बञ्जरभूमीमा गोर्खाहरू छ पूर्वोत्तर भारतको सन्दर्भमा

  • 2021-10-16 11:43:20

खेमराज शर्मा, कदमतला, सिलगढ़ी

पृष्टभूमी :

यो लेख मेरो एउटा अनुसन्धानात्मक पुस्तक ॠेीज्ञहरी ळप ुळश्रवशीपशीी : अ ीींरवू ळप छेीींह एरीीं खपवळर मा आधारित छ। यस लेखमा म पूर्वोत्तर भारतको अरूणाचल प्रदेश र आसाम राज्यको पूर्वी भाग जहाँ चीन र म्यानमार (बर्मा)-को सिमाना छ र ती सिमावर्ती क्षेत्रमा बसोबास गर्ने गोर्खाहरूको 200 वर्षको इतिहासिक तथ्य संक्षेप्तमा पस्कीन गइरहेछु। 

अरूणाचल प्रदेशको सिमावर्ती क्षेत्र र गोर्खा

अरूणाचल प्रदेशको पूर्वीय सिमावर्ती क्षेत्रहरूमा किबीथो, वालुङ, हावाई, मियाव, नामपोङ, बिजयनगर, हापलुङ आदि पर्छन्‌ अनि आसामको पूर्वीय सदिया पर्छ। सन्‌ 1972 सम्म यी अरूणाचल प्रदेशलाई छेीींह एरीीं ऋीेपींळशी अशिंपलू (छएऋअ) सन्‌ 1919 यसो भनिन्थ्यो। सदिया पनि पहिली अरूणाचलमै पर्थ्यो।

यो अरूणाचल प्रदेशलाई पौराणीक युगमा प्रभु पर्वत भनिन्थ्यो। यहाँ रूकमिणीको मन्दिर (तल्लो दिबाङ भेल्ली जिल्लामा पर्छ) र परशुराम कुन्ड र ब्रह्म कुन्डमा माघे मेलामा पितृ मोक्षको निमित्त लोहीत नदीमा स्नान गर्न गोर्खेहरू पहाड़ै पहाड़ भएर जान्थे। रूकमिणीको मन्दिर (भग्नावशेषको रूपमा) काठमाड़ौंको पशुपतिनाथको मन्दिर जस्तै छ। यो रूकमिणीको मन्दिरमा एउटा गोर्खे पण्डित (हिमालियन पण्डित) थिए जसको सह-सन्तान आज पनि दिगारू नदीको छेउमा बसोबास  गर्छन्‌। यो अरूणाचलमा कमसेकम 121 वटा जनजाति छन्‌ र उनीहरूको आ-आफ्नै बोल्ने भाषा छ। यी जनजातिहरू कोही वर्माको इरावती नदीको उत्तर तिरबाट, कोही कोरिया, कोही थाइल्याण्ड, कोही कमबोडियाबाट आएका भन्ने छ। यी प्रत्येक जनजातीको आ-आफ्ना क्षेत्रहरू थिए जस्तै मिस्मी हिल, सिङफो हिल, अबोर हील, ताङसा हिल, मिरी हिल, खामती कछाड़ आदि। यी जनजातीहरू सरूवा खेती मात्र गर्थे अनि त्यसैले गर्दा स्थायी रूपमा उनीहरू एक ठाउँमा कहिले बस्दैनन्‌ थिए। यो वर्त्तमान अरूणाचल अ-अरू पूर्वोत्तर राज्यहरू सरह आसामको एउटा भाग थियो सन्‌ 1954 सम्म। सन्‌ 1954 देखि 1987 सम्म यो एउटा केन्द्र शासीत राज्य थियो। 

अरूणाचल प्रदेश र आसामको सदियामा गोर्खाको आगमन : 

सन्‌ 1817-18 मा (सुगौली सन्धीपछि) अंग्रेज सेनामा गोर्खाहरूलाई पहिली कटक र ब्यारेकपुरमा भर्ती गरियो। त्यसपछि आसाममा राजनीतिक उथुल-पुथुल हुँदा अंग्रेजी सेनालाई विशेष अंग्रेज-बर्मा युद्ध (1824-25) पछि पहिला चेरापुन्जीमा (मेघालय) अनि अलिक पछि 1826 को अन्ततिर सदियामा पठाइयो। यो सदिया देखि पूर्वीय अरूणाचल सिमावर्ती क्षेत्रतिर अंग्रेज सरकारले धावा (अभियान) चलाउने सजिलो हुने हुँदा जम्मा 13 वटा धावा अथवा अभियान गरेर सम्पूर्ण पूर्वीय पहाड़ी क्षेत्रहरू अंग्रेज सरकारको हातमा आयो। ती सबै धावामा गोर्खाहरूलाई नै फन्टीयर पुलिस फोर्समा भर्ना गरियो। त्यहाँका जनजातिहरूले ती अभियान अथवा धावामा भाग लिनै चाहेनन्‌ अथवा आँटै गरेनन्‌। यसरी सदियामा गोर्खे सेनाहरू तैनात गरियो। यही सदियामा सिमावर्ती क्षेत्रको छाउनी अथवा मुख्यालय साथसाथै गोर्खे गाउँहरू स्थापना भयो। यी गाउँहरूमा ती गोर्खे सिपाहीहरूको परिवारलाई जंगल भूमी सित्तैमा दिएर गाउँहरू बसाईयो। त्यसखेर यो सदिया अति बञ्जरभूमी अथवा अति उराठलाग्दो स्थान थियो। यो सदिया सन्‌ 1950 सम्मै आसाम राईफल्सको मुख्यालय (छाउनी) थियो। हाम्रा गोर्खालाई बञ्जरभूमी अथवा उराठलाग्दो स्थान औधी मन पर्छ। यसरी नै सन्‌ 1970 मा आसाम राईफल्सका गोर्खेहरूलाई फकाई-फुस्लाई हुकन भेल्लीमा (केेज्ञरप तरश्रश्रशू) जो बर्माका सीमानामा पर्छ। गाउँ बसाउन पठाइयो र पछि यो हुकन भेल्लीको नाम चाहिँ आसाम राईफल्सको जेनेरलको छोराको नामको बिजयनगर राखियो। त्यसरी नै म्याव र नामपोडमा बर्माका गोर्खेहरूलाई गाउँ बसाउन अंग्रेज सरकारले लगायो। पूर्ववर्ती क्षेत्रहरूका सबै गोर्खेमा खेतीपाती (गरा खेती) र पशुपालन गर्ने सिप हुनाले अंग्रेज सरकारलाई अति कामको जाती हाम्रो जातिहरू हुनपुगे। सन्‌ 1830 पछि धेरै फौजी गोर्खेहरूलाई अधिक बेतन र जंगल दिएर बर्माले विशेष उत्तर बर्माको मन्डेला र कचिनतिर पठायो। यसरी चाङलाङ र तिराप जिल्लाका (अरूणाचल प्रदेश) धेरै गोर्खेहरू बर्मा पसे। अरूणाचलको नामपुङ क्षेत्र बर्मासँग जोड़िएको छ र त्यहाँ पाङसु पास छ। यो नामपुङमा दोस्रो विश्वयुद्धमा खटिएका भरिया र डींशशश्र थशश्रश्र ठेरव बनाउँदा जो बर्मातिर जान्छ, कुल्ली गोर्खेलाई युद्ध पछि यही नामपुङमै बसोबास गर्न लगायो सरकारले र धेरै गाउँहरू बसाले। अर्को ठाउँ निर्जर अथवा बञ्जरभूमीतिर त्यहाँको सिङफो जनजातिको मुखियाले (गाउँबुड़ोहरू) गोर्खेलाई गरा खेती गर्न भूमी कुतमा (पाखुरे) दिए सन्‌ 1827 यसो। यसरी नै दिउनमा पनि पानी खेती गर्नका निमित्त गोर्खाहरूलाई विशेष सन्‌ 1830 पछि दिउन नदी, बुड़ी देहीङ, देहीङ, नौ देहीङमा जमिन दिइयो। अरूणाचलको लोहित र वर्त्तमान अनजाव जिल्लाको आलुबादी, मिडु, म्याकरो, आईलुङ, हवाई, वालुङ, तेजु, परसुराम कुन्ड क्षेत्र सम्मै र किबीथोमा (लोहीत नदीको छेउ) पनि गोर्खालाई गाउँ बसाउन सरकारले लायो। मैले परशुराम कुन्ड छेउ-छाउमा कमसे कम  100 गोर्खाहरूको घर भेटाए सर्वेक्षणमा जाँदा। आज अरूणाचलको चाङलाङ र तिराप जिल्लामा कमसेकम 50 हजार गोर्खाहरू स्थायी रूपले बसोबास गरेको मैले फेला पारे। यस्तै प्रकारले जयरामपुर (आसाम र अरूणाचलको सिमाना) र बिजयनगरमा 300 गोर्खे घरहरू रहेछन्‌। यसरी यो बर्मा र चिनसँग जोड़िएको भारतको सिमावर्ती क्षेत्रहरूमा गोर्खे सन्तान मात्र एक सोक एक भोगले जीवनयापन गर्दा रहेछन्‌। 

बञ्जर क्षेत्रमा गोर्खे पाखुरे

वर्त्तमान अरूणाचलको सिमावर्ती क्षेत्रमा जनजातीहरू सबै जमिनका मालिक हुनाले गोर्खेलाई भूमी कृत पद्धतिमा (पुरा) कमाउन दिँदा रहेछन्‌  र हाम्रा गोर्खेहरू 200 वर्षदेखि यहाँ बसोबास गरे पनि केवल पाखुरे मात्र छन्‌। वर्त्तमान अरूणाचलमा एक लाख तीस हजार गोर्खाहरू छन्‌। तर गत दुइ दशकदेखि यी सिमावर्ती क्षेत्रहरूमा बसोबास गर्ने गोर्खेहरूलाई जनजातीहरूले लखेटन थालेका छन्‌। यसैले गर्दा पढ़ालिखा  गोर्खे युवा पिढ़ीहरू अरूणाचल छोड़ेर अ-अरू स्थानतिर पलायन हुँदैछन्‌। कारण आज अरूणाचलमा, मिजोरम, नागाल्याण्ड र मेघालय  जस्तै सरकार जनजातिको प्रगति जनजातिको मात्र जनजातिको कल्याण आदि सरकारी नितिले गर्दा गोर्खेलाई स्थायी नागरिकता प्रमाण पत्र सरकारले दिन मानेको छैन। यसरी बञ्जरभूमी (उजाड़स्याल-थळश्रवशीपशीी)-लाई बस्न योग्यको स्थान गोर्खेले बनाएपछि जनजातिको लोभी आँखा पर्दा गोर्खेलाई उच्छेद गर्ने राजनीतिक संस्कार अरूणाचलमा पनि दिन प्रति दिन बड़ेर जाँदैछ। यद्यपि औपचारिक रूपमा यी राज्यका सरकारले गोर्खालाई उच्छेद गर्ने नोटिस भने दिएको यो कलमकारले प्राप्त गर्न सकेन। गोर्खाको संख्या जनगणनामा कम्तीभन्दा कम्ती देखाएन गोर्खालाई अगण्य बनाउनुमा त्यहाँका सरकार लागी परेका छन्‌। उदाहरणस्वरूप, मिजोराममा सन्‌ 1991 सालको जनगणनामा 5000 गोर्खा देखाइयो भने सन्‌ 2001 को जनगणनामा पनि 5000 नै देखाइएको पाइन्छ। त्यसरी नै अरूणाचलमा पनि स्थायी गोर्खाहरू केवल 20,000 मात्र देखाइएको छ तर आज त्यहाँ एक लाख तीस हजार गोर्खा छन्‌ यो बड़ा गजबको बिडम्बना छ।

सदियाको चुनपुरा गाउँ

पहिलाको सदियामा सन्‌ 1950 सालको भूकम्पले सैनिक मुख्यालय (छाउनी) र छेउछाउका गोर्खे गाउँहरू, पानी खेत, गाई गोठ सबै सबै स्वाहा भए। सदियाका गोर्खेहरू भागेर आजको 12 माईल, 17 माईल, बालीजान र अ-अरू स्थानतिर बसार्इं सरे। त्यसबेला बालीजान जंगलै जंगलले भरिएको बञ्जर भूमी थियो। अपितु बाँच्नको लागी पहिला 7 घर गोर्खेहरूले त्यहाँको जंगल फा़ँडेर धनिया बस्ती, बालीजान, जयपुर इत्यादि गाउँहरू बसाले। त्यहाँको खामती जनजाती भागेर वर्त्तमान नमासाई महकुमाको चौखामतिर बसोबास गर्न थाले। यो चुनपुराको अर्थ चुना पकाउने भट्टी भएको स्थान हो जहाँ खामतीहरूले गुवापानसँग खाने चुना उमाल्थे। आज चुनपुरा, चापाखावा आदि क्षेत्रमा कमसेकम 28 हजार गोर्खे सन्तान छन्‌। यो चापाखावा अरूणाचलसँग जोड़िएको आसामको तिनसुकीया जिल्लाको एउटा महकुमा हो। यो चुनपुरा  गोर्खाहरूको सामाजिक-सांस्कृतिक बिधा फस्टाएको ठाउँ हो। यहाँको ब्रह्मपुत्र र कुन्डील नदीहरूको छेउछाउमा गोर्खेहरूको हजारौं गाई गोठ छन्‌। चुनपुरा पानी खेतीको निम्ति आसाममा प्रख्यात छ। अहिले यदि चुनपुरालाई सदिया भनिन्छ। 

पहिले सन्‌ 1950 सम्म कलकत्ताबाट पानी जाहाज ब्रह्मपुत्र नदी हुँदै सदिया (पुरानो) दिबाङ नदीसम्म आउँथ्यो। सेनाको छाउनी हुने हुनाले यो सदियामा एउटा बिमान स्थल पनि थियो। वर्त्तमान ब्रह्मपुत्रको पानीभित्र पुरानो सदिया डुब्यो। विमान स्थल सारेर तेजुको (अरूणाचल प्रदेश) दिगारू नदी छेउमा लगियो। यस तेजुबाट परशुरामकुण्डा हाईलुङ, वालुङ, हावाई र किबीथो (चीनको सिमाना) जाने एउटा सानो बाटो छ। यी सबै स्थानमा त्यहाँका जनजाती र गोर्खेहरू बसोबास गर्छन्‌। चीनबाट आएको लोहीत नदी यही किबीथोदेखि भारतमा  प्रवेश गर्छ।

उपसंहार 

निष्कर्षमा म के भन्न चाहान्छु भने पूर्वोत्तर भारतको अरूणाचल प्रदेशलाई विशेष सन्‌ 1987 यसो (पूर्ण राज्य भएपछि) जनजाती राज्यको नामकरण गर्न त्यहाँका जनजातीहरू आज एकमुष्ठ भएका छन्‌। यद्यपि यी जनजातिहरू धाऊन्ते खेती गर्न चाहीँ सक्दै सक्दैनन्‌; उनीहरू केवल आलस्यको खेतमा मल हाली सुख चैनको जीवनयापन गर्छन्‌। बाहिरी जगतमा यी जनजातिहरू आउन र प्रतिस्पर्द्धा गर्ने साहस यिनीहरूमा पटक्क छैन। अरूणाचलका स्कूलका शिक्षक प्रायः सबै बाहिरी, कार्यालयमा काम गर्ने बंगाली र खेतीपातीमा  गोर्खाले अरूणाचललाई थामेर राखेका छन्‌।

अन्य लेखहरू

अगरु (अगर)
  • 2021-10-16 10:56:55