एन.पी. थापा
आदिकवि भानुभक्त आचार्यले ‘आदिकवि’ को उपाधि प्राप्त गर्नको निम्ति संवत 1943 देखि कवि मोतीराम भट्टद्वारा प्रारम्भ भएको प्रयास अन्ततः 45 वर्षपछि सफलतापूर्वक अन्त भएको थियो। भट्टले आफ्नो ‘कविसमूह वर्णनम्’ मा ‘तबादौ कवि-कूल-मुकुट-माणिक्ध-भानुभक्ताचार्य वर्णनम्’ पहिलोपल्ट आदि कविको टोपी भानुभक्तलाई लगाइदिएका थिए। उनले भानुभक्तलाई प्रदान गरेको विर्के टोपी यस्तो थियो :
‘‘भानुभक्त भनेर आदि कविमा भाषा सरसले गरी
राम यकखा्न श्लोकले रचिदिया चैतन्य करले भरी
शंठांमा करूणा र वीर रसको खासा मजा पाइन्या
यस्तो यो कविता वयान जनले सुन्नन कसोरी भन्या।’’
मोतीराम भट्टले भानुभक्त आचार्यलाई खुलेआम रूपमा आदिकविको रूपमा स्थापित गर्ने प्रयास अन्ततः उनले प्रकाशित गरेको भानुभक्तको बालकाण्ड रामायण 1941 सम्म फलीभूत भएको देखिन्दैन। मोतीरामले खुल्लम-खुल्ला रूपमा भानुभक्तलाई आदिकाविको रूपमा स्थापित गर्न आफ्नो रचना भानुभक्तचार्यको जीवन चरित्रको प्रकाशन संवत् 1948 सम्म पर्खन परेको थियो। तर त्यो प्रयास केवल प्रयास मात्र रहेको थियो, किनभने त्यो प्रयास केवल मोतीराम भट्टको प्रयास मात्र थियो। तर उनले पहिलोपल्ट भानुभक्तलाई आदिकवि भन्ने साहस जुटाएका थिए, जो एक स्तुल्य पहलनै सिद्ध भयो। किनभने मोतीराम भट्टले भानुभक्तको जीवन चरित्रको प्रकाशन गरेर एक इतिहासनै सृजना गरेर भानुभक्तको जन्म संवत् 1948 लाई नेपाली भाषाको उन्नतिको उदय वर्ष ठहराएका थिए। तत्कालिन विभिन्न नेपाली रचनाकारहरूले आ-आफ्ना कृतिहरूको माध्यमबाट मोतीराम भट्टको उपरोक्त अड़ानको ठाड़ै विरोध गरेका थिए। भट्टले कवि भानुभक्त आचार्यलाई ‘चूड़ामणि’, ‘सहज कवि’, ‘हिमाल गिरि निवासी’, रसिक-कयितानिलापी, बुद्धिमान् यथार्थ वक्ता भानु जस्ता विशेषणले विभूषित गरेका थिए।
यस सन्दर्भमा अर्का तत्कालिन प्रख्यात कवि डमरूबल्लभले ‘पंणिुनवर’ भानुभक्तको सबभन्दा ठूलो गुण उनको कारूण्य रसमै देखेर निम्न श्लोेक प्रकाशित गरेका थिए।
‘रामायण छ अगम्य संस्कृतमहाँ पुग्दैन सबकोगति
भाषा श्लोक बनाइ दिन्छु र बहुत लागोस् हरीमा कति
यस्तो सूर्गरी भआनुभक्त कविले भाषा बनाई दिया
यस आचार्यको घर त हो तनहुमा सारै दयालु थिया।’
यस्ता भानुभक्तप्रेमी कविहरू डमरूबल्लभ, पं. हरिहर आ.दी. मोतीराम भट्ट आदिले कवि भानुभक्तलाई नेपाली साहित्यका आदिकविको रूपमा स्थानापन्न गर्नको निम्ति कसैले पनि तत्कालीन राणा शासक समक्ष प्रयास गर्न समर्थ बनेनन्। यस अन्तराल अन्तर्गत प्रवासी नेपाली साहित्यकारहरू पनि भानुभक्तलाई आदिकविको विभूषणले सुसज्जित तुल्याउने कार्यमा एकवद्ध भएका थिए। नेपालका रैथाने साहित्यकारहरूबाट भानुलाई नेपालीहरूको कान-आँखासम्म पुऱ्याउने व्यक्ति सूर्य विक्रम ज्ञावाली नै रहेका थिए। ज्ञवालीले भानुभक्तलाई नेपाली जनभानसको कान-आँखा पुऱ्याउने अथक प्रयास आफ्ना रचनाहरूको माध्यम गरेका छन्। उनले आफ्ना रचनाहरूको माध्यम भानुलाई शान्तिका पुजारी, धर्मका अवतार, प्रेमका मूर्ति; नेपाली जातिका पुजारी, धर्मका अवतार प्रेमका मूर्तिको मात्रै होइन उनलाई शान्तिका पुजारी, धर्मका अवतार एवं प्रेमका मूर्तिको रूपमा आफ्नो रचनाहरूको प्रदर्शित गरेका छन्। उनले भानुलाई श्रीपेच पहिऱ्याएर-शान्तिका पुजारी, धर्मका अवतार श्री पेच प्रेमका मूर्ति, साहित्यका सुत्रधार र जातिका धर्मगुरु भानुभक्त। उनले भानुलाई श्रीपेच पहिराए-शान्तिका पुजारी धर्मका अवतार तथा प्रेमका मूर्ति र नेपाली जातिका गौरवमात्र होइन, भआनुलाई नेपाली साहित्यका सुत्रधार बताएका छन्। ज्ञवालीझैं धरणीधर शर्माले भानुलाई रामभक्त कविभूषण र जातिय गुरु मानेका छन् कवि सिद्धिचरणले ‘टाड़शा देख्ने प्यारा कविजी’ महाकवि देवकोटाले ‘शुक्रतारा सुन्दर हाम्रा नेपाली हे प्रथम ध्वनि’, बालकृष्णले भानुलाई ‘एम भक्त मुख्तियार र भक्त भानुभक्तको अलंकारले सुसज्जित गरेका छन्। धरणीधर शर्माले ‘रामभक्त कविभूषणः भानुभक्तलाई जातिको धर्मगुरु नै मानेका छन्। हृदयचन्द्र सिंहले भानुलाई ‘आशुकवि, सामाजिक कवि, गुरु कवि, भक्त कवि र अनुवादक कवि बताएका छन्।
भानुभक्तलाई राजाले आदिकवि नभनी अरूले त्यसै भन्नु हुन्नथ्यो। प्रवासीहरू भानुलाई ‘आदिकवि’ भने पनि रैथाने नेपालीहरूले त्यत्रो आँट गर्न असम्भव नै थियो। विचरा भानुभक्त आफ्नै देश नेपालमा ‘आदिकवि’ हुन् सकेा थिएनन्। प्रवासी नेपालीहरू सूर्य विक्रम ज्ञवालीको नेतृत्वमा तत्कालिन नेपालका डाइरेक्टर जनरलको माध्यमबाट महाराजालाई तलब भत्त केही दिनु पर्ने होइन एउटा इज्जतसम्म मात्र हो, त्यो पनि मरिसकेको बाहुलाई।’ मरिसकेको मान्छेलाई ‘आधी’ को ‘सिंगो’ कवि बनाए पनि महाराजलाई कुनै आपत्ति थिएन। महाराजले ‘हुन्छ’ भन्ने हुकुम हुनसाथ डाइरेक्टर लेखेर तयार राखेको कागत अघि सारे। महाराजको दुःख गरेर साढ़े सात अक्षर लेखे ‘श्री 3 जुद्ध सम्शेर।’ यसरी देशवासी तर प्रवासी नेपालीहरूले नेपालका जातिय आदिकवि भानुभक्त आचार्यलाई नेपाली साहित्यका आदिकविको रूपमा स्थापित गर्न ठूलो योगदान पुऱ्याएको कार्य सदा-सर्वदा नेपाली साहित्य संसारमा एक स्तुत्य कार्यको रूपमा रहने छ।
(सौजन्य-कालो अक्षर)