आध्यात्मिक चिन्तन

  • 2021-10-12 16:24:30

हिंसा महापाप हो। आस्तिक हामीहरूले पाप या अधर्म नगरौं।

मायाको प्रवाहको विरूद्ध दिशा भक्ति मार्ग हो। यो विश्व ब्रह्माण्डमा मिथ्या मायाले नछोएको कोही अनि केहि छैन।कुनै पनि भेष र आश्रमका धर्मी कहलाइएकाहरू पनि लोभ-लालच, लोकमर्यादा, मान-प्रतिष्ठा, कर्मकाण्ड, मिथ्या ज्ञानको अभिमान इत्यादिको कारण संसारिक छल-कपटबाट ठगिएका हुन्छन्‌। त्यसकारण, आफ्नो स्थितिलाई इमानको साथ आफैले निहारी, बाटो बिरेको भए, सोझो बाटो खोजी, रोजेर तत्कालै प्रस्थान गर्नुपर्छ। यो प्रकृयाको अर्को नाम  ‘प्रायश्चित’ हो। मुखाँ मायाको स्वाद लागेकाहरू आफ्नो गुण, अङ्ग अनि इन्द्रियका सत्तामा हुन्छन्‌। यी सुन्दरसाथको समुहमा टिक्नु सक्दैनन्‌। प्रभु परमात्मा श्री राजजीमा समर्पित अनन्य भक्त सुन्दरसाथ श्री राजजीको आदेशको सत्तासीन हुन्छन्‌, त्यसकारण, उनिहरुले आफ्नो गुण, अङ्ग अनि इन्द्रिय माथि बिजय प्राप्त गरी, ती काबुमा रहन्छन्‌।

मायाको नशा, काम, क्रोध, लोभ, मोह अनि अहंकार, स्वार्थ आदिमा डुबेको मानव सत्य धर्मोपदेशको बहिरा

हुन्छ। ज्ञानोपदेश ग्रहण गर्नुको निम्ति पात्रता चाहिन्छ। आफ्नो स्थिति निहारौं। मैले हजूरहरू सँग बर्षौदेखि आध्यात्मिक चिन्तन गर्दैआएको छु। यी वचन कतिले अधिक, कतिले कम लिनु भयो हो अनि कतिले टुक्राउनु भयो होला। एक अनिश्चित दिन देह त्याग्नै पर्छ। त्यस पछि आत्माको बेहाल होला अनि अजर अमर आत्माले अनन्त दण्ड खप्नुपर्ला है हजूर होशियार!

हाम्रो अजर अमर आत्माको एउटै अखण्ड मोक्षदाता अनन्त अविनाशी अक्षरातीत परब्रह्म पूर्णब्रह्म श्री कृष्ण-कन्हैया प्रभु परमात्मा श्री राजजी होइबक्सन्छ। श्री राजजीको श्री कोमल चरण शरण प्राप्तीको निम्ति एउटै ज्ञान, श्री दिब्य तारतम आत्मा जागृत ज्ञान प्रकाश हो। यो अद्वितीय दिब्य आत्मा जागृत ज्ञान श्री कृष्ण प्रणामी विश्व धर्मग्रन्थ ‘श्री स्वरूप साहेब’-मा पाइन्छ। प्रणाम।

अन्य लेखहरू

खेला भयो
  • 2021-10-12 16:10:47