गत वर्ष संसदीय समिति र अधिकारीहरूले सरकारलाई अक्सिजनको उत्पादन बढ़ाउने सुझाव दिएको थियो। संसदको एक स्थायी समितिले कोरोनाभाइरसको दोस्रो लहर आउन केही महिना अघि सरकारलाई देशमा अक्सिजनको उत्पादन र अस्पतालहरूमा पलङहरूको सङ्ख्या बढ़ाउने सुझाव दिएको थियो। स्वास्थ्य सम्बन्धी स्थायी समितिले गत वर्षर् नोभेम्बर महिनामा आफ्नो रिपोर्टमा पहल गर्दै राष्ट्रिय औषधी मूल्य प्राधिकरणलाई अक्सिजन सिलिण्डरको मूल्य निर्धारण गर्न आवष्यक रहेको र सुलभ मूल्यमा यसको उपलब्धता सुनिश्चित गराउन भनिएको थियो।
यस समितिका अध्यक्ष समाजवादी पार्टीका वरिष्ठ नेता रामगोपाल यादव छन् भने भाजपाको 16 सदस्य सामेल रहेका छन्। अस्पतालहरूमा पलङहरू र भेन्टिलेटरहरूको कमि रहेको हुनाले यस महामारीमाथि अंकुश लगाउने प्रयासमा असर परेको पनि समितिले भनेको थियो। यो समितिले कड़ाइपूर्वक नेशनल फार्मास्युटिकल प्राइसिङ अथोरिटीलाई अक्सिजन सिलिण्डरको मूल्य नियन्त्रण गर्नलाई पहल गर्न र सबैलाई सजिलैसित उपलब्ध हुन सकोस् भनेर समितिले कडाइपूर्वक निर्देष दिएको थियो। सरकारलाई अक्सिजनको उत्पादन क्षमता बढ़ाउन साथै अस्पतालहरूको माग पुरा गर्नको निम्ति पनि समितिले भनेको थियो। यति मात्र होइन अक्सिजनको कमिलाई लिएर गत वर्ष महामारीको शुरुआतमा नै अधिकारीहरूले सरकारलाई अवगत गराएको थियो।