विधान सभाको एकदिने बजेट अधिवेशनमा गेजिङ कलेजका चार विद्यार्थीलाई अन्याय हुनेछैन। - गोले

  • 2022-01-17 06:38:08

गेजिङ कलेजका चार निष्कासित विद्यार्थीहरूको विषय सिक्किम विधान सबाको एक दिने बजेट अधिवेशनमा पनि चर्चाको विषय बन्यो। विधायक डी.आर. थापाले उठाएका यस प्रसंगमा बोल्दै मुख्यमन्त्री पी.एस.गोलेले भने-गेजिङ कलेजबाट निस्कासित चार विद्यार्थीहरूमाथि अन्याय हुनदिने छैन।

स्मरण रहोस्‌, चार निष्कासित विद्यार्थीहरूको प्रसंग आज सिक्किमेली राजनीतिको टड़कारो विषय बन्न गएको छ। सबैले चाहन्छन्‌ ती विद्यार्थीहरूमाथि कुनै यस्तो कार्यवाही नहोस्‌ जसमा उनीहरूको भविष्य अन्धकारमय हुनेछ। आज सिक्किम विधानसभामा मुख्यमन्त्री स्वयंले उनीहरूमाथि कुनै अन्याय नहुने आश्वासनले सम्पूर्ण सिक्किमे विद्यार्थी वा उनीहरूका शुभचिन्तकहरूको मनमा खुशी छाएको छ। 

मुख्यमन्त्री पी.एस. गोले एउटा सफल वित्तमन्त्री हुन्‌ भन्ने प्रमाण आज एक दिवसीय बजेट शेसनमा उनले दिए। राज्यको वित्तिय संतुलन डगमगाउन नदिन उनले भरसक प्रयास गरेका छन्‌। 

राज्यमा आगामी 31 मार्चको दिन सम्पन्न हुने स्थानीय शहरी निकायको चुनाउको कारण पूर्ण बजेट पेश गर्न असमर्थताबीच सिक्किम सरकारले आज एक दिवसीय विशेष विधानसभा सत्र आयोजना गरेर वर्ष 2021-22 को निम्ति लेखानुदान माग तथा अन्तरिम बजेट पारित गयो। राज्यका मुख्यमन्त्री तथा वित्तमन्त्री पीएस गोलेले कूल 232148.06 लाखको लेखानुदान माग पेश गरे जसमा 186862.97 लाख राजस्व खाता र 45285.09 लाख पुञ्जी खाताबाट रहेको छ। यस लेखानुदान मागलाई आजकै सदनले ध्वनिमतले पारित गऱ्यो। यसरी नै आजको सदनमा मुख्यमन्त्री पीएस गोलेले वर्ष 2020-21 को निम्ति तेस्रो अनुपुरक अनुदान माग पनि पेश गरे जसलाई सदनले ध्वनिमतले पारित गऱ्यो। उल्लेखनीय छ, कोरोना सङ्‌कटको कारण दशौं सिक्किम विधानसभाको 17 औं अधिवेशनको यस चौथो भाग केवल एक दिनको निम्ति आयोजना गरिएको थियो।

अन्य लेखहरू