पवित्रतम र महत्तम देववाणी (संस्कृत भाषा)-प्रति उपेक्षा अनि तिरस्कार किन?

  • 2021-09-21 02:00:41

- लक्ष्योम ‘सच्चिदानन्द’

हो, यो हाम्रो त्यही नै अत्यन्त पवित्रतम, महत्तम एवं वृहत्तम उपभहाद्वीप आयोवर्त (भनुतृभूमि) हो जहा सत्ययुग, त्रेतायुग तथा द्वापरयुगमा देव-देवतागण, ऋृषिमुनिगण, सन्त-महात्मागण साथै अत्यन्त परम पुण्यात्मा, धर्मात्मा, ज्ञानवान्‌ सज्जनवृन्द इत्यादिको एकछत्र दिव्य साम्राज्य थियो। त्यस समयमा उक्त तीनै युगमा केवल एकमात्र देव-भाषा (संस्कृत) मा नै पारस्परिक वार्तालाप, व्यवहारादि र विचारको आदान-प्रदानादि गरिने प्रचलन कायम रहेको थियो। संस्कृत भाषाबाहेक अरू कुनै पनि भाषा थिएन। अतः यसै कारणले नै यस देशलाई देवभूमि, तपोभूमि ‘‘पृथ्वीको स्वर्ग’’ आदि पनि भन्ने गरिन्छ। भनिन्छ, स्वर्ग (बैकुण्ठ) लोकमासमेत ब्रह्मा, विष्णु, शिव, इन्द्र अनि सूर्य, बरूण, कुबैर आदि सारा देव-देवतागण पनि केवल यही संस्कृत भाषामा मात्र नै परस्परमा वार्तालाप गर्ने गर्दछन्‌’रे।

तदन्तर जबदेखि कलियुग आरम्भ भयो, यसको प्रथम चरण (प्रारम्भिक काल) सम्म पनि यही संस्कृत भाषाको नै प्रचलन कायम रहिआएको थियो। त्यसपछिदेखि उप्रान्त जति-जति समय बित्दै गयो, उति उति नै संस्कृत भाषाको नै प्रचलन कायम रहिआएको थियो। त्यसपछिदेखि उप्रान्त जति-जति समय बित्दै गयो, उति उति नै संस्कृत भाषादेखि अन्यान्य भाषाहरूको उत्पत्ति हुँदै गयो। जस्तै - हिन्दी, बंगला, नेपाली, अंग्रेजी, आसामी, गुजराती, तेलुगु, मराठी आदि-आदि। यिनै भाषाहरूको अनुसार विभिन्न लिपिहरूको समेत प्रादुर्भाव हुँदै गयो। संस्कृत, हिन्दी एवं नेपाली भाषाको लिपिचाहीँ ‘देवनागरी लिपि’ नै हो, तर यी तीन भाषाबाहेक अन्यान्य भाषाका लिपिहरू भने बेग्ला-बेग्लै प्रकारका छन्‌। तिनैअनुसार बोल्ने तरिकाहरू पनि जम्मै भाषाहरूको बेग्ला-बेग्लै प्रकारको छ। तर जे भए तापनि उपरोक्त जम्मै भाषाहरूको आदि मूल (प्रमुख) जननी वा माताचाहीँ यिनै संस्कृत भाषा नै हुन्‌ जसलाई ‘‘रावण वाण’’ समेत भन्ने गरिन्छ। संस्कृतबाहेक अरू सम्पूर्ण भाषाहरू यिनै संस्कृत भाषाकै अपभ्रंश रूपहरू मात्र हुन्‌। संस्कृत भाषाको ज्ञान प्राप्त भएपछि त अरू अझै भाषाहरूको ज्ञान स्वतः नै प्राप्त भइहाल्दछ। 

वर्तमानकालमा पनि भारतका कतिपय विशेष प्रमुख धार्मिक तीर्थस्थलहरू जस्तै-काशी (वाराणसी) हरिद्वार, ऋृषिकेश, वृन्दावन, मथुरा, गोरखपुर आदि तथा कतिपय विभिन्न राज्य (प्रान्त) हरूमा समेत संस्कृत भाषा माध्यमका प्रमुख विश्वविद्यालय, विद्यापिठ, महाविद्याल, गुरुकुल आश्रम, संस्कृत विद्यालय, पाठशाला इत्यादि सञ्चालित भइरहेका छन्‌ जहाँ हजारौं-लाखौं-करोड़ौंको संख्यामा भारतीय विद्यार्थीगणका अतिरिक्त कतिपय पाश्चात्य  देशका बड़े-बड़े अंग्रेज, विद्वाज्जन, वैज्ञानिकवृन्द आदि समेतले खुबै गहन अभिरूचिपूर्वक संस्कृत भाषाका विभिन्न विषयहरू जस्तै-वेद, वेदान्त, उपनिषद्‌, ज्योतिष, साहित्य, व्याकरण, पुराण, दर्शनशास्त्र इत्यादि अध्ययन गरिरहेका छन्‌। छिमेकी देश नेपालको राजधानी काठमाण्डौं, दाङ्ग (पश्चिम नेपाल), दिङ्गला, भैरहवा, धरान, शनिश्चरे इत्यादि कतिपय विभिन्न स्थानहरूमा समेत संस्कृत भाषा-माद्यमका शैक्षिक संस्थानहरू सञ्चालित भइरहेका छन्‌।

केही वर्षअघिसम्म भारतको पश्चिम बंगाल राज्य साथै दार्जीलिङ मण्डलस्थित पहाड़-तराई आदि क्षेत्रहरू र कालिम्पोङ्ग मण्डलस्थित लिङ्‌से, इच्छे, बोङबस्ती आदि स्थानहरूमा संस्कृत टोल, खरसाङमा सर्वोदय गुरुकुल संस्कृत विद्यालय आदिको सञ्चालन हुनुको अतिरिक्त समस्त उच्च विद्यालयहरूमा समेत संस्कृत भाषा पढ्‌ने गरिन्थ्यो। तर यसमध्ये वर्तमानकालमा भने ती उच्च विद्यालयहरूमा संस्कृतको प्रचलन हराएर गयो, किनकि सर्वत्र अंग्रेजी माध्यमका आवासीय विद्यालयहरू नै सर्वाधिक मात्रामा सञ्चालित भइरहेका छन्‌। यसउसले गर्दा विद्यार्थीहरूको अभिरूचि संस्कृतभन्दा अंग्रेजी पट्टि नै बढ़ी मात्रामा रहेको देखिन्छ। फलतः संस्कृत भाषा दिनानुदिन लुप्तप्रायः हुँदै गइरहेको छ। कतिपय विद्यार्थीहरूको अनुसार संस्कृत भाषा ब्राह्मण जातिले मात्र सिक्ने अधिकार छ यो उनीहरूको जन्मजात पेवा हो किनकि यो नै उनीहरूको जीवन-निर्वाहको एउटा प्रमुख माध्यम हो अनि यही भाषाद्वारा नै उनीहरू पुरोहितत्याइँ, कर्मकाण्डादि गर्ने गर्दछन्‌। तर यो उनीहरूको गलत सोचाइ हो, भूल हो, भ्रम एवं भ्रान्त धारणा हो। परिणामतः यही मूर्खतापूर्ण धारणाले गर्दा नै  वर्तमानमा संस्कृत भाषाप्रति बड़ो अनादर, अपमान, अवहेलना, उपेक्षा तथा तिरस्कार भइरहेको छ। अतः योभन्दा बढ़ो खेद र अफसोसको विषय अरू के हुनसक्दछ? यो बड़ो अनुचित हो। यो महापाप हो, जघन्य अपराध हो। 

संस्कृत भाषाको महिमा अत्यन्त अपमान छ, अवर्णनीय छ। यो जस्तो पवित्रतम क्षेषुतम अनि महत्तम भाषा विश्वमा अरू कुनै पनि छँदै छैन। यो नै भगवती सरस्वती माताको अद्वितीय, अमूल्य एवं अनुपम देन हो, वरदान हो। संस्कृत भाषाको अध्ययन गर्ने व्यक्तिमाथि सरस्वती माताको विशेष अहैतुकीकृया तथा आशीर्वाद प्राप्त हुँदछ। केवल ब्राह्मणवर्गको सिक्ने सम्पूर्ण अधिकार छ, किनकि यो सम्पूर्ण मानव जातिको साझा र सर्वभौम भाषा हो। देव-देवतागणले बोल्ने भाषा भएकोले नै यसलाई दिव्यतम देव-वाणी गीर्वाण-वाणी आदि भन्ने गरिएको हो। यस्तो अत्यन्त परम पवित्रतम अनि महत्तम संस्कृत भाषा सिक्न पाउनु पनि ठूलो सौभाग्य हो। 

अतएव, संस्कृत भाषाको परम महत्तवको हृदयङ्गम गरी अत्यन्त गहन अभिरूचिपूर्वक एवं समुचित श्रद्धा-भक्ति-प्रेमसहित यसप्रति विशेष तथा यसलाई अप्नाउनु गर्नुनै हामी प्रत्येक मानव-जातिको परम कर्तव्य हो॥

अन्य लेखहरू