जीव प्राणी र मानव

  • 2024-03-23 05:04:54
==>

- लक्ष्मी अधिकारी, कराईबारी, मिलनमोड़

यो धर्ती विष्णु म भगवानका दुइकानबाट निस्किएको कानेगुजी वा उत्पन्न भएका मधु र कैटभ नाम्‌का दैंत्यलाई विष्णु भगवानले काखमा राखी मारेको र त्यही शरीरबाट बनेको हो भन्ने पाइन्छ भने वैज्ञानिकहरूले भने सूर्यमा विस्फोट भएर पृथ्वी र चन्द्रमा बनेका हुन्‌ भन्ने भनाई पाइन्छ। जे नै भए पनि आफ्ना आफ्ना ठाउँमा सत र असत दुइवटालाई अघि-पछि पारी एकै ठाउँमा समेटे जस्तो लाग्दछ। किनकी हाम्रा हिन्दू धर्ममा पनि धर्मपापको लौरो टेकेर नै अघि बढ़े जस्ता भान हुन्छ। किनकी हाम्रा धर्म ग्रन्थहरू हेर्दा राजाहरूद्वारा गरिने ठूला ठूला यज्ञहरूमा नरवलिदेखि पशुबली ब्रह्मणहरूद्वारा विकल्प गरी मन्त्रद्वारा मन्त्रीएका हतियारले वध गरी बली दिएको पाइन्छ भने तागाधारी का छोराको ब्रतवन्धमा कम्मरमा मृगको छालाको सानो अंशै भए पनि झुण्ड्याउने चलन त अहिले पनि छँदैछ। के त्यो छाला  नमरी प्राप्त भयो होला त? त्यसैले धर्म पनि पापको लौरो टेकेरै नै अघि बढ्‌दो रहेछ नी त। अर्को आजभन्दा अघाड़िका मानिसमा धर्म थियो भन्ने बुड़ापाका विद्वानहरूबाट सुन्नमा आउँछ तर एक पुुरुषले अनेक नारी विवाह गरी मन नपरेकालाई धपाउनु पशुुलाई जस्तो यातना दिइ घर निकाला गर्नुु यता बिहान-बेलुकै भने  शीलाग्राम पूजा गर्नु अझ अघि ता पुरुष मर्दासँगै लगेर जीउँदै जलाउँने, अर्को मारा कमारी भनेर मानिसलाई पशुकै व्यवहार गर्नुलाई धर्मले पनि पाप र अन्ययको लाठी नटेकि ता अघि बड़े जस्तो पाइन्न नी। 

अर्को अन्जान नारी विवाहदेखि ल्याउने प्रचलन पनि नभएको हो। अब आयो छुवाछुत र जूठोबाट जात जाने के यो वचन सक्ने अवस्था हो र, सही रूपमा रहेको चाहीँ होइन मानिएकोमा त हो भन्दा अत्युक्ति नहोला। बुड़ापाकाहरूका भाईले पनि तर के शंख फुक्‌दा र घण्टी बिहान एकछिन बजाउँदा मात्र धर्म होला त? तर आज ठूला उद्योग धन्द| र कम्पनीहरूले पनि त मानिसलाई नै काम नलगाई नहुने वाध्यता त विश्वमै चलेकै कुरा हो कसैले यसलाई ठूलाले सानालाई शोसन गरेको भन्छन्‌ भने कसैले धेरैको जीवन गुजार गराएको प्रशंसा पनि सुन्न पाइन्छ। तर

यो प्रगती वा भने यती होस्‌ हेर्दा अन्याय पछाड़ी न्याय र पाप कै पछाड़ी धर्म र कूकर्मकै पछाड़ी सूकर्म रहेको पाइन्छ। अन्यायले नै न्यायको जन्म दिएको हो। भ्रष्टचार पछाड़ी राजनिति र पैसामा मात्र पछि लाग्छन्‌ चाहिने काम गर्दैनन्‌ केवल कुरा मात्र ठूला गर्छन्‌। यो भन्दा अत्युक्ति नहोला। आजको संसारमा मानिसहरू पैसा-पैसा भन्दा भन्दै जिन्दगी बितिसकेकाहरू धेरै छन्‌।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ