दिनरातको परिश्रमले राष्ट्रिय राजमार्ग खोलियो

  • 2024-03-23 07:03:04
==>

अक्टोबर 18 ता0 देखि  लगातार  तीनदिन  परेको  मुसलधारे वर्षार्का कारण 6 दिन बन्द भएको राष्ट्रिय राजमार्ग-10, 26 अक्टोबरको दिन बेलुकी 4 बजे खोलियो। मुसलधारे वर्षाका कारण 20 अक्टोबरको राति बिरिक डाँडा नजिक ठूलो पैह्रो जाँदा राष्ट्रिय राजमार्ग-10 पूर्ण रूपले बन्द भएको थियो। सो क्षेत्रमा सम्बन्धित विभागद्वारा दिनरात लगाएर बाटो खोलाउने कार्य गरिएपछि 6 दिनमा यातायात पहिले जस्तै सुचारू भएको छ। 20 अक्टोबरको राति करिब 10.30 बजेतिर बिरिक डाँड़ा नजिक ठूलो पैह्रो गएको हुँदा राष्ट्रिय राजमार्ग-10 मा गत्तिलै क्षति भएको कारण बन्द भएको थियो। सो क्षेत्रमा पैह्रोले राजमार्गको ठूलो भागलाई सोहोरेर लगेको कारण विभागलाई भित्ता काटेर बाटो खोल्नु पऱ्यो। बाटो बन्द हुँदा 6 दिनदेखि राजमार्गमा मालवाहक वाहनहरू फसेका थिए। 18 अक्टोबरदेखि मुसलधारे पानी पर्दा 19 अक्टोबरदेखि राष्ट्रिय राजमार्ग-10 बन्द  भएको  थियो।  यसैबीच  20 अक्टोबरको राति करिब 9.30 बजे सेती झोड़ामा विभागले पैह्रो सफा गरेपछि करिब एक घण्टासम्म यातायात सुचारू भएको थियो। तर 20 अक्टोबरको राति करिब 10.30 बजे बिरिक डाँडा नजिक ठूलो पैह्रो गएको कारण राजमार्ग-10 मा वाहनहरूको चलाचल पूर्ण रुपले बन्द भएको थियो। राष्ट्रिय राजमार्ग-10 बन्द हुँदा ा सिक्किम र कालेबुङका सिलगढ़ीगामी वाहनहरू कति लाभाको बाटो भएर कति लप्चु-पेशोकको बाटो भएर चलेको थियो।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ