जीवनमा पैंचो तिराई

  • 2024-03-28 23:01:36
==>

पैंचो भन्ने शब्द गाउँ घरतिर अझै पनि चलन छ कसैको घरमा खानेतेल सकिएको छ भने दोकान पाट टाड़ो हुन्थ्यो भनेको बेला पैसा हुँदैन थियो त्यसैले अर्को घरबाट 2 अमल तेल दिनु भन्दै गाउँ घरका मानिसहरू त्यसरी औंलीले बोतलमा नापेर 2 औंली तेल दिन्थे लिँदा पनि त्यसरी लिन्थे। प्रायः सबै चिज त्यसरी पैंचो लिने अनि दिने गरेर आफ्नो खाँचो टार्ने गरिन्थ्यो। यसै सन्दर्भमा हामी मानव जातिको सृष्टि पनि पैंचो तिराई नै हो जस्तो मलाई लाग्छ। 


किनभने बाबा-आमाले जन्मदिए, खुवाई-पियाई दिसा-पिसाब सोहोरेर हुर्काए बड़ाए त्यसपछि कामकाजतिर लागेपछि त्यही छोरा-छोरीहरूको बिहे गर्छन् नाता-नातिनाहरू हुन्छन् आफू बुड़ो होइन्छ त्यसपछि उमेर पनि उल्टा गन्ति शुरू हुन्छ हात-खुट्टा चल्न छोड़छ खान रूच्दैन दाँत फुक्लिन्छ साह्रो कुरो चपाउन हुँदैन विमारी पनि होइन्छ नाना थरी विमारले चाप्न थाल्छ तब ती छोरा, बुहारी, छोरी, नाता-नातिनाहरूले  ती बाबा-आमाको स्याहार सुसार गर्छन् ताकि त्यो पहिलाको पैंचो तिराई नै हो। त्यसलाई हामी हाम्रो कर्तव्य हो भन्छौ। कतिका बाजे-बोज्यूहरू हुन्छन् कि नाता-नातिनालाई हेरचाह गर्न झिँजो मान्छन् भन्छन्-आफ्नो त बल्ल बल्ल हुर्काएर ठूल्ठूला बनाइयो अब त नानीहरू हेर्न त साह्रै झिँजो हुन्छ भनेर कतिका बाजे बोज्यूहरूले ती नाता-नातिनाहरूको ख्यालै गर्दैनन्। जब त्यो नानी ठूलो हुन्छ अनि चेब्रे पार्ने गर्छन्, ए नानी आइज न कहिल्यै आउँदैन त? भन्दै गरेको सुनिन्छ। तर कुरो यसो हो सानैदेखि त्यो नानीलाई स्याहार सुसार गरेको भए ठूलो हुँदा पनि त्यो नानीले सोच्छ कि मलाई बाजे-बोज्यूले धेरै माया गर्नुहुन्थ्यो स्याहार गर्नु हुन्थ्यो केही ल्याएर दिनुहुन्थ्यो भन्छन् ति नानीहरू। बाजे बोज्यू अशक्त हुँदा ती नाता नातिनाहकुराहरू हाम्रो जीवनमा आइपरेको हुन्छ। जस्तै गाउँघरमा विहे बटुल, मरौं, पुजा यी सबैमा जाने काम सघाउने परम्परा छ हाम्रो गाउँ-समाजमा उसकोमा पर्दा आफू गयो अनि आफ्नोमा पर्दा उनीहरू आउँछन् त्यो पनि पैंचो तिराई हो। हाम्रो जीवनमा हरेक चिजको  पैंचो तिराई हुन्छ छोराको विहे एउटा खसी म दिन्छु भन्छन् फेरि उसकोमा पर्दा जसलाई दिएको छ त्यसले पैंचो फर्काउँछ यो एउटा परम्परा हामी हाम्रो जीवनमा सधैं रहिरहे हुन्छ प्रत्येक व्यक्तिले पैंचो तिरेकै हुन्छ त्यसैले पहिला छोरा छोरीलाई राम्रो गरेको छ भने पछि पनि उनीहरूले राम्रो गर्छन् त्यसैले सबैले सबैलाई राम्रो गर्नुपर्छ यो जीवन पैंचो तिराई हो। सोचौं सम्झौं बुझौं सचेत रहौं पैंचो लगाउँने काम गर्दै गरौं भविष्यमा काम लाग्छ।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ