महामारीको महागाथा विभिन्न सालको विभिन्न महामारीको ऐतिहासिक जानकारी

  • 2021-10-14 10:47:19

- लोकनाथ उपाध्याय चापागार्इं

इतिहासलाई केलाउँदै, निफन्दै, छिन्किँदै जाँदा विश्वमा आएका महामारीहरूको एउटा लामो श्रृंखला देखिन्छ। आजसम्म पत्तो लागे अनुसार पहिलो महामारी ‘प्लेग’ बाट फैलिएको तथ्य भेटिन्छ। यो महामारी बाइजांटिनको राजधानीमा सन्‌ 542 -मा फैलिएको थियो र यसले त्यतिखेर पनि करोड़ौं मानिस मारेको थियो। यसको 800 वर्षपछि 1347 मा यो प्लेग फेरि युरोपमा उछ्रियो र त्यतिखेर पनि यसले लाखौं मानिसलाई आफ्नो गाँस बनायो।

यसपछि 14औं शताब्दीमा चीनमा मौलिएका मुसाले प्लेगको महामारी बोकेर ठूला ठूला नौकामा संसार चहारेर आधि दुनियाँमा यो रोग फिंजाए र त्यस रोगको ग्रास भएर करोड़ौं मानिस मरेको इतिहास छ। 

शोधकर्ताहरूले एउटा अचम्मको तथ्य प्रस्तुत गरेका छन्‌। कतिपय शोधकर्ताहरूको भनाई अनुसार यस्तो विश्वव्यापी महामारी प्रत्येक सय सय वर्षमा फैलिने गर्छ, तर कतिपयले यसलाई संयोग पनि भन्ने गर्छन्‌। तथ्य अनुसार पहिलो वैश्विक महामारी सन्‌ 1720 -मा फैलिएको थियो। त्यसपछि 1820 मा, अनि त्यसपठि 1920 -मा र अहिले 2020 मा यो कोरोना महामारीले विश्वको जम्मै तानाबाना बिथोल्यो र लाखौं मानिसलाई यसले ग्रास बनायो।

स्वाथ्य विशेषज्ञहरूले यस्ता महामारीलाई दुइ भाग लगाएका छन्‌ र तिनको अलग-अलग नाम राखिएको छ। एउटै देशभित्र फैलिएको महामारीलाई Epidemic र विश्वव्यापी भएर फैलिएको महामारीलाई Pandemic  भनेर छुट्याइएको छ। विश्व स्वास्थ्य सङ्‌गठनले (थहे) कोरोना महामारीलाई झरपवशाळल भनेर दऱ्याएको छ।

सन्‌ 1915 देखि लिएर 1926 सम्ममा एंसिफेलाइटिस लेथार्गिन (Emcephalitis Lethargin) भन्ने महामारीले एकताक संसारलाई नै सन्त्रासमा पारेर यसले लाखौंलाई राइफाँड़ो पारेको थियो। पछि मुस्किलले यसलाई साम्य पारिएको थियो भन्ने इतिहास त छँदै छ। यतिमात्र होइन, यसै अवधिमा सन्‌ 1918-20 -मा अर्को महामारी पनि थपियो। स्पेनिश फ्लु (Shanish Flu) नाउँ गरेको यो महामारी पहिलो विश्वयुद्धले ल्याएको हो भन्ने धेरै विद्वानहरूको भनाई छ। याद रहोस्‌, पहिलो विश्वयुद्ध 1914 देखि 1918 भित्र भएको थियो र यसका चेपारामा त्यतिखेर धेरै युद्धमा होमिएका सैनिकहरू पनि परेका थिए भन्ने कुरो पनि कुनै कुनै इतिहासहरू भन्ने गर्छन्‌।

यसै अवधिमै 1917 -मा अर्को एउटा महामारी पनि खप्टिएको थियो। ‘बिब्रियो कलेश’ नाउँ गरेको यस महामारीले पनि पूरै एशिया महाद्वीपलाई त्राहिमाम्‌ त्राहिमाम्‌्‌ पारेको थियो। यो महामारी एशियादेखि बाहिर भने गएन।

अर्को एउटा महामारी 1968 मा फैलिएको थियो, यो महामारी ‘प्लु एफ्लुएन्जा’ नाउँले परिचित थियो र चिकित्सकहरूले यसलाई Flu Pandemic भन्ने गरेका थिए। यसको मूल स्रोत हंककंग थियो यो एशियामा फैलियो र यसले लाखौं मानिसलाई सोतर पारेको थियो।

माई, दादुरा, हैजा जस्ता महामारीका बारेमा त हामीलाई केही न केही थाहै छ, तर 1974 मा भने यस महामारीले भारतमा उग्र रूप लिएको थियो। पछि WHOका सहायताले 1977 मा यसलाई रोकथाम गर्न भारत सफल भयो। फेरि पनि, यसको मेहरो त थामियो तर निमिट्यान्न भएर यो मासिएन। निकै पछि गएर यो बिस्तारो बिस्तारो हराउँदै गयो।

सत्र वर्ष पछि 1994 -मा गुजराजको सुरतमा अचानक प्लेगको महामारी फैलियो, जसलाई Plague of  Surat नाम दिइयो। एकचोटि यस महामारीले सुरतका हजारौं मानिसलाई आप्नो ग्रास बनाए पनि यो महामारी अन्त धेरै ठाउँ फिँजिन भने पाएन र यो पछि त्यहीं नै साम्य भयो।

2002-2004 मा ‘सास’ भन्ने अर्को एउटा महामारी फैलियो। यसलाई SARS Cov भन्ने नाम दिइयो। यो सार्सको अर्थ ‘गम्भीर तीव्र श्वसन सिंड्रोम’ अर्थात डशीर्ळेीी अर्लीींश ठशीळिीरींळेप डूपवीेा भन्ने हुन्छ। यसको मुख्य लक्षण सास लिनमा अचानक बाधा आइलाग्नु थियो। 

2006 -मा डेंगू र टिकनगुनिया (Dengue/ Chikungunya) को महामारी फैलियो। यो महामारी दिल्ली, मुम्बई जस्ता ठूला-ठूला शहरमा फैलियो तर यो गाउँतिर हानिएन। यसको वाहक एक प्रजातिको मच्छरलाई मानियो जो संग्लो पानीमा धेर फैलिन्छ। अहिले पनि यो जरैैदेखि भने मासिएको छैन।

2009 -मा गुजरातमा हेपेटाइटिस (कशरिींळींळी) नाउँ गरेको अर्को एउटा महामारी फैलिएको थियो। यसको कारण पत्तो लाउँदै जाँदा विशेषज्ञहरूले एउटा डर लाग्दो तथ्य फेला पारेका थिए जसलाई भरसक ढाकछोप गरेरै राखियो। यो महामारी त्यहाँ फैलिनुमा डाक्टरहरूले एउटै सिरिंज (डूीळपसश) धेरै रोगीहरूलाई बारबार प्रयोग गर्नुले नै त्यसरी फैलिएको हो भन्ने निष्कर्षमा उनीहरू पुगेका थिए।

पहेंले, पीलिया, जण्डिस (गर्रीपवळलश) जस्तो रोग र यो रोगका यी शब्दहरूसँग त हामी परिचित नै छौं र अचेल धेर जसो हामी यसलाई जण्डिस नै भन्ने गर्छौं। उसो त यो रोग अरू संक्रामक महामारी झैं फैलिने रोग पनि होइन। विशेषज्ञहरूको भनाइ अनुसार यो रोग शिशु जन्मिएका तीन दिनपछि नै देखा पर्छ र पछि यो निको पनि हुन्छ। यसको समवाण औषधी हो आमाको दुध, यो रोगको पहिलो लक्ष्ण हो रगतको कमी। यसले गदर पूरै शरीर पहेंलो हुन्छ। यस रोगले आक्रान्त भएको मानिसको त मलमूत्र धरि पहेंलो हुन्छ। यहाँसम्म कि नङ र आँखा पनि पहेंला हुन्छन्‌। यो त्यसरी अरू महामारी झैं फैलिने रोग नभए पनि 2014 -15 -मा यो जण्डिस फैलिएर उड़िसामा हाहाकार मच्चिएको थियो।

2017 -मा एंसेफ्लाइटिस एपलशहिरश्रळींशी नाउँको महामारीको प्रकोपले उत्तर प्रदेश र बिहारका धेरै ठाउँहरूलाई नराम्रो गरी एकचोटि हल्लायो तर यसलाई साम्य पार्न डाक्टरहरू सफल भए। यो महामारी अरू  राज्यहरूमा फैलिन पाएन र पछि यो महामारीको चर्चा पनि हराउँदै गयो।

2018 मा फेरि अर्को महामारी आयो निकास भाइरस (Nikah Virus) त्यतिखेर केरलका जनतालाई यसले थुरथर पारेकै हो र अकालमै धेरैलाई स्वर्गेवासी बनाएको हो। यो भाइरस चमेराबाट फैलिएको हो भन्ने धेरैको मत रहेको थियो। हाम्रा छेउछाउ हुने कतिपय जीवजन्तु र पशुपक्षीहरूले यस्ता रोगहरू फैल्याउँछन्‌ भन्ने किटान गरिएको छ। कुकुर, बिराला, मुसा, चमेरा, झिंगा, मच्छर आधि रोगका बाहक हुन्‌ भन्ने गरिएको भए तापनि स्वथ्य कुकुर-बिरालामा भाइरसहरू प्रायः हुँदैनन्‌ नै।

सन्‌ 2019 को आखिरीमा अर्को महामारी आयो कोरोनाको, जसलाई वैज्ञानिक नाम दिइयो कोभिड-19, थालनीमा यो त्यति न फैलिए पनि पछि एक, तीन, नौ, सत्ताइस, एकासी संख्यामा दरले यो फिजिँदै गयो र लाखौंलाई यस कोरोना भाइरसले सोत्त्याम्म पाऱ्यो र दुनियाँमा हाहाकार मच्चायो। भारतमा यसको रोकथामका लागि धेरै थरीका प्रयासहरू (तिनको उल्लेख यहाँ गरिरहनु परेन) गरिए र यो बिस्तारो बिस्तारो थामिदै गएको थियो, फेरि अर्को लहर आयो। शाहिनबाग आन्दोलन, किसान आन्दोलन, धरना, प्रदर्शन, चुनाउको भेला, कुम्भको मेला आधि इत्यादिले गर्दा पनि भारतमा यसले जताततै फिँजिने औसर पायो। पहिलेको लहरमा सास खोकी, रूगा, ज्वरो जस्ता हासमिस लक्षण देखिन्थे भने यो दोस्रो लहरले त मानिसको सासै रोकिने अवस्थामा पुऱ्यायो र भारतका नामी दामी अस्पतालमा पनि अक्सिजनका सिलिण्डर र भेक्सिन न पुगेर जनता त्राही त्राही भए। मास्क लगाउँ, सामाजिक दूरत्व कायम राखौं यस बाहेक अरू कुनै निस्तार छैन भन्दै आजलाई यति नै।


 

सन्‌ महामारीको नाम संक्रमणको शुरुवाती ठाउँ

542 प्लेग महामारी बाइजान्टिन

1347 दोस्रो प्लेग महामारी युरोप

1915 ऐंसिफेलाइटिस युरोप

1917 बिब्रियो क्लेश एशिया महादीप

1918 स्पेनिश फ्लू युरोप

1968 ब्लु एक्लुएन्जा हंककंग

1974 माइ, दादुरा, हैजा भारत

1994 तेस्रो प्लेग भारतको गुजरात

2002 सास भारतको गुजरात

2006 डेंगू र टिकन गुनिया भारत

2009 हेपेटाइटिस गुजरात

2016 ऐंसेफलाइटिस गुजरात

2019 कोभिड-19 चीन

अन्य लेखहरू

खेला भयो
  • 2021-10-12 16:10:47