सिनकौली/ तेजपत्ता

  • 2021-10-14 17:32:09

विभिन्न रोग निवारणमा यसको महत्वको जानकारी

- जे.बी. मंग्राती

ने- सिनकौली/तेजपत्ता, व.हि. तेजपत्ता Borany- Cinnamonum Jamala तेजपत्ता हाम्रो पहाड़तिर पनि पाइन्थ्यो अनि यसलाई हामी सिनकौली भनथ्यौं तर हिज आज मसाला वालाले नै यसलाई दोकानमा बेच्छन्‌ तेजपत्ताको नामले। अब त नेपाली जगतमा सिनकौली भन्यो भने हाम्रा नेपालीहरू अल्ल-मल्ल पर्लान, भन्ने माथि हाँसलान्‌ सिनकौली भनेको बुझ्दैनन्‌ ‘तेजपत्ता’ नै बुझ्छन्‌। गुर्जो भन्दा नचिन्ने ‘गिलोय’ भन्दा चिन्ने, अलिक दिन पछि मकैभन्दा नचिन्ने भुट्टा मात्र चिन्ने हुन्छन्‌ होला हाम्रो  नेपाली भाषीहरू किन  भने पहाड़मा मकै लाउन छोड़े धेरै ठाउँ। ‘मकै’ बेट्‌ने छैनन्‌ ‘भुट्टा’ बेट्‌ने मात्रै त देखा पर्ला। पोखरियाबोङ बजारमा डुकु र मुला नपाएर तलकै ‘राई सागेर डोगा’ र सेतो मुला खान किन्न परिरहे जस्तै।

पहाड़मा दुई किसिमको सिनकौली पाइन्थ्यो। नागरीको भालुखोप जंगल, धनवीर सरदारको अलैचीबारी, चितूफूले जंगलमा। यसो भन्नुको मतलब यस्तै प्रकारको जलवायु भएको पहाड़को अरू हिस्सामा पनि सिनकौली पाइन्थ्यो होला। पहाड़मा पाइने एक थरी पतला, लाम्चो 2 इञ्च-2.5 इञ्चसम्म लामो, अर्को जात ठूलो पात, चिल्लो 4-5 इञ्च लामो अझ पनि वन जंगल, घाँस दाउरा अरू कामले वन-जंगल जानेहरूले यी दुई जात सिनकौली भेटे अवश्य जोगाड़ गर्ने र फैलाउने काम गर्नु होला।

सिनकोली हामी मसालामा व्यवहार गर्छौं तर यो कति असुख-बिसुख, बिमारीमा औषधिको काममा पनि आउँछ। यही जानकारी दिलाउन मेरो सानो प्रयास- 

तेजपत्ताको रूख बोक्रा पेटको बिमार, गनोरिया पखालो चल्नु, खाएको वस्तु नपच्नु, लिभरको बिमार, मुत्रच्छता (पिसाब सहज नहुनु, जल गर्दा पनि पिसाब पूरा खाली नहुनु) जस्तो रोगमा तेजपत्ताको बोक्राको धुटो? कटौरा पानीमा भक्‌भक्‌ अमालेर बिहान बेलुकी खानाले रोग मुक्त हुन्छ। घरिघरि तिर्खा लाग्ने बिमारमा 5-8 पत्ता चार कप पानीमा पकाएर जब आधा हुन्छ त्यसबेला उतारेर पानी चालेर राख्नु अनि तिर्खा लागे पनि नलागे पनि दिनमा 3-4 पटक केही दिनसम्म खाए तिर्खा लाग्ने बिमार जाती हुन्छ (विकल्प-अशोक रूखको बोक्रा)

पिशाबमा रगत जाने रोग भए 5-6 ग्राम तेजपत्ता राम्ररी कुटेर दुइ कप पानीमा 10-12 घण्टा भिजाएर राख्नु अनि बिहान बेेलुकी दिनमा 2 बार 2-3 हप्तासम्म खाए रोग निको हुन्छ। निक्कै साह्रो अवस्था भए 2-3 घण्टामा एक पटक खानु पर्छ।

 बेसी गीत गाएर होस्‌ अथवा बेसी भाषण छाटेर कसैको स्वर भासियो भने 5-6 ग्राम तेजपत्ता कुटेर 3-4 कप पानीमा उमालेर, चालेर दिनमा 3-4 बार खाए जाती हुन्छ (विकल्प-जेठी मधु) अदुवा गरम गरेर चाल्नु)

उमेर अनुसार कसैकसैको स्मरण शक्ति ह्रास हुँदै जान्छ यस्तो अवस्थामा 5-6 वटा तेजपत्ता कुटेर 4 कप पानीमा उमाल्नु आधा रहेपछि उतारेर बिहान बेलुकी खानु 10-12 दिन वा जाती नभएसम्म अर्थात 25-30 दिन पनि खानु पर्छ।

तेजपत्ता लेख्नुको विशेष उद्देश्य नै हात गोड़ा दुख्नेहरूको लागि थियो तर अरू वर्णन भएछ। हात गोड़ दुख्ने, जोड्‌नी दुख्नेहरूले 4-5 वटा तेजपत्ता 4-5 कप पानीमा उमाल्नु अनि आधा रहेपछि उतार्नु र यो दिनमा दुई पटक खानु। एकपल्ट खाएर चट्ट जाती हुने कुरा होइन, कम से कम एक डेड़ महिना खाइ प्रयोजन भए अझै बेसी दिन पनि।

यस बाहेक फेरि बाहिरी बिमारमा पनि यो प्रयोग हुन्छ- आँखा रातो भए (जयबङ्गला जस्तो) 2 पात तेजपत्ता गरम पानीमा घुएर आधा/ 2 पावा कप पानीमा 8-10 घण्टा भिजाएर राख्नु अनि सफा कपड़ामा चालेर आँखामा 4-5 दिन लाउनाले ठीक हुन्छ (विकल्प आफ्नै पिसाब, हात्ती सूड़े-हस्तिनीको पात इत्यादि)। गिजा फुलिएकोमा तेजपत्ताको धुलोले  दाँत माझ्नाले जाती हुन्छ (विकल्प-अम्बकको पात, दूधे झार Euphoria Hirta

शरिरमा जहिले पनि नराम्रो गन्ध आउँछ, यस्तो अवस्थामा तेजपत्ताको लेप लगाए गन्ध आउन बन्ध हुन्छ। बेसी पसिना आउनेहरूले बिहान एकपल्ट तेजपत्ताको झोल शरीरमा लाए पसिना आउनु कम हुन्छ।

टनटन दुख्ने पिलो शरीरमा आए तेजपत्ता पिसेर लगाउनु सँञ्चो हुन्छ (विकल्प-गोल पत्ताको लेप)।

विशेष बाथको बिमारीहरू जस्तो जोड्‌नी दुखेर थला परेका छन्‌ अथवा पर्न आटेका छन्‌ उनीहरू झट्ट आराम पाउनुको निम्ति Sterod लिने गर्छन्‌ त पछि हड्डी नै कुहाई पठाएर राम्रै थलो पर्छन्‌-ओछ्‌यानमै पिना, ओच्यानमा मै झाड़ा-पिसाब गर्ने भई ओछ्‌यानमै खाना अनन्तको बाटो लाग्छन्‌। त्यसो नगर्नुस्‌ - के कारण बुझ्नु होस्‌, के खादा बेेसी हुन्छ अथवा जाती भएको पनि बलझिन्छ आफै याद राख्नुहोस्‌- धैर्य राख्नुहोस्‌- लाकुरीको बोक्रा आबोकाड़ोको पात, पारीजातको पात, तेजपत्ता, दालचिनी, अपराजिताको पात कुनै जान्नेलाई सोधेर सेवन गर्नुहोस्‌। मुख बार्नु, रातो मासु खाँदै नखानु, टमटर, दाल जातीय वस्तु, बदाम चाना नखानु- हरियो साँग-पात, फल-फूलमा जोर दिनु। साँगमध्ये पालाङ डळिपरलह नखानु, रोग निवारण हुन सक्छ, खुशीयाली फर्कन्छ परिवारमा।

अन्य लेखहरू

खेला भयो
  • 2021-10-12 16:10:47