प्रतिभाशाली लोमस ढुङ्गेल - हरियो माखाका हरियो सङ्‌केत

  • 2024-03-23 07:45:19
==>

 नवीन पौड्याल, कालिम्पोङ

समाजमा केही विभिन्न प्रतिभाशाली व्यक्त हुन्छन्‌। आफ्नो समाजको उत्थानका निम्ति विभिन्न तह, क्षेत्र र प्रतिभाबाट अघि सरेका हुन्छन्‌। अझ समाजलाई उत्थान गर्ने मार्गमा शिक्षकहरूको भूमिका पनि महत्त्वपूर्ण हुन्छ। विद्यार्थी समूहलाई चेतना जगाउने, सजग बनाउने, भविष्यको सकारात्मक परिवर्तन र सुधारको भावना जगाउने काम शिक्षकहरूले गर्दछन्‌। शिक्षकहरूले समाजको रूपान्तरण प्रक्रियामा महत्त्वपूर्ण उत्प्रेरकको भूमिका खेल्दछन्‌।  

 2019 का निम्ति सिक्किमबाट राष्ट्रिय शिक्षक पुरस्कार पाउने दुईजना हुन्‌ माखा उच्च्तर माध्यमिक विद्यालय माखाका गणित शिक्षक लोमस ढुङ्गेल। सानैदेखि मेधावी यी ढुङ्गेल एक आदर्श शिक्षक हुन्‌। उनको जन्म 12 जुलाई 1986 मा सिङ्‌ताम सिक्किममा भएको हो। उनको बाबुआमाको नाम श्री भानुभक्त ढुङ्गेल र श्रीमती उमा ढुङ्गेल हो। उनले 2001 मा सिङ्‌ताम सरकारी उच्चतर विद्यालयबाट दशौं श्रेणी, गान्तोकको टासी नाम्गेल सरकारी वरिष्ठ विद्यालयबाट 2003 मा बाह्रौं श्रेणी अध्ययन गरी सिलगढ़ी कलेजबाट विज्ञान लिएर 2007 मा स्नातक भएका हुन्‌। आफ्नो अध्ययन क्रमलाई बढ़ाउँदै उनले मद्रास विश्वविद्यालयबाट 2014 मा गणितमा स्नातकोत्तर समाप्त गरेका हुन्‌। यसपछि उनले पर्यावरण र दीर्घ मियादी विकास’ विषयमा पोस्ट ग्रयाजुयट डिप्लोमा पनि हासिल गरेका हुन्‌। उनले सर्वप्रथम सिलगढ़ीको कृष्णमाया मेमोरियल उच्चतर विद्यालयमा गणित शिक्षकका रूपमा सितम्बर 2007 देखि 2008 को केही महिना जति काम गरेका भने त्यसपछि उनले दुई वर्ष जति बैंकमा नोकरी गरेपछि 2012 मा रिब्दी उच्चतर विद्यालयमा शिक्षण कार्य आरम्भ गरेका हुन्‌। यहाँबाट उनको सरूवा माखा सरकारी वरिष्ठ विद्यालयमा 2013 मा भएको हो।  

हाम्रो समाजमका विद्यार्थीका निम्ति अङ्‌कगणितलाई कठिन विषय मानिन्छ तर यसलाई चुनौतीका रूपमा लिएर लोमस ढुङ्गेलले सिकाउने नयाँ-नयाँ तरिका अपनाउने गर्छन्‌। कहिले कविता सुनाएर, कथा सुनाएर रसिकता ल्याएर बुझाउने गर्छन्‌। शिक्षण पेशालाई उनले जीवनको उद्देश्य बनाएका छन्‌। यी एक आदर्श शिक्षक हुन्‌। यिनले 2015 मा हरियो माखा नामको एउटा पर्यावरण चेतनामूलक समूह खोले। यस समूहले दशवटा गुरूयोजना आरम्भ गरेको छ भने ती परियोजनाहरू सफलताको मार्गमा छन्‌ पहिले आफ्नो विद्यालयबाट अभियान शुरू गरी अन्य विद्यालयतिर पनि विस्तार गर्दै आएका हुन्‌। पर्यावरण प्रदुषणको मूल कारण मानिसहरूले खानेको गरेका कुरकरे, लेज आदि खानेकुराका प्लास्टिकका खोल हुन्‌। यस्ता विभिन्न प्लासटिकलाई बटुलेर त्यसलाई प्रशोधन गरी त्यसबाट खाता-किताबको खोल बनाउने अभियान चलाए। त्यसबाट पचासी हजारवटा प्लाटिकका खोलबाट एकसट्ठी हजारवटा खाता किताबको खोल बनाएर बिक्री गरेका थिए। त्यसलाई बढ़ाउँदै कागजको सदुपयोग गर्ने अभियान चलाए। विभिन्न सरकारी विद्यालय र कार्यालयमा कागज एकापट्टि मात्र प्रयोग हुन्छ भने एकपट्टि खालि रहन्छ। त्यस एकापट्टि खालि रहेको एक लाख जति कागजलाई सङ्‌कलन गरेर एक हजारवटा जति नोटबुक बनाएर बिक्री अभियान थालेका हुन्‌। यस्ता कामबाट केही आर्थिक लाभ गरेर त्यस रकमलाई जम्मा आठजना गरीब र विद्यालय छोड्‌ने विद्यार्थीलाई आर्थिक सहयोग पुऱ्याएका छन्‌। 

यिनको हरियो माखा परियोजनासित अन्य विद्यालय, शिक्षक र विद्यार्थी समुदाय पनि जुट्‌न थालेका छन्‌। सिक्किम सरकारको शिक्षा विभाग, राज्य प्रदुषण नियण्त्रण बोर्ड, पर्यावरण मन्त्रालय, गैरसरकारी संस्थानहरूको पनि सहभागिता र समर्थन रहेको छ। केन्द्रीय शिक्षा मन्त्रालयले पनि समर्थन जुटेको छ। यिनको काम गराई, समर्पण, एकनिष्ठता, समाजको उत्थानको निम्ति निःस्वार्थ भावलाई कदर गर्दै 2019 को अगस्ट महिनामा केन्द्रीय शिक्षा मन्त्रीको बाहुलीबाट श्री अरविन्द सोसाइटीको ढशरलहशी खपर्पेींरींळेप ­ुरीव पाएका हुन्‌। यसै गरी 2020 को शिक्षक दिवसको उपलक्ष्यमा भारतको राष्ट्रपति माननीय रामनाथ कोविदको बाहुलीबाट राष्ट्रिय शिक्षक पुरस्कार पाएका हुन्‌।यो अत्यन्तै गौरवका कुरा हो। होनहार प्रतिभाशाली यी लोमसले समाजको उन्नतिका निम्ति उनी अहोरात्र खट्‌ने गर्दछन्‌। बधाई छ यी लोमसलाई। उनको यस गुरू परियोजना चिताएझैं अझ फैलियोस, उद्देश्य पूरा हुन्‌ भनी कामना पनि गरिन्छ। 

ааЁаҐЌаЇ аІаҐаа№ааҐ