एउटा रिकर्ड : मुख्यमन्त्री गोलेको

  • 2024-03-26 20:04:03
==>

सिक्किम विधान सभाको लिडर अफ द हाउसको आसनमा लगातार सात घण्टासम्म अचल र अटल भइ बसेर मुख्यमन्त्री गोलेले सिक्किम विधान सभाको इतिहासमा एउटा छुट्टै रिकार्ड बनाएका छन्‌। 

ता. 15 जून 2021, दुइदिने बजट सत्रको अन्तिम दिन सिक्किम विधानसभाले श्रम विभाग अनि शिक्षा विभाग अन्तर्गत केही ऐतिहासिक बीलहरू पारित गऱ्यो। यी बीलहरूप्रति मुख्यमन्त्री  गोले अति गम्भीर थिए। यसकारण उनी त्यसदिन बिहान एघाह्र बजेदेखि लगातार एउटै सीटमा सात घण्टासम्म बसेर सबै सदस्यहरूको वयान, बील र मसौदाहरूमाथि अध्ययन गरिरहे। 

अन्य सदस्यहरू पटक पटक बाहिर निस्के, चिया खाजा खाँदै आए, टोयलेट-बाथरूम धाए। तर बिहान एघाह्र बजे बसेको सीटदेखि मन्त्री गोले एकैचोटी बेलुकी सात बजे निस्के।

यो आफैआफमा एउटा रिकर्ड थियो भन्छन्‌ पत्रकारहरू।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ