मुख्यमन्त्री गोलेको गरीबवादी विचारधारा सिक्किम क्रान्तिकारी मोर्चाको गरीब जन कल्याण प्रकोष्ठ

  • 2021-08-03 16:05:50

मध्यमार्ग प्रतिनिधि

हाम्रो समाजमा अभावग्रस्त मानिसहरू/परिवारहरूको ठूलो जमात छ। यस्ता वर्गको पहुँच सोझै सरकारसँग हुन कतिपय अज्ञानतावश असम्भव हुनेगर्छ। यस तप्काका मानिसहरूबीच सरकार सोझै पुग्नुपर्छ अनि उनीहरूको अभावग्रस्त जीवनमा खुशहाली ल्याउनुपर्छ भन्ने वृहत सोेच र भावना मुख्यमन्त्री पी.एस. गोलेको रहिआएको छ। यसैको फलस्वरूप उनकै नेतृत्व अनि दिशा निर्देशमा सत्तारूढ़ सिक्किम क्रान्तिकारी मोर्चामा ‘‘गरीब जनकल्याण प्रकोष्ठको उदगमन भयो।’’

साधारणत यस किसीमको भातृ संगठन सिक्किमका कुनै राजनैतिक दलमा आजसम्म देखिएन जसले गरीब, अभावग्रस्त अनि असहायहरूको मदत विभिन्न तरिकाले गर्ने गर्दछ। तर मुख्यमन्त्री गोलेले समाजका यस तप्काका परिवारहरूले  कुनै अभाव र रिक्ततामा बाँच्नु हुँदैन भन्ने उच्च भावना राखेर आफ्नो पार्टीभित्रै ‘‘गरीब जनकल्याण प्रकोष्ठ’’ नामक एउटा भातृ संगठनलाई जन्म दिए अनि सोझै निम्न वर्गलाई आफ्नो कल्याणकारी योजनाहरूमा समावेश गरे। 

यसै सिलसिलामा ता. 28 मार्च 2021 को दिन मुख्यमन्त्रीको पश्चिम जिल्ला भ्रमणावधिमा प्रकोष्ठका मुख्य संयोजक मनोज लामा अनि उनको दलले योक्शामका वरिष्ठ नागरिक लगायत अन्य अभावग्रस्त व्यक्तिहरूलाई चश्मा प्रदान गरे। यसअघि प्रकोष्ठकै तत्वावधानमा यी रोगीहरूको आँखा जाँच गरिने काम भइसकेको थियो। 

यसरी नै कोरोनाकालमा गरीब जनकल्याण प्रकोष्ठ राज्यभरि अतिनै सक्रिय देखियो। नाम्ची अस्पतालमा आफ्नो अलग्गै सूचना केन्द्रको स्थापना गरेर प्रकोष्ठले अनेक रोगीहरूलाई सही उपचार र निःशुल्क दवाई आदीको व्यवस्था गरेको थियो। यसबाहेक प्रकोष्ठले सिलाई-बुनाई अनि अन्य विधाका तालिमहरू महिला अनि सबै योग्य व्यक्तिहरूलाई प्रदान गर्ने जमर्को गरेको छ। 

 

यसबाहेक गरीब जनकल्याण प्रकोष्ठले राज्यभरि मोबाइल एम्बुलेन्स पनि संचालन गरिरहेको छ। 

 

अन्य लेखहरू

खेला भयो
  • 2021-07-31 19:33:02