रक्तदान महादान

  • 2021-08-02 16:30:04

रक्तदान किन गर्नु? यसले के फाइदा हुन्छ? म किन रगत दान दिनु यस्ता धेरै मानिसहरू छन्‌ नकारात्मक सोंच विचार मात्र धेरै गर्ने । सकारात्मक सोंच, असल विचार, मानिसमा प्रेमभाव मेलमिलाप भन्ने कतिकोमा हुँदैन, एकल काँटेहरू धेरै छन्‌।  म मेरो भन्ने मात्र अनि रिसराग गर्ने धेरै हुन्छन्‌ सधैँ हामी, हाम्रो अनि सबैसँग मिलेर अघि बढ़े सधैँ राम्रो हुन्छ। ‘‘सबका साथ सबका विकास’’ भने जस्तै हामी सचेत प्राणी हौं। हामी स्वास्थ्य छौं, निरोगी छौं भने वर्षमा 2, 3 पल्ट रक्तदान गर्दा राम्रो हुन्छ, आफ्नो शरीरलाई पनि नयाँ रगत बनिने मौका पाउँछ अनि सबैभन्दा राम्रो हाम्रो रगतले अन्यलाई सहायता  हुन्छ अन्यले जिउने मौका पाउँदछ। यसै सिलसिलामा लिटल एञ्जल हायरसेकेण्डरी स्कूल मिलन मोड, सिलगढ़ीको 18औं स्थापना दिवस 22 दिसम्बर 2020-को दिन रक्तदान शिविरको आयोजना गरिएको थियो। प्रत्येक वर्ष स्कूलका सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभचिन्तक सबैको उपस्थिति अनि स्कूलका नानीहरूद्वारा ‘‘कल्चरल प्रोग्राम’’ हुने गर्थ्यो तर यसपल्ट कोविड-19 (कोरोना भाइरस) को कारण स्कूल बन्द, धेरै मानिसहरूको जमघट राम्रो हुँदैन त्यसैले स्कूलले ‘‘रोटरी क्लब अफ मेट्रोपिलिटियन’’ सिलगढ़ीको विशेष सहयोगमा अनि ‘‘रोटरी क्लब’’ प्रधाननगर अनि ‘‘रोटरी ब्लड ब्याङ्‌क सिलगढ़ीको सहयोगमा रक्तदान शिविर सम्पन्न भयो । स्कूलका निदेशक दिपक न्यौपाने अनि प्रधानाचार्य श्रीमती राधिका न्यौपाने भन्नुहुन्छ हामीले यस ‘रक्तदान महादान’ गरेर अन्य कसैको जिन्दगीमा सहयोग पुऱ्याउनु नै मानवता हो मानिस भएर जन्म लिएपछि कसैको सहयोग आफूले सक्ने गर्नुपर्छ फेरि भएन रक्तदानले आफ्नो शरीरलाई पनि राम्रो हुन्छ नयाँ रगत बनिने मौका पाउँछ त्यसैले हामी जो स्वास्थ्य छौं निरोगी छौं भने वर्षमा 2, 3 पल्ट रक्तदान गरेर अन्यको जीवन बचाउँने काम गरौं भन्दै स्कूलका सम्पूर्ण शिक्षक, शिक्षिका साथै शुभचिन्तक लगायत रोटरी क्लबका सबै सहयोगीहरूलाई धन्यवाद दिएका छन्‌।

अन्य लेखहरू