जिंगलाम चियाबारी ‘‘राष्ट्रप्रति भारतीय गोर्खाहरू समर्पित तर राष्ट्रको हेर्ने चश्मामा केही विभिन्नता’’

  • 2024-03-26 11:54:44
==>

एच.बी. प्रधान

देशले रगत मागे, मलाई बलि च़ड़ाऊ। रुदिन मेरी आमा उ त नेपालीकी छोरी। हो साच्चै हो। त्यसताक भनौं सत्तरीको दशकतिर, नेपाल दार्जीलिङ तराई डुवर्स जहितहि यो देशभक्ति गीत माइकमा खुब बज्यो। ध्यान लगाएर सुन्थ्यौ। साँच्चै नै पहाड़ तराई डुवर्सको कुनाकाप्चा, खोला-नाला, कन्धरा, वन-जंगलले आजसम्म भौगलिक मापदण्डको तगारोमा कताकता खुशीसँग सास फेर्न पाएका छैनौं। मुटुभित्र पस्दा कताकता घोच्छ। पीड़ा हुन्छ। पुर्खाहरू लडाँकू थिए, खटे, खुब जुटे, इमान्दारी देखाए, प्राणको आहुती दिए, राष्ट्रको निम्ति। तर कताकता समय अधुरो लाग्छ। कलंकको त्यो लकिर आजसम्म मेट्‌न सकिएको छैन । हामी मझधारमा नै छौं। अन्योलतामा नै छौ। सुगौली सन्धिले कोरेको भाग्य रेखाको लकिर राष्ट्रका उच्च ओहोदामा ठाउँ ओगटेका व्यक्तिहरूले हामीलाई अर्कै चश्माले हेरिरहेका छन्‌। हेर्ने चश्मा र ऐतिहासिक दस्तावेजको बुदाहरूमा लेखिएको हरपहरूमा तालमेल नहुँदा धेरै लड़ाई लड्‌नु पऱ्यो। लड़ार्इं त्यो लड़ार्इं। चिह्नारीको लड़ार्इं। आफ्नै बलबुतामा राज्य सञ्चालन गरेर भारत राष्ट्रलाई बलियो, कसिलो बनाउने पक्षमा सम्पूर्ण गोर्खाहरू। राष्ट्रको निम्ति भागिदार शहीद बनेका हाम्रा गोर्खा पहरेदारहरूले न्याय नपाएको गुनासो वारम्बार गुञ्जिरहन्छ।

शहीदको मानसम्मान हुनुपर्दछ। शहीदको नाममा नयाँ गोरेटो खन्नुपर्दछ। नौलो सोच र नयाँ सुन्दर महल निर्माण गर्नु पर्दछ। शहीद स्मारकको संरक्षण र रखरखाऊ गर्ने कर्तव्य सबैको हो। न कि 15 अगस्त र 26 जनवरीमा मात्र। त्यस शहीद हाम्रो गौरव हुन्‌। राष्ट्रको विभूति हुन्‌। उसको बलिदानमा रगतले पोतेको इतिहास कहिले मेट्‌न दिनु हुँदैन। नत्र आउने भावी सन्तानले सराप्ने छन्‌। हामी पुराना पुराना इतिहास पढ्‌ंछौं। ढोक्छौ। स्मरण गऱ्यौ। अब त्यस पुराना पुराना इतिहास त छँदै छ। तर अब ओझेलमा बाँचेका हाम्रो विभूतिहरूको विषयमा ठेलीका ठेली किताब लेख्नु पर्दछ। समाजलाई बताउनु पर्दछ। अब हाम्रा ती सम्पत्ति शहीद दुर्गा मल्ल, स्व. धनसिंग थापा, स्वतन्त्र सेनानी खड्‌क बहादुर विष्ठ, अरिबहादुर गुरुङ, स्व. डम्बर सिंह गुरुङ, स्व. अगमसिंह गिरी, स्व. लक्खीदेवी सुन्दास, स्व. डा. इन्द्रबहादुर राई, स्व. डा. पारसमणि प्रधान नामकरण गरेर नयाँ गोरेटो खन्नु पर्दछ। नयाँ इतिहास रच्नु पर्दछ। यसैमा हाम्रो ठूलो धर्म हुनेछ।

भारत वर्षमा शहीद गोर्खाहरूको विषय वस्तुलाई छानबिन गर्ने हो भने गतिलै किताब लेख्न सकिन्छ। तर आज म भारत वर्षभरिका शहीद गोर्खाहरूको विषय वस्तुलाई थातिमा राखेर सिर्फ तकदाह टिस्टा भेल्ली क्षेत्रका चुनिन्दा शहीदहरूको बारेमा लेख्न जमर्को गर्दछु। तकदाह छावनीदेखि तलतिर त्यस बाटो ओहोर दोहोर गर्दा बाटोको दुवैतिर शहीद स्मारकहरू देख्छौं। कति त साह्रै जीर्ण अवस्थामा छन्‌। कति देखरेखको अभावमा कसैको प्रतिक्षामामा बिलुप्तिएको पाउँछौं। जसमा यस क्षेत्रका हाम्रो पुत्र, हाम्रो गौरव, हाम्रो विभूति, साँचो योद्धाहरू युद्धभूमिमा खुन बघाएर भारतमाताको निम्ति बलिदान दिएका थिए। जसको नामावली यस प्रकार छन्‌। 

नाम युनिट स्थानी ठेगाना शहीद भएको ठाउँ र मिति

प्रितम राई 64 आर्टिलेरी रेजिमेन्ट जिगंलाम काश्मिर उड़ी सेक्टर 15 अक्टोबर 2000

सितेन छेत्री 1/9 गोर्खा राइफल्स गेल, खड़का धुरा काश्मिर (कुपवाड़ा) 13 अप्रेल 2001

बिसर्जन थामी ईएमई, 973 एडी टिस्टा भेली चियाबारी जम्मू, उधमपुर, 9 नोभेम्बर 2001

आदित्य थापा 6/8 जीआर टिस्टाभेल्ली जीपी साइड पञ्जाब (फजिल्का) 23 अगस्त 2002

प्रणय गुरुङ 1/1 जीआर गेल नरसिंहधुरा खरसाङ जम्मू कश्मिर (तरना) 21 नोभेम्बर 2002

सुमन छेत्री 3/9 जीआर गेल खड़काधुरा कश्मिर उड़ीसेक्टर 6 मई 2004 

नायक शेखर छेत्री 1/9 जीआर तकदाह होमबस्ती कश्मिर (कारगिल) 11 जून 2004

उत्तम मुखिया 17 जेक राइफल 2/3 धुरा बड़ापुमोंग कश्मिर (फुलवामा) 21 मई 2005

विष्णु राई 17 माहर रेजिमेन्ट ठूलो फूलबारी जीपी साइड टिस्टा भेल्ली कारगील सिल्मुलुङपा नाला ग्लेसियर (देवसाई पर्वत) 5 अगस्त 2006

रुपण राई सिगनल्स रेजिमेन्ट टिस्टाभेल्ली जवलपुर (टेगा) 20 मई 2006

हाम्रा ती विभूतिहरूका शहीद स्मारक देखेर मनमा पीड़ा हुन्छ। आज ती समाज विरोधी तत्वहरू र दुष्टहरूले स्मारकलाई टुटाएर, फुटाएर, मैला कुचेला गरेर शहीद वेदीको अवस्था चिन्ताजनक देखिन्छ। हाम्रा साहित्यका गौरव स्व. डा. पारसमणि प्रधानज्यूले भन्नु हुन्थ्यो कि मेरो मृत्यु पश्चात कुनै प्रकारको सालिग निर्माण नगर्ने आह्वान गरेका थिए। साँच्चै नै त्यो एउटा दुरदर्शीले मेल खाएको पुष्टि हुँदछ।

समय, काल र परिस्थितिले कालखण्डमा स्यार, सुसारको अभावमा राष्ट्रको निम्ति उत्सर्ग प्रदान गर्ने शहीदको बारेमा मनन गर्नु पर्ने हो। तर मद मदिरा पिएर चुर अवस्थामा एउटा अखाड़ा बनेको छ।मैला कुचेला गर्ने र अपशब्दले कोरेको उटपट्याङ्गे चित्रहरू पाउँछौं। कताकता पीड़ा हुन्छ। एउटा शहीदको मूल्याङ्‌नको साटो हेलचेक्याई गरेको र लत्याएको महसुस हुँदछ। गाउँ घरको वरिष्ठ व्यक्तिहरूले यस्ता समय विरोधी घटनाको घोर विरोध गर्नपर्ने हो तर शिर निहुँराएर चुपचाप त्यसै बाटो गुजरन्छन्‌। कसैलाई केही पर्वाह छैन। यसैले हाम्रो गौरव स्व. लक्कीदेवी सुन्दासको उत्सर्ग कविताको केही पंक्ति उद्धृत गर्न लागिरहेको छुः-

तिमीले गरेको उत्सर्ग यहाँ

ती कन्दराहरूले देख्ने छ

रगत पसिना एक गहरी

हाड़हरूको पर्खाल बनाई

अंजुली आफ्नै मासे पिड़ेकी

कथा इतिहासले साँच्ने छ।

देखोस, नदेखोस यो वर्तमान

भावी  पिढ़ीले देख्ने छ।

यसैले रणभूमिमा शहीद बनेका हाम्रा योद्धाहरूको विषयमा चासो राख्नु पर्दछ। यसमा हाम्रो भलाई हुनेछ। जुन दिन हामी चाँसो राख्न छोड्‌छौं। त्यसै दिनदेखि हाम्रो इतिहास विलुप्तिएर जानेछ। नष्ट र पतन भएर जानेछ। कुनै पनि जातिलाई मूल धारामा ल्याउन हो भने सर्वप्रथम इतिहास मुख्य बिन्दु हुनेछ। जातिको जड नै इतिहास हो। आधार हो। यसैले इतिहास बचाउनु पर्दछ। जोगाउनु पर्दछ।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ