दार्जीलिङमा विकासको घोषणा

  • 2024-03-23 07:45:11
==>

-  के.बी. लिम्बू, चैनपुरेग्राम, बिजनबारी

पश्चिम बङ्गालका मुख्यमन्त्री ममता ब्यानर्जीले गोर्खा जातिलाई मात्र जात-जातमा टुक्राएर छिन्न-भिन्न परिरहेको छ। जात-जातमा टुक्राउनमा सहयोग गर्ने  शकुनी ममताको प्रिय पहाड़को हाम्रै गोर्खे नेताहरू पनि हुन्‌। ममता दिदीले घोषणा गरेर पहाड़को जनतालाई आश्वासनमा मात्र डुबाएर राखेका छन्‌। ममता दिदीको घोषणा यसप्रकार छन्‌। घुम रेलवे स्टेशन म्युजियमको अपग्रेडेशन बनाउने खरसाङमा अपग्रेडेशन अफ रेलवे प्रिन्टिङ प्रेस बनाउने, डिजेल फिल्टर फ्याक्ट्री, कालेबुङमा जल परियोजनाको घोषणा खरसाङमा सुपर स्पेशिलिस्टी अस्पतालको र मेडिकल कलेज बनाउनु शुरू गरिहाल्ने घोषणा, पहाड़मा फिल्मसिटी निर्माण गर्ने चौरस्तामा हकर्स मार्केट बनाइहाल्ने घोषणा रोहिणीमा पर्यटकका लागि केवलकार रोपवे बनाउने घोषणा, राजमार्ग मरम्मतीका लागि बीस करोड़ अनुदान एक महीनाभित्र दिइहाल्ने घोषणा अनुसार अबसम्म पाइसक्नु पर्ने। पहाड़को विकास गर्ने घोषणा त पहाड़ आउँदा कति गरे यहाँसम्म घोषणा गरे कि दार्जीलिङ पहाड़लाई स्वीट्‌जरल्याण्ड बनाउने। तर यत्रो वर्षसम्म स्वीट्‌जरल्याण्ड त छाड़िदिऊँ विकासको नाममा के भएको छ?  दार्जीलिङ पहाड़को सरकारी अस्पतालको अवस्था हेर्नु हो भने डाक्टरहरूको कमी छ। यो कुरो त छोड़ौं अस्थायी कर्मचारीहरू छन्‌ उनीहरूले काम गर्दै आएको धेरै वर्ष भइसक्यो तर ती कर्मचारीहरूलाई आजसम्म स्थायी रूपमा स्थान्तर गर्न सकेका छैन। बिजनबारीको जनताले बिजनबारीलाई महकुमाको दर्जा पाउनु पर्छ भन्ने माग धेरै अघिदेखि उठाउँदै आएको ममता सरकारले सक्छ भने बिजनबारीलाई महकुमाको दर्जा दियोस्‌। पहाड़मा सरकारी खर्चमा पच्चासपल्ट भन्दा बेसी आएर जात-जातमा बिभाजित पारी गोर्खा जातिलाई आफ्नो स्वाभिमान दुइ कोठे घर र टोइलेटमा बेच्ने बनायो। तर त्यही समतलमा, मण्डल, रोय, चौधरी, दास, मजुमदार, सौतांल, मुण्डा, कोचे, मेचे, थारूहरूको पहाड़मा जस्तो मधेशमा किन जात-जातको विकास बोर्ड बनाइदिएनौ ममता दिदी भनेर पहाड़ आउँदा पहाड़को जनताले एकपल्ट सोध्नै पर्छ। नेपाली भाषालाई 1992 साल मै सरकारी भाषा घोषणा गरेर लड़दा-लड़दा 1992 मा मात्र मान्यता पाए झैं त्यस्तो राजनैतिक घोषणा गरेर पहाड़को एकता तोड़ेर गोर्खाल्याण्ड आन्दोलनलाई च्यात च्युत पार्ने तस्कर बनेर अब पहाड़ नआइदेऊ भन्नु सक्नु पर्छ पहाड़को जनता र नेताले। 

ममता दिदी बङ्गालको मुख्यमन्त्री भएको 10, 12 वर्ष पुग्न लाग्यो तर दार्जीलिङ पहाड़लाई स्वीट्‌जरल्याण्ड कहिले बनाउने पहाड़को जनता र पहाड़को तृणमूल नेतृत्वगणले सोध्नु सक्नुपर्छ। घोषणा त पुरा हुन सकेन भने जीटीएमा बस्ने नेतृत्वगणले झन्‌ के गर्न सक्ला? तर पनि जीटीएका पदभारमा बस्ने नेतृत्वगणले भरसक क्षमता अनुसार विकास गर्ने कोशिश गरिरहेका छन्‌। पहाड़मा बेरोजगार बढ़ेर गएको छ ती बेरोजगार युवा भाई-बहिनीहरूलाई सयदिने रोजगार र ठिकाको काम दिने लालच देखाएर आफ्नो राजनैतिक दलमा शामिल गर्ने अनि दलको झण्डा थमाउने घिनलाग्दो राजनैतिक कार्य गर्नु सम्पूर्ण पहाड़को राजनैतिक दलहरूले छोड्‌नु पर्छ। बरू बेरोजगार युवा जमातलाई दिलाउन सक्छ भने रोजगार (सरकारी) नौकरी दिलाउनु आवश्य छ। 

हामी साधारण जनता कसको विश्वास गर्नु कुन राजनैतिक दलको विश्वास र भरोसा गर्नु। कंग्रेस, बामफ्रण्ट, तृणमूल, गोरामुमो, भाजपा, क्रामाकपा, गोजमुमो (2), जाप, गोर्खालिग, गोरानिमो वा गोजमुमो (1) को हामी बङ्गालको गुलाम र चम्चा गर्दै आएको कति पीढ़ी बिते अझ कति बित्ने हुन। न त  हामी संगठित न त सचेत नै छौं। हाम्रा नेताहरूले आफ्नो राजनैतिक रोटी सेकाउन जनतालाइ मूर्ख बनाउन छोड़े पो। जनताले गोर्खाल्याण्ड मागेको हुन्‌ गोर्खाल्याण्ड कै निम्ति शहीद भएका हुन्‌ अनि गोर्खाल्याण्ड नै माग्दैछ। गोर्खाल्याण्ड एक मात्र हृदयभित्रको सम्पूर्ण गोर्खे रगत हुने जातिको अन्तिम इच्छ  हो। 2021 को विधानसभा चुनाउले बङ्गाल लगायत दार्जीलिङको परिवर्तनको मुद्दा कुन दिशा हुने हो। गणतन्त्रको यो त्योहारमा हामी शत-प्रतिशत भोट लालच र डर नराखी गोर्खा जातिको उन्मुक्तिको निम्ति गोर्खाल्याण्डको निम्ति र अधिकारको निम्ति प्रयोग गरौं। हाम्रो भविष्य हामी आफैले बनाऊँ। 

2021 को विधान सभा चुनाउमा ममताको, भाजपाको वा गोर्खा जाति र गोर्खाल्याण्डको जीत हुने हो समयले नै बताउला।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ