मध्यमार्ग अविच्छिन्न बाह्र वर्ष

  • 2024-03-23 07:49:32
==>

लोकनाथ उपाध्याय चापागार्इं

अन्वेषण गर्दै जानु हो भने, खोज्दै जानु हो भने अथवा शोध गर्दै जानु हो भने नेपाली भाषी भारतीय पत्र-पत्रिकाहरूको एउटा लामो श्रृङ्‌खला भेटिन्छ। अहिले म त्यति लामो विमर्श पटि जान्नँ। फेरि पनि, छोटकरीमै यसबारेमा भन्नु पर्दा पनि यसको केही आभास त पाइन्छ नै। 

अन्तर्राष्ट्रिय स्तरको कुरो गर्नु पर्दा एउटा पत्रिकाको उल्लेख गर्न पर्ने हुन्छ। अंग्रेजीमा प्रत्येक महिना एउटा पत्रिका प्रकाशित हुन्छ (खगडठ)। खासगरी यसलाई खपींशीपरींळेपरश्र र्गेीीपरश्र ेष डलळशपलश रपव ठशीशरीलह भनिन्छ। यस पत्रिकाका बारेमा यसरी लेखिएको छ। मखपींशीपरींळेपरश्र र्गेीीपरश्र ेष डलळशपलश रपव ठशीशरीलह (खगडठ) ळी र ेशिप अललशीी, र्ऋीश्रश्रू ठशषशीशशव रपव शिशी ीर्शींळशुशव खपीं

बेलायतबाट लामो अवधिसम्म लगातार निस्किरहे यो लोकप्रिय पत्रिका हो भन्ने गरिन्छ। तर यो पत्रिका विवादमा पनि न मुछिएको चैं होइन। यसलाई कतिपयले फेक पनि भने। तर यसै पत्रिकाको दावी अनुसार, यसले श्रिरसळर अर्थात्‌ ‘साहित्यिक चोरी’लाई स्थान दिँदैन भन्ने पनि छ। 

जहाँसम्म भारतमा हिन्दी पत्रकारिताको प्रश्न छ, यसको थालनी बङ्गालबाट भएको थियो जसको श्रेय राजा राममोहन रयलाई दिने गरिन्छ। सबभन्दा पहिले उनैले यस क्षेत्रलाई सामाजिक उद्देश्यसँग जोड़ेका हुन्‌। राजा राममोहन रयले धेरै पत्रिकाहरूको शुभारम्भ गरे, तिनैमा एउटा थियो सन्‌ 1780 मा प्रकाशित ‘बङ्गाल ग्याजेट’। बङ्गाल ग्याजेट भारतीय भाषामा प्रकाशित हुने पहिलो समाचार पत्र मानिन्छ। यसका सम्पादक थिए गङ्गाधर भट्टाचार्य। हिन्दीमा चैं कलकत्ताबाटै प्रकाशित भएको र पण्डित जुगलकिशोर शुल्कको सम्पादनमा रहेको ‘उदन्त मार्तण्ड (30 मे 1929)’ लाई हिन्दीको पहिलो समाचार पत्र मानिन्छ। असलमा यो साप्ताहिक पत्रिका थियो र यो प्रत्येक मङ्गलबार निस्किने गर्थ्यो। त्यतिखेर भाषा-साहित्यको मूल ठाउँ कलकत्ता नै थियो। यहाँबाट साप्ताहिक, मासिक जस्ता अरू पत्र-पत्रिकाहरू पनि प्रकाशित भएका हुन्‌  जसमा ‘प्रजामित्र मार्तण्ड, बङ्गदूत, समाचार सुधा दर्पण’ जस्ता पत्रिकाहरू पर्छन्‌। यी पत्र-पत्रिकाहरू धेरै वर्ष चलेर पछि बन्द भए।

उता मध्य भारतमा पत्रकारिताको क्षेत्रमा भारतेन्दु हरिश्चन्द्रको ठूलो योगदान रहेको देखिन्छ। केवल 34 वर्षको आयु पाएका यी साहित्यकारले 1868 मा ‘कवि वचन सुधा’, 1873 मा ‘हरिश्चन्द्र मेगाजिन’ अनि 1874 मा ‘बाल बोधिनी’ नामक पत्रिका प्रकाशित गरेका हुन्‌। 

भारतेन्दु पछि पत्र-पत्रिकाहरूको एउटा लहर चल्यो। बम्बई अर्थात्‌ मुम्बईबाट 1950 देखि धर्मवीर भारतीको सम्पादनमा ‘धर्मयुग’ (साप्ताहिक) प्रकाशित हुनथाल्यो। यो पत्रिका निकै वर्ष सुचारू रूपले चल्यो। यसकै हाराहरीमा 1950 मै ‘साप्ताहिक हिन्दुस्तान’ प्रकाशित हुन थाल्यो। यो पत्रिका लगातार 18 वर्ष चले पनि यसका सम्पादकहरू भने पटक पटक बदलिँदै गए। थालनीमा यसका सम्पादक थिए मुकुट बिहारी वर्मा, त्यसपछि बाँकेबिहारी भटनागर, गोविन्द प्रसाद केजरीवाल, रामानन्द दोषी, मनोहरश्याम जोशी, श्रीमती लीला झुनझुनवाला अनि अनामा राजेन्द्र अवस्थी यसका सम्पादक रहेका थिए। रघुवीर सहायको सम्पादनमा दिल्लीबाट 1965 मा साप्ताहिक ‘दिनमान’ प्रकाशित हुनथाल्यो। वस्तुतः यो राजनैतिक पत्रिका थियो र निकै वर्ष यो चल्यो।

लन्डनबाट प्रकाशित अंग्रेजी साप्ताहिक पत्रिका  एलेपेाळीीं 1943 बाट प्रकाशित हुन थालेको हो, जो आजसम्म चलिरहेको छ। 

भारतबाट प्रकाशित हुने नेपाली पत्रिकाहरूमा सबैभन्दा लामो बाटो छिचोल्ने पत्रिका सम्भवतः ‘उदय’ नै हो। 1934-35 छेक काशीबहादुर श्रेष्ठका सम्पादनमा यो मासिक पत्रिका बनारसबाट प्रकाशित हुन थालेको हो र बीच बीचमा बिसाएरै भए पनि अहिलेसम्म यो दुर्गा श्रेष्ठको सम्पादनमा प्रकाशित हुँदै आएको छ। आसामबाट प्रकाशित हुने मासिक पत्रिका ‘बिन्दु’ बीच बीचमा बिसाउँदै, खप्टिँदै, डब्लिँदै भए पनि के.बी. नेपालीको सम्पादनमा साठीकै दशकदेखि आजसम्म प्रकाशित हुँदै आएको छ र दार्जीलिङबाट प्रकाशित हुने ‘दियालो’ पनि यस्तै लामो अवधिको लहरमा पर्न जान्छ। तर यसरी प्रकाशित हुने पत्रिकाहरूमा धेरै जसो अविछिन्न रूपमा धेरै वर्ष टिक्न सकेका चैं देख्न पाइँदैन। 

एउटै प्रकाशन-संस्थान, एउटै सम्पादकका अधीनमा बाह्र वर्षसम्म श्रङ्‌खलावद्ध रूपमा लगातार सिलगढ़ीबाट प्रकाशित हुँदै आएको विचार प्रधान मासिक पत्रिका मध्यमार्ग भने भारतको सम्भवतः पहिलो नेपाली रंगीन पत्रिका हो। यसरी बाह्र वर्षसम्म लगातार अटुटरूपमा प्रकाशित भइ रहने कुनै पनि भारतीय पत्रिकालाई विश्वविद्यालय अनुदान आयोग (यु.जी.सी.)ले मान्यता दिने गर्छ। त्यो मान्यता पाउने नेपाली भाषाको यो पहिलो पत्रिका हो। यो, विचार-प्रधान वौद्धिक पत्रिका हुनाले यसमा विचारमूलक वौद्धिक रचनाहरू मात्र समावेश गरिन्छन्‌। 

उसो त नेपाली भाषी गोर्खाहरू पढ्‌नमा त्यति आग्रह देखाउँदैनन्‌ र पनि यो मध्यमार्गले लगातार बाह्र वर्षसम्म प्रकाशित हुँदै आएर पाठकमा बौद्धिक कलेवरको जग बसाउनु भनेको ठूलो उपलब्धि हो। किनभने, समय सधैँ एकैनासको हुँदैन। समय बित्तै जाँदा, अघि बढ्‌दै जाँदा बीच बीचमा थरी थरीका अड़काउहरू आइ लाग्छन्‌। व्यक्तिगत, पारिवारिक, सामाजिक, अार्थिक, राजनैतिक, भएन प्राकृतिक दुर्योगहरूले पनि कहिलेकाहीँ मुख बाएर देखा दिन्छन्‌। मध्यमार्गको प्रकाशन पनि यसको अपवाद छैन। गए वर्ष कोरोनाको महामारी पनि यसले सहनु परेकै हो। यो प्राकृतिक दुर्योग नै थियो। फेरि पनि मध्यमार्गले आफ्नो जीवन्त गतिशीलतालाई थामिन दिएन। यो गतिशील नै रह्यो, जसोतसो प्रकाशित भइरह्यो। 

कुनै पनि संघ-संस्थाहरूलाई चलाउनु, पत्र-पत्रिकाहरूलाई सुचारू रूपले प्रकाशित गर्नु, चलाउनु र अहर्निश गतिशील बनाइ राख्नका आड़मा ती पत्र-पत्रिकाहरूका सम्पादक, प्रकाशक, वितरक, सल्लाहकार र पाठकहरू नै कारक तत्वहरू हुन्‌ जसले ती पत्र-पत्रिकाहरूलाई जीवन्त तुल्याएका हुन्छन्‌। यसरी विचार्दा मध्यमार्गका सम्पादक खेम सापकोटा, संरक्षक/संस्थापक मीमलाल सापकोटा, प्रकाशिका माया सापकोटा, सम्पादक मण्डलीका अरू सदस्य वर्ग लगायत अरूको पनि प्रत्यक्ष-अप्रत्यक्ष धेरै-धेरै परिश्रम र योगदान रहेको स्पष्ट देखिन्छ। 

अाजको युग, कम्प्युटरको युग हो, इलेक्ट्रनिक मिडियाको, स्मार्ट टीबी र फोनहरूको युग हो। आजको पीँढ़ी धेर जसो यसैमा खेल्न, अल्झिन, रमाउन चाहन्छ र यी सरल साधनहरूले कागज-कलम र अक्षरलाई निकै ठूलो चुनौती र हाँक दिइरहेका छन्‌। यस्तो अल्झो आइ लागेको स्थितिमा पनि यो मध्यमार्ग बाह्र वर्षसम्म लगातार प्रकाशित भइ रहन सक्षम हुनुको पछि यसमा समावेश गरिँदै आएका ती विविध ज्ञानवर्धक र शोधपरक रचनाहरू नै हुन्‌ जसका सर्जकहरूलाई श्रेय दिनै पर्ने हुन्छ। अन्तमा भन्नुपर्दा, यस भेकबाट अविच्छिन्न बाह्र वर्षसम्म प्रकाशित हुन सक्षम  भएको सम्भवतः यही एउटा रंगीन नेपाली मासिक पत्रिका मध्यमार्ग नै हो भन्दै आजलाई यतिमै बिट मारें।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ