनि एसिडले भोजनलाई टुक्रा पार्दछन्‌, जसले पोषक पदार्थ शरीरमा अवशोषित हुँदछन्‌। जुन भोजन पूर्ण रूपले पच्दैन, त्यो शरीरको निम्ति अनावश्यक हुँदछ। भोजन राम्रो सँग पच्ने कुरा मुखबाट शुरू हुँदछ। राम्रोसँग चपाएको भोजन नै सुपाच्य हुँदछ। यसले भोजन साना-साना टुक्रामा बाँड़िएर रालमा मिसिँदछन्‌। त्यसपछि  रालमा मिसिएका टुक्रा अझ राम्रोसँग खण्डित हुँदछन्‌ अनि शरीरलाई पोषण दिनु सानो आन्द्रामा पुग्दछन्‌। राम्रो पाचनका लागि सुपाच्य भोजन खानु अनि त्यसलाई राम्रोसँग चपाउनु आवश्यक छ। तब नै त्यो टुक्रा भएर पोषक पदार्थहरूको रूपमा अवशोषित हुँदछ। खाना खानभन्दा तीस मिनटअघि अनि खाएको तीस मिनटपछि मात्र पानी खानुपर्छ। 

आफैलाई क्रियाशील राख्नुपर्छ :
बर्खायाममा (मनसुन) जठराग्नि मन्द हुँदछ, जसको कारण पाचन प्रक्रिया पनि मन्द हुँदछ। बर्खामा मानिसहरू घरभित्र नै प्रायः जसो बस्दछन्‌, जसको फलस्वरूप शारीरिक सक्रियता कम हुँदछ। यसको पाचनतन्त्रमा पनि नकारात्मक असर पर्दछ। यसबाट जोगिनका लागि हल्का, सन्तुलित अनि पोषक भोजन खानुपर्छ। शरीरिक रूपमा सक्रिय रहनुपर्छ। बर्खाले गर्दा बाहिर जान नसके घरमै व्यायाम तथा शारीरिक गतिविधिहरू गर्नुपर्छ।
अपच : बर्खामा पाचक एञ्जाइमहरूको कार्यप्रणाली पनि प्रभावित हुँदछ। यसकारण पनि खाना ठीकसँग पच्दैन। यस मौसममा अधिक तैलीय, मसालायुक्त वा क्याफिनयुक्त आहार सेवन गर्नुहुँदैन। भिजेको मौसममा ब्याक्टेरिया अनि फंगस अधिक उब्जन्छन्‌। यिनीहरूबाट अपचको समस्या हुँदछ।
पखाला : पखाला दूषित खाद्य पदार्थ अनि दूषित पानी खानले हुँदछ। बर्खायाममा यो मामिला बढ्‌दछ। पतला दिसा लाग्नु, भुँड़ी दुख्नु र बटारिनु ज्वरो आउनु, दिसामा रगत निसक्नु, भुँड़ी फुलिनु जस्ता लक्षण पनि देखिन्छन्‌। फूड पोइजनिङबाट पनि पखाला चल्दछ।
खाद्य विषक्रिया (फूड पोइजनिङ) : फूड पोइजनिङ यस्तो भोजन खानले हुँदछ, जो ब्याक्टेरिया, भाइरस वा विषालु तत्वहरूद्वारा संक्रमित हुँदछ। बर्खामा हिलो अनि फोहोर-मैलाको कारण वातावरण दूषित हुँदछ। यसको संक्रमणले भोजन दूषित हुँदछ अनि फूड पोइजनिङको कारण बन्दछ। यसैले यस मौसममा बाहिरको खाना खानु हुँदैन।
खानपीनको विशेष ख्याल राख्नु पर्छ :
वर्खायाममा पाचनतन्त्र चुस्त राख्न अनि रोगहरूबाट बच्नका लागि निम्न कुराहरूको विशेष ख्याल राख्नुपर्छ-
- सन्तुलित, पोषक अनि सुपाच्य भोजन सेवन गर्नुपर्छ।
- काँचो खाद्य पदार्थले गीलोपनलाई शीघ्रतासाथ अवशोषित गर्दछन्‌। यसैले यिनीहरू ब्याक्टेरिया उत्पन्न हुनलाई आदर्श हुँदछन्‌ यसकारण यस मौसममा काँचो सब्जीहरू खानु हुँदैन, सलाद पनि खानु भएन।
- यस मौसममा छिटो ढुँड़ी लाग्दछ। यसैले ब्रेड-पाउरोटी खाँदा यस कुराको विशेष ध्यान राख्नुपर्छ।
- सड़क किनारमा दोकान अनि ढाबाहरूतिर भोजन गर्नुहुँदैन किनभने यस्ता ठाउँमा भोजन गर्दा संक्रमणको जोखिम धेर हुँदछ।
- अम्लता (एसिडिटी) कम हुने खाना खानुपर्छ। 
-बर्खायाममा मासु-माछा आदि खाँदा फूड पोइजनिङको आशंका बढ्‌दछ। यस  मौसममा काँचो अण्डा अनि च्याउ खानबाट पनि जोगिनुपर्छ।
- बर्खामा भाजेको खाना नखाएकै राम्रो हो। मसाला पनि कम खानुपर्छ। तेलयुक्त भोजनले पाचनमा समस्या गराउँदछ। 
- अधिक नूनयुक्त खाद्य पदार्थ जस्तै - अचार, सस आदि खानु हुँदैन। यिनीहरूले शरीरमा पानीलाई रोक्दछन्‌ अनि भुँड़ी फुलिँदछ।
- फल अनि सब्जीका जूसहरू पनि कम मात्रामा सेवन गर्नुपर्छ। 
- धेर खानबाट जोगिनुपर्छ। जब भोक लाग्छ, तब मात्र खानुपर्छ। 
- चिसो अनि काँचो भोजनको साटो तातो भोजन,जस्तै - सूप, पाकेको खाना आदि खानुपर्छ। 
- फिल्टर गरेको वा उमालेको पानी खानुपर्छ।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ