सिलगढ़ीका पहिलो नारी साहित्यकार-द्रौपदी गुरुङ

  • 2024-03-26 14:58:30
==>


- जीवन नामदुङ्ग

नन्दी तिवारी स्मृति प्रतिष्ठानले प्रत्येक वर्ष विराट सांस्कृतिक कार्यक्रम गरेर समाज र साहित्यका कर्णधारहरूलाई भव्य समारोहमा पुरस्कृत र सम्मानित गर्दै आएको सर्वविदित तथ्य हो। सन्‌ 2017 को कार्यक्रम माति 17.12.2017 -मा सिलगढ़ीस्थित मंगल माइती भवनमा एउटा यस्तै भव्य कार्यक्रम सम्पन्न भएको थियो। जहाँ तीन प्रकारको कार्यक्रम राखिएको थियो। पहिलो कार्यक्रम थियो साहित्यकार इन्द्रबहादुर गुरुङ (डुवर्स) र युवा कवि कृष्ण पी. ठटाललाई नन्दी तिवारी स्मृति साहित्यिक पुरस्कार प्रदान। दोस्रो कार्यक्रम थियो सिलगढ़ी क्षेत्रका वरिष्ठ नागरिकर समाज सेवकहरूलाई नागरिक अभिनन्दन अनि तेस्रो कार्यक्रम थियो मेधावी विद्यार्थीहरूलाई पुरस्कार र प्रोत्साहन राशि वितरण। बड़ो सब्यतापूर्वक अनि भव्यतापूर्वक कार्यक्रम सम्पन्न भयो। विशेषगरी समाजलाई योगदान शिक्षक/शिक्षिका/समाज सेवक/सेविकाहरूमा अति आदरणीय नामहरूमा शिक्षिका द्रौपदी गुरुङ, शिक्षिका मीना अधिकारी शिक्षिका सरस्वती अधिकारी, समाज सेवक डी.आर. खाती र कविराज बर्मन (ज्येष्ठ नागरिक) जस्ता व्यक्तिहरूको योगदानलाई कदर गर्दै सम्पन्न भएको यस अभिनन्दन समारोहका एकजना अतिथि भएर सहभागी हुने अवसर मलाई पनि प्राप्त भयो। कार्यक्रमपछि हामी सबै बाहिरियौं, तर द्रौपदी गुरुमासित केहीक्षण भए पनि कुराकानी गर्ने अवसर प्राप्त भयो। सन्‌ 1951 देखि नै विभिन्न नेपाली पत्रिकाहरूमा लेखहरू प्रकाशित गर्ने द्रौपदी गुरुङ, सिलगढ़ी आजपर्यटन्त सुस्वस्थ रही सामाजिक र शैक्षिक क्षेत्रमा सिलगढ़ीको नामलाई परिचित गराइरहनु भएको छ। अत्यन्तै सीमित समयमा। उहाँसित यस छोटो अन्तर्वार्तामा उहाँकै एउटा पुरानो लेख पनि प्रकाशित गरेको छु।

नामः द्रौपदी गुरुङ (मार्फत कुमारी गुरुङ, दबै दोकान मतिगढ़ा)

जन्मः 4 अगस्त 1932 बर्मा (मेयनमार)

पिताः गर्जमान गुरुङ/ माताः रोहिणी गुरुङ

दोस्रो विश्वयुद्धको कारण बर्माबाट सपरिवार भागेको मिति अप्रेल, 1942

खरसाङ आइपुगेको मई, 1942

शिक्षाः सेण्ट जोसफ गर्ल्स स्कूलमा 1942 कक्षा पाँचमा भर्ना भईन्‌। त्यसपश्चात  1948 मा माध्यमिक उत्तीर्ण (जम्मा 9 जना छात्राहरू)

सहपाठी मित्रहरूः हिल्डामित लेप्चा, लावण्य मुखर्जी, विमला सुब्बा राधिका प्रधान (डाउहिल) रजनी सुब्बा।

सम्पत्तिः कृष्णमाया प्राथमिक स्कूलमा 1965 देखि शिक्षिका पेशामा कार्यरत।

1992 -मा अवकाश ग्रहण

साहित्यमा रुचि, कृष्ण प्रधानका ‘अपहरण भएका गीतहरूको’ -को प्रकाशिका 

सन्‌्‌ 1992 मा प्रकाशित गीत संकलन।

सिलगढ़ीबाट प्रकाशित पहिलो नेपाली साहित्यिक पत्रिका प्रवाशी नेपाली, (पाक्षिक) -को प्रकाशन 1951 जुलाईदेखि आइ.बी. लामाको सम्पादन र सञ्चालनमा शुरु भएको हो जसको पाँचौं अंक सेप्टेम्बर 1951 -मा प्रकाशित भएको छ। तर सिलगढ़ीबाट नेपाली भाषामा रचना प्रकाशित गर्ने पहिलो नेपाली लेखिका सुश्री दौपदी गुरुङ आजसम्म सुस्वस्थ रहनु सिलगढ़ीवासीहरूको पनि ठूलो उदाहरण हो भन्ने मेरो ठहर छ। उहाँ अघि सिलगढ़ीका कुनै नारी लेखिका भएको प्रमाण भए हामीले पनि जान्न पाउँ भन्ने निवेदन सहित श्रद्धया द्रौपदी गुरुमाको सुस्वास्थको कामना गरौं।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ