दाण्डी मार्च अनि गोलेको राष्ट्रप्रेम

  • 2024-03-24 05:22:10
==>

किरण छेत्री

अंग्रेज शासनले स्वतन्त्रता पूर्व भारतमा उत्पादित नूनमाथि भारतीयहरूलाई कर लगाएको विरुद्ध महात्मा गाँधीले दान्डी यात्रा गुजरातदेखि शुरू गरेका थिए। यो नमक आन्दोलनमा भारतका सबै प्रान्तका मानिसहरूले गाँधीजीलाई साथ दिएका थिए। 

गुजरात राज्य अनि केन्द्र सरकारले उक्त आन्दोलनलाई जीवन्त अनि युवाहरूलाई प्रेरणा दिने हेतुले यसवर्ष आजादीका अमृत महोत्सव दान्डी मार्च आयोजन गरेको थियो। 

सिक्किमका मुख्यमन्त्री पीएस गोलेले पनि उक्त दान्डी मार्चमा विशेष रूपले भाग लिएको हुँदा गुुजरातका स्थानीय जनताले अतिनै हर्ष प्रकट गरेका थिए। दमन टापूदेखि शुरू भएर 12 माईलको लामो पैदल यात्रा गर्दै मुख्यमन्त्री गोले अनि सिक्किमका 150 सदस्यीय टोलिले नवसारीमा पुगेर समापन समारोहमा भाग लिए। 

सिक्किमे विद्यार्थी पत्रकार अनि युवावर्गले प्रथम पटक यस किसीमको राष्ट्रवादी कार्यक्रममा भाग लिएका थिए। मुख्यमन्त्री गोलेको यो सोच थियो कि सिक्किमका नागरिकहरूलाई पनि देशको यस्ता राष्ट्रवादी कार्यक्रमहरूमा भाग लिने मौका दिनुपर्छ। यसले गर्दा उनीहरूको राष्ट्रप्रेम अनि राष्ट्रभक्ति बड़ेर जान्छ।

सिक्किमका विद्यार्थीहरूमा राष्ट्रवादको भावना बड़ोस्‌ अनि भविष्यमा उनीहरूको दृष्टीकण फाँटिलो बनेर राज्यदेखि राष्ट्रसम्कै विचार मञ्चन गर्ने हुन भन्ने मुख्यमन्त्रीको उद्देश्य थियो। 

यसप्रति सिक्किमे विद्यार्थीहरू पी.एस. गोलेप्रति आभारी बन्दै भविष्यमा यस्ता राष्ट्रीय कार्यक्रमहरूमा झुण्डझुण्ड गर्दै सबै विद्यार्थीहरूले मौला पाउन बन्ने अपेक्षा साँचेका छन्‌।  

श्री गोले सिक्किमका प्रथम मुख्यमन्त्री हुन्‌ जसको राष्ट्रवादी भावनाको देशका प्रधानमन्त्री, उप राष्ट्रपति, गुजरात अनि अन्य प्रदेशका मुख्यमन्त्रीहरूले मुग्ध कण्ठले प्रशंसा गरे। 

ааЁаҐЌаЇ аІаҐаа№ааҐ

खेला भयो
  • 2024-03-23 07:50:10