एसकेएम सरकारको ठूलो उपलब्धि मुम्बईमा सिक्किम हाउस

  • 2024-03-26 12:59:03
==>

मध्यमार्ग प्रतिनिधि 

मुम्बई देशको व्यावसायिक राजधानी मानिन्छ। यो फिल्मी नगरी नामले पनि चीरपरिचित छ। देशका चार महानगरहरू दिल्ली, कलकता, चेन्नई अनि मुम्बई। तर यीमध्ये पनि मुम्बई सबैभन्दा ठूलो महानगर हो। 

मुम्बईका अनेकौं चर्चित नामहरूले लोकप्रिय छ भने यहाँको टाटा मेमोरियल  क्यान्सर अस्पतालको विश्वभरि नाम छ। वर्षेनी लाखौं क्यान्सर पीड़ित विरामीहरू आफ्नो उपचारको निम्ति यस अस्पतालमा धाउँछन्‌। 

यसबाहेक फिल्म नाटक वा संगीत, टीभी, धारावाहिकहरूमा आफ्नो भाग्य अजमाउने कलाकारहरूको निम्ति पनि मुम्बई एउटा कला केन्द्र हो, भाग्यभूमि पनि। 

तर अभाग्यवशः आजसम्म सिक्किम राज्यले एक मुट्ठी जगह मुम्बईमा ओगट्‌नु सकेको थिएन जसको कारण सिक्किमबाट गएका अनेकौं क्यान्सर पीड़ित विरामी, भाग्य अजमाउने कलाकार वा अन्य घुम्न जानेहरूले धेरै खर्च गरी मुम्बईका महँगा होटलहरूमा बास बस्नुपर्थ्यो।

तर एसकेएम सरकारले आएको दुइ वर्षभित्रै मुम्बईमा एउटा सिक्किम हाउस हुनुपर्ने आवश्यकतालाई जनताको पक्षमा पूरा गरेको छ। 

मुख्यमन्त्री पी.एस. गोलेको अनुरोधलाई स्वीकार गर्दै महाराष्ट्र सरकारले नवी मुम्बईको टाटा मेमोरियल अस्पताल नजिकै सिक्किम सरकारलाई चार हजार स्क्वायर मिटर जमीन आवंटन गरेको छ। मुख्यमन्त्री अनुसार सिक्किम सरकारले रु. 11.76 करोड़ तिरेर सो जमीन आफ्नो अधिनमा लिइसकेको छ। 

एसकेएम सरकारले अर्जेको यो सम्पत्ति अब सदा-सर्वदा सिक्किम र सिक्किमे जनताको नाममा रहिरहनेछ।

अब उसो सिक्किमे भुक्तभोगीले कारणवश मुम्बई जानुपरे आफ्नो सिक्किम हाउस त्यहाँ छ भनेर नियम बमोजिम जाँदा हुन्छ। त्यहाँ बस्दा हुन्छ।

 यहाँ सम्म कि 25 वर्षे चामलिङ सरकारले पनि यस दिशामा ध्यान दिएन। 

ааЁаҐЌаЇ аІаҐаа№ааҐ