नेश (फ्याट्टी लिभर) रोगबारे जानकारी

  • 2024-03-23 07:01:03
==>

डा. विनीत खेमका

कन्सलटेण्ट ग्यास्ट्रोइण्टेरोलोजिस्ट

एण्ड हेपाटोलिजिस्ट

एम.डी.(मेडिकल), डीएम (ग्यास्स्ट्रो)

एफएजीइ, एफएइ (इआरसीपी इयुएस)

नन एल्कोहोलिक स्टेटोहेपाइटिस (नेश) के हो?

नन एल्कोहोलिक स्टेटोहेपाटाइटिस (नेश) कलेजो सुन्निनु अनि कलेजोमा बोसो लागेर क्षतिग्रस्त हुनु हो। यो अवस्थाहरूको समूहको एउटा भाग हो जसलाई ननएल्कोहोलिक फ्याट्टी लिभर रोग भनिन्छ। यसलाई ‘फ्याट्टी लिभर’ भएको भन्न सकिन्छ। धेरै मानिसको कलेजोमा बोसो लागेको हुँदछ अनि अधिकतर मानिसमा यसको लक्षण देखिँदैन अनि कुनै समस्या हुँदैन। तर केही मानिसमा बोसोले कलेजो सुन्निनुका साथै यसका कोशलाई पनि क्षति गर्दछ। यसरी क्षतिग्रस्त भएको कलेजोले पहिले झैं काम गर्न सक्दैन। नेश अझ बिग्रसक्छ अनि कलेजोमा क्षतचिन्ह हुँदछ, जसले गर्दा सिरोसिस हुँदछ। तर यो रोग सधैंभरि नराम्रो हुँदैन। नेश लामो समयसम्म मदपानको कारण हुने कलेजोको रोग जस्तै हो तर नेश रक्सी नखाने मानिसहरूमा हुँदछ। 

नन एल्कोहोलिक स्टेटोहेपाटाइटिस (नेश) का लक्षणहरू के हुन्‌?

नेश-को प्रारम्भिक चरणमा कुनै लक्षण देखिँदैन। नेश हुने अधिकतर मानिस राम्रै हुन्छन्‌ अनि आफूलाई यो भएको थाहा हुँदैन। नेश बढ्‌दै जाँदा कलेजो नराम्रोसँग क्षतिग्रस्त हुँदछ, तब मानिसमा निम्नप्रकारका लक्षणहरू देखिन्छन्‌ -

- थकाइ (सबै समय थाकेको अनुभव हुनु)।

- कुनै स्पष्ट कारणबिना ओजन कम हुनु।

- साधारण कमजोरी।

- भुँड़ीको माथिल्लो दाहिने भागमा दुखाइ।

नेश गम्भीर हुन अनि लक्षण देखिन धेरै वर्ष लाग्नसक्छ।

कुनै कारणले नन एल्कोहोलिक स्टेटोहेपाटाइटिस (नेश) हुँदछ?

वातावरणमा भएको केही कुराले ती मानिसहरूमा कलेजो सुन्निन शुरू भएको हुनसक्छ वा यो तिनीहरूको परिवारमा भएको हुनसक्छ। मानिसलाई नेशको जोखिम हुने र कलेजो क्षतिग्रस्त हुने कुराहरू निम्न हुँदछन्‌ -

- मोटोपन।

- इन्सुलिन रोकावट अनि टाइप 2 मधुमेह।

- उच्च कोलेस्ट्रोल अनि उच्च ट्राइग्लिसेराइड्‌स।

- मेटाबोलिक सिण्ड्रोम।

नेश हुने अधिकतर मानिस 40-50 वर्षका हुँदछन्‌ अनि तिनीहरूमा माथि उल्लेखित एक वा अधिक समस्याहरू हुँदछन्‌। तर नेश यी मध्ये कुनै पनि जोखिम नभएका मानिसहरूमा हुनसक्छ।

नन एल्कोहोलिक स्टेटोहेपाइटिस (नेश) कसरी चिन्हित गरिन्छ?

कुनै एउटा जाँचले नेश चिन्हित गर्न सकिन्न। चिकित्सकले तपार्इंलाई पहिला भएको अन्य शारीरिक समस्याहरूबारे सोध्नेछन्‌। तपार्इंको कलेजोमा बोसो बनिएको हुनसक्ने कुरा बुझ्न अनि अन्य रोगहरू नभएको जान्न डाक्टरले यी निम्न जाँचहरू गराउनेछन्‌ :

- रक्तजाँच।

- भुँड़ीको अल्ट्रासाउण्ड।

- सीटी स्क्यान। 

- एमआरआइ स्क्यान।

तपार्इंलाई नेश भएको सुनिश्चित गर्न डाक्टरले तपार्इंको कलेजोको बायोप्सी गराउन सक्दछ। कलेजोको बायोप्सीमा डाक्टरले तपार्इंको कलेजोबाट उत्तकको एउटा नमूना लिएर नेशको सम्भावनाको जाँच गर्नेछन्‌। 

नन एल्कोहोलिक स्टेटोहेपाइटिस (नेश) को उपचार कसरी गरिन्छ?

नेशको उपचारमा तपार्इंमा नेशको जोखिम बढ़ाउने अवस्थाहरूको प्रबन्धन गर्नु अनि स्थिति गम्भीर हुन नदिन निम्न कुरा गर्नुपर्छ :

- तपार्इंको समस्त कोलेस्ट्रोलको स्तर कम गर्नुपर्छ। 

- स्वस्थ ओजन बनाउनुपर्छ। तपार्इंको शरीरको ओजन 3 प्रतिशतदेखि 10 प्रतिशत घट्‌दा फरक पर्नसक्छ। 

- मधुमेह नियन्त्रण।

- मदपान गर्न छोड्‌नुपर्छ वा कम गर्नुपर्छ।

- नियमित व्यायाम गर्नुपर्छ। 

 

अरणी बड़ी (बृद्धग्निमन्थ)

 

वनस्पतिक नाम  : झीशापर ीशीीरींळषेश्रळर ङ.(प्रेम्ना सेरेटिफोलिआ) डूप.-झीशापर ेर्लीीींळषेश्रळर ठ.इी.  

कुल : तशीलशपरलशरश (वर्बीनेसी)

अंग्रेजी नाम : कशरवरलहश ीींशश (हेड्‌एक ट्री)

संस्कृत : अग्निमंथः, वृहतग्निमन्थः गणिकारिका, कणिका, श्रीपर्णी, वैजयन्तिका, जया, जयन्ती, नादेयी, वातघ्नी

हिन्दी : बड़ी अरनी, अरनी, अरणी, अंगेशु, गणियारी, गानियार, गानियारी, वाकर

उड़िया : भूतोबेरी (इर्हीीेंलरळीळ), 

आगोबोथु (जसेलेींर्ही)

उर्दू : अराणी (अीरपळ)

कन्नड़ : अग्निमन्धा (असपळारपवहर)

गुजराती : अरणी (अीपळ)

तमिल : मुन्नई (र्चीपपरळ) पारुमुन्नाई (झर्रीीरीपपरळ)

तेलुगु : गाब्बूनेल्ली (ॠरलर्लीपशश्रश्रळ), कर्निका (घरीपळज्ञर), नागुरी (छरर्सीीर), नेल्ली (छशश्रश्रळ)

बंगाली : गनिर (ॠरपळी), गानियारि (ॠरपळरीळ)

नेपाली : गिनेरी (ॠळपशीळ)

पंजाबी : अगेथु (असरळींर्ही), गनियार (ॠरपळूरी);

मराठी : नरवेल (छर्रीींशश्र), अरन (अीरप), अरणी (अीरपळ)

मलयालम : मुन्ना (र्चीपपर)

अंग्रेजी : क्रीक प्रेम्ना (उीशशज्ञ िीशापर), स्पाइनस फायर बैंड टीक (डळिर्पेीी षळीश लीरपव ींशरज्ञ), कोस्टल प्रेम्ना (उेरीींरश्र िीशापर)

परिचय 

यो 9 मी. सम्म उच्च सानो वृक्ष हुन्छ। अरणी आयुर्वेदोयुक्त  दशमूल तथा वृहत पञ्चमूलको एउटा अंग हो। यो भारतवर्षको एउटा विशिष्ट औषधि हो, अति प्राचीनकालदेखि यसको व्यवहार आयुर्वेद शास्त्रानुसार भिन्न भिन्न रोगहरूमा प्रयोग हुन्थ्यो। अरणी संस्कृतमा त्यस मन्थन-काष्ठलाई भनिन्छ जसलाई आपसमा घर्षण गर्दा अग्नि उत्पन्न हुन्छ। त्यसकारण अरणीको प्रसिद्ध संस्कृत नाम अग्निमन्थ हो  अथवा मन्थन वा घर्षणद्वारा अग्नि उत्पन्न हुन्छ। यो कार्यको लागि पवित्र अग्नि, अरनी वा शमीको काठबाट उत्पन्न हुन्थ्यो।  यसलाई अग्निमन्थ, बल्लिमन्थ, तेजोमन्थ आदि नाम दिइएको छ। धेरैको भनाइ छ-सिक्किममा पहाड़ी मानिसले अग्नि जन्माउन यसमा प्रयोग गर्थे। अरणी पात तथा फूल गच्छेदार शोभायमान हुन्छ। त्यसकारण यसलाई वैज्यन्तिका, अरणीकेतु, पताका वाचक संस्कृत नाम राखियो। अरणीको उच्च डीलमा यो धेरै पाइन्छ। उष्ण वीर्य अथवा रोगलाई अग्नि जस्तै नष्ट गर्ने भएकोले यसलाई पावक, ज्योतिष्क, अग्निवाचक नाम दिइयो। यसमा वनोऔषधिको कति भेद छन्‌ निघण्टु ठूलो-सानोअरणीको खास भेद यो होकि ठूलो अरणी बुढ़ो ठूलो हुन्छ। सानो अरणीको पोथ्रा हुन्छ यो उत्तर भारतको गंगा को मैदानमा पाइन्छ। उत्तरप्रदेश, बिहार, पश्चिम बंगाल, उत्तरखण्ड तथा भूटानको पहाड़मा 2000 मीटरसम्म अग्लो पाइन्छ। दशमूलको अंग भएकाले यो सबै जग्गामा पाइन्छ। 

आयुर्वेदीक गुण कर्म एवं प्रभाव 

ठूलो अरणी अग्निवर्द्धक, कटु, पौष्टिक, कफघ्न, वातघ्न, शोथघ्न, अनुलोमक शीत-प्रशमनकारक तथा पाण्डुरोगानाशक हुन्छ। यसको पत्र वातानुलोमक, स्तन्यवर्धक तथा आमाशयिक-क्रियाविधिवर्धक हुन्छ। यसको मूलतत्त्व स्तम्भक हुन्छ। यसको मूल विरेचक, अग्निवर्धक, बलकारक, उत्तेजक तथा यकृतको पीड़ा कम्ती गर्छ। 

औषधीय प्रयोग मात्रा एवं विधि 

सावधानी, उचित, विषाक्तता, अनुपयुक्तताः उचित मात्रानुसार। 

प्रयोज्याङ्ग : त्वक्‌, पत्र, मूल तथा फल।

हृदय दौर्बल्य - अरणीको पात र धनिया दुवैको समभाग मिलाएर पाउडर बनाएर खाए हृदयको दुर्बलता ठीक पार्छ। 

त्रिदोषज-गुल्म - ठूलो अरणी अथवा सानो अरणीको जरालाई 10-15 ग्राम लिएर रस बनाए, 40 मिली. मनतातोे रसमा 30 ग्राम गुड़ मिलाएर खाए त्रिदोषज-गुल्मको दमन हुन्छ। 

बद्धकोष्ठ - 3 ग्राम अरणीको पात तथा 3 ग्राम ठूलो हरड़को बोक्रा लिएर 250 मिली पानीमा पकाएर रस बनाएर 100 मिलीसम्म जब हुन्छ त्यसलाई प्रातः बिहान 20-40 मिलीको मात्रामा खाए कोष्ठवद्धताको दमन हुन्छ। 

मन्दाग्नि - 20 ग्राम अरणीको पत्तालाई 400 मिली पानीमा पकाएर रस बनाउनुहोस्‌। 20-40 मिली माझ खाँदा मन्दाग्नि, अध्यमान तथा अमाशय शूलको दमन हुन्छ। अरणीको पात सब्जी बनाएर खाँदा शूलवादी पेट सम्बन्धी सबै रोग निको हुन्छ। 

अतिसार - अरणीको पञ्चाङ्गको रस बनाएर बिहान र बेलुकी 20-30 मिली मात्रा खादा अतिसारको दमन हुन्छ तथा पेटमा कुनै कारणले कीरा परेका छन्‌ भने मार्दछ।

उदरशोध - अरणी पात उमालेर चिसो बनाएर घोल खाए पेट दुख्ने विमारी निको हुन्छ। 

अर्श (ववासीर) अरणीको पत्ताको रस बनाएर 10-30 मिली खाँदा अरणी पातको पुल्टो बनाएर बाँधे अर्शको वेदना कम्ती हुन्छ।

प्रमेह - अरणीको मूल अथवा छालाको रस बनाएर खाँदा प्रमेहको दमन हुन्छ।

उपदंश - 10-12 मिली अरणीको पत्ताको रस बनाएर खाएको खण्डमा उपदंशको दमन हुन्छ। अरणीको पत्ता उमालेर सिकाई गर्दा पत्ताहरूको शिश्नमा बाँधे उपदंशजन्य-लिंग शोथको दमन हुन्छ।

शीतपित्त - 2 ग्राम अरणी-मूल-चूर्णलाई घिउसँग मिलाएर 6 दिनसम्म बिहान खायो भने शीतपित्त तथा उदर्द रोग निको हुन्छ।

शीतज्वर - ठूलो अरणीको पात वा तनेको छालालाई पिसेर अलिकति कपूर मिलाएर टाउकोमा लेप लगाए शीतज्वरको दमन हुन्छ।

रक्तशोधनार्थ - 5 ग्राम अरणीको बोक्रामा 3 ग्राम नीमको बोक्रा मिलाएर रस बनाएर यस रसलाई 20-30 मिली. मात्रा बिहान खाए रक्तको शोधन हुन्छ यसको अतिरिक्त 5 मिली. अरणीको रसमा मह मिलाएर प्रतिदिन खायो भने पनि रक्त शुद्ध सफा हुन्छ। 

मेदोरोग - 10 ग्राम अरणी तथा 5 ग्राम त्रिफला लिएर राती 1 लीटर पानीमा माटोको भाँड़ामा भिजाएर राख्नु। बिहान रस बनाएर खाँदा दुवै समय भोजनमा, बढ़ेको मेद र शोथलाई  दूर गर्ने यो एउटा मूल उपाय हो। (यसको सेवनले अतिसारको प्रतीतिको अनुसार मात्रा कम्ती गर्नु।)

सामान्य व्यस्क (15-60) मात्रा : मूल-चूर्ण 2-4 ग्राम, रस 20-40 मिली, पत्र-स्वरस 5-10 मिली. अथवा चिकित्सकको परामर्शअनुसार।

सामान्य बालक (6-14) मात्रा : व्यस्क मात्राभन्दा आधी मात्रा।     

ааЁаҐЌаЇ аІаҐаа№ааҐ