चम्पासरी नेपाली साहित्य परिषद

  • 2021-09-20 11:59:21

गत दिनांक 9 अप्रेल 2021 को दिन चम्पासरी नेपाली साहित्य परिषद्‌ले आफ्नो 11 औं स्थापना दिवस साथै परिषद्‌का संस्थापक साथै नेपाली साहित्यका वरिष्ठ नाटकका लेखक कवि स्व.लक्ष्मण श्रीमलको दोस्रो पुण्यतिथि स्थानीय बाबुबासामा परिषदकी अध्यक्षा श्रीमती सुष्मा मोक्तानको अध्यक्षतामा कोरोना काल अनि चुनावी माहोललाई मध्यनजर राख्दै एउटा साधारण कार्यक्रम बीच मनायो। कार्यक्रमको थालनी परिषद्‌का संस्थापक स्वर्गीय लक्ष्मण श्रीमलको तस्बिरमा धूप दीप सहित परिषदका पदाधिकारी साथै कार्यकारी सदस्य वर्गको बाहुलीबाट खदा एवं पुष्प अर्पण गरियो। यसपछि उपस्थित सबैले चम्पासरी नेपाली साहित्य परिषद्‌को स्थापना कालदेखि आजसम्म परिषद्‌ले गर्न सकेका कार्यक्रम, यसको सार्थकता अनि आज सम्मको अवधिमा परिषदले सम्मुखिन हुन परेका कठिनाइहरुलाई स्मरण गर्दै यसबाट भविष्यमा परिषद्‌ले लिनपर्ने पदक्षेप बारे सविस्तार चर्चा गरे। साथै परिषद्‌का संस्थापक स्वर्गीय लक्ष्मण श्रीमलज्युलाई सबैले भावभिनी श्रद्धाञ्जली अर्पण गर्दै परिषद प्रति वहाँको योगदान साथै सबैसित वहाँले राख्नुभएको सुमधुर सम्पर्क अनि सबैप्रति वहाँले दर्शाउनु भएको प्रेमभाव प्रति सबै आत्मविभोर रहेको भन्दै सबैले आ-आफ्नो मन्तव्य राखे। यस सभामा क्रमैले परिषद की अध्यक्षा श्रीमती सुष्मा मोक्तान, सचिव श्रीमती लीला छेत्री, सह सचिव देवराज ब्राह्मण, कार्यकारी सदस्याद्वय श्रीमती निर्मला न्यौपाने, श्रीमती रत्ना चम्लागांई साथै नव सदस्य दिवाकर शर्मा लगायत कोषाध्यक्ष सञ्जीव श्रीमल उपस्थित थिए।

अन्य लेखहरू

खेला भयो
  • 2021-09-21 09:31:42