‘पहाड़ी अथक हिरणी-सरस्वती’

  • 2024-03-23 07:45:05
==>

- बीरेन्द्र अब्जस

आँटे के हुँदैन र?

तर हुन पर्छ आफैमा आत्म-विश्वास, जोश-जाँगर, साहस, धैर्य र परिश्रम। हो, यहीं त थियो सरस्वतीसँग। टिस्टा भेल्ली चियाबारीको तल्लो कमजेड़ गाउँमा 28 फरवरी 1979 मा जन्मेकी सरस्वती सुब्बा बुबा राजा सुब्बा र आमा मनरानी सुब्बा बुबा राजा सुब्बा र आमा मनरानी सुब्बाकी एक छोराकी दिदी एक्ली छोरी हुन्‌। टिस्टा भेल्लीकै प्रमोद राईसँग विवाहपछि राई भनेकी सरस्वतीलाई आज पहाड़को  एक अथक म्याराथन धाविका सरस्वती राई भनेर चिनिन्छन्‌। 2007 देखि सरस्वतीले आफ्नो दुई छोरा-छोरी प्रियत र प्रवेशनालाई आधुनिक असल शिक्षा दिन कालेबुङमै बस्न थालि, नानीहरूको देखभाल स्याहार सुसारसँगै उनीहरूलाई राम्रो आचरण र संस्कार दिएर हुर्काइ पढ़ार्इं बड़ाई। भने जस्तै नानीहरूले पनि आमाको परिश्रमलाई सार्थक तुल्याएर आज छोरा पनि भारतीय फौजमा कार्यरत छन्‌ भने छोरी प्रवेशनाले विज्ञान विषय स्नातकोत्तर सिद्धयाई सकेकी छिन्‌। अब पति प्रमोद पनि फौजबाट अवकाश लिइसकेका छन्‌। यसरी सरस्वतीले छत्तिस वर्षको उमेरमा पारिवारिक केही साङले समस्याहरूबाट केही राहत पाइ। 

अब उनी ‘रन वीथ रोशनी फाउण्डेशन’-को सदस्या बनेर 2015 देखि दौड़न थालि, यसो भनुँ उनले यस उमेरमा पनि केही गर्न सक्छु भन्ने आँटलाई चुनौती दिन थाली। यसरी सरस्वतीले 2015 मै रोटरी दार्जीलिङले आयोजन गरेको एक्काइस किलोमिटरको म्याराथनमा पहिलोपल्ट अंशग्रहण गरि र दुइ मिनट पचास सेकेण्डमा दुरी पार गर्दै पाँचौं स्थान प्राप्त गरि। अब शुरूवात भयो सरस्वतीको विजय-लिला-2015 वर्षदेखि 2020 सम्ममा सरस्वतीले गुजरात, मुम्बई, सिलोङ्ग, कोलकाता आदि स्थानहरूमा दौड़ेर दार्जीलिङ पहाड़लाई चिन्हारीमा ल्याउने सुकार्य गरिसकेकी छन्‌। 

2015 को दिसम्बरमा सरस्वतीले पहिलो राष्ट्रीय स्तरको  म्याराथन ‘दामन वीण्ड म्याराथन’ गुजरातमा भाग लिएर पाँचौं  स्थान ओगट्‌न सफल बनिन्‌। यसरी 2017 को ‘आईडीबीआई’ फेडेरल इन्स्योरेन्स कोलकाताको म्याराथनमा उनलाई आयु सीमाको आधारमा तेस्रो स्थान प्राप्त भएको थियो, यसले सरस्वतीलाई अझ बड़ी ऊर्जा मिलेको थियो। 2018 मा सिलोङ्ग चेरापुँजीको म्याराथनमा ओेभरअल छैटो भए पनि आयु सीमाको हिसाबामा उ प्रथम बनेकी थिई, यो दौड़ा दस किलोमिटर सरस्वतीले एक मिनट अघि नै पुरा गरेकी थिई। आजसम्मको उनको दौड़हरू प्रायः एकाई किलोमिटर दुइ मिनटकै हाराहारीमा पार गरेकी छन्‌।

‘फेडेरल लाईफ इन्स्योरेन्स कोलकाता 2019’ मा ओभर अल (सालाखाला) तेस्रो र आयुसीमामा प्रथम बनिन्‌। आई.सी.एस. बेङ्गलुरुको दौड़मा त्यहीं वर्ष सरस्वतीले प्रथम स्थान लिईन्‌। जनवरी 2020 को टाटा मुम्बई म्याराथन र फरवरी 2020 को फेडेरल लाईफ इन्स्योरेन्स कोलकोता म्याराथन दुवैमा सरस्वतीले प्रथम स्थान लिएर हाम्रो हिमाल र पहाड़को शीर उचालेकी छन्‌! 

यस बाहेक पनि उनले स्थानिय साना-तिना दौड़हरूमा स-साना भाई-बहिनीहरूलाई प्रेरणा-प्रोत्साहन मिलोस्‌ भन्ना खातिर भाग लिइरहन्छन्‌। यस वर्षको ‘दार्जीलिङ हील म्याराथन’-मा पनि सरस्वतीले, आफ्नो ठाउँमा रहरले नै आफ्नो समय सीमालाई नियाल्दै आफ्नै माटोमा दौड्‌ने इच्छा गरि र पाँचौं स्थानमा आईन्‌ र आफैलाई आफ्नो ठाउँको दौड़प्रतिको खुशीयालीमा सौभाग्यवती सम्झि।

यसरी सरस्वतीले हामीलाई ‘केही गर्न’ उमेर र हालतले बाँध दिँदैन भन्ने ज्ञान त दिएकै छन्‌ भने अर्कोतिर हाम्रो जातिय चिन्हारीसँगै दार्जीलिङ पहाड़को परिचय भारतको अन्य राज्यहरूसँगै राष्ट्रीय धारामै पुऱ्याएकी छन्‌ भन्नमा अत्युक्ति नहोला। हाम्रो आत्मिय चेलीलाई शुभकामना!!

 

सन्‌ दौड़ स्थान

2015 दामन वीण्ड म्याराथन पाँचौं

(गुजरात)

2016 आईडीबीआई तेस्रो

(कोलकाता)

2018 सिलोङ्ग चेरापुंजी छैटौं

म्याराथन

2019 फेडेरल लाईफ इन्स्योरेन्स तेस्रो

(कोलकाता)

2020 फेडेरल लाईफ इन्स्योरेन्स प्रथम

(कोलकाता)

ааЁаҐЌаЇ аІаҐаа№ааҐ