‘‘ग्रोटो’’

  • 2022-01-12 06:59:20

नवराज शर्मा (तिमसिना) सन्त मेरीज, खरसाङ  

सन्त मेरीज हिल, खरसाङको गौरवमय इतिहास बोकेको धार्मिक तीर्थस्थल ‘‘ग्रोटो’’। ग्रोेटो भन्ने बित्तिकै कुनै पनि धर्मावलम्बी भक्तजन निसफिक्री दर्शन गर्ने पवित्र भूमिमा टेक्न पाइने, आस्था बोकेर मनोकामना पूरा गर्ने उचित ठाउँ साथै शान्त औ स्वच्छ वातावरण सृष्टि गरी एकाग्र भइ प्रार्थना चढ़ाउने अति सर्वोदय स्वगीर्थ स्वरूप उत्तम स्थान। 

यिशु समाजी पाद्रीहरू सन्‌ 1880 को दशकदेखि यस पवित्र ठाउँमा आएर सेवा पुऱ्याउने मनसुवा गरेकाले स्नत मेरीजमा सन्‌ 1887 देखि डीं. चरीू’ी ढहशश्रेसरींश उेश्रश्रशसश, जहाँ ब्रह्मशास्त्र र दर्शनशास्त्र अध्ययन गराइन्थ्यो । सन्‌ 188 9 मा उक्त येशु समाजी गुरुकूलको स्थापना भयो, वेल्जियम मिशनका तत्कालीन सुपेरियर फादर प्रसजिनका (ऋी. ॠीेीक्षशरप) बाहुलीबाट बड़ो समारोहमा साथमा विधिपूर्वक उद्‌घाटन गरियो। सन्‌ 1888 मा गाउँका बाकल - बालिकाहरूको निम्ति प्राथमिक पाठशाला आर्चविशप गोथल्सका बाहुलीबाट प्रार्थना आशिषको साथमा स्थापना भयो। सन्‌ 1890 मा ख्रीस्तीय जनसमुदायका निम्ति एउटा गिर्जाघरको निर्माण भयो।

धर्म मण्डलीले मुक्तिदाताकी जननी मरियालाई उच्च स्थान दिइ भक्तिपूर्वक आदर सम्मान गर्दछन्‌। यसैले माता मरियाको संरक्षण साथै सुरक्षा पाउनलाई आजको ठाउँदेखि केही टाढ़ामा त्यसताकका प्रशिक्षणार्थीहरूको अथक परिश्रममा लूर्दस्‌को माता मरियाको प्रतिमा ल्याएर एउटा ग्रोटो बनाई स्थापना गरिएका थिए। निष्कलंक गर्भधारण माता मरियाको उक्त प्रोटो 8 दिसम्बर सन्‌ 18 9 7 मा विधिपूर्वक उद्‌घाटन गरियो। ग्रोटोको एक छेउमा बेदी समेत बनाई आइतवार 13 नोभेम्बर सन्‌ 1898 को दिन पवित्र शोभायात्राको आयोजना गरिएको थियो। उक्त स्थान परिवेश प्रतिकूल नभए पछि अर्को स्थानको छनौट गरी हेर्दा दुरूस्त लूर्दस्‌की माता मरियाको गुफा जस्तै अर्को ग्रोटो निर्माण भयो आजको ठाउँका (लूर्दस- फ्रान्सको कुनै एक ठाउँ) गुरुकूल भित्रका सम्पूर्ण प्राध्यापक तथा प्रशिक्षणार्थीहरूका निम्ति माता मरियाको संरक्षणमा समर्पित भएकोले गुरूकूलको नाम ‘‘सन्त मेरीज कलेज’’ भनी नामकरण भयो। उही मरिया माताको अनुग्रहले सम्पूर्ण गाउँको नामनै ‘सन्त मेरीज हिल’ रहयो। 

झण्डै 133-34 वर्ष अघि निर्माण भएको तथा पुस्ता पुस्तादेखि सन्त मेरीजका मात्र श्रद्धालु भक्तजन होइन प्रायः आजभोलि भारतवर्ष भरिका साथै भूटान नेपालबाट आस्था साँचेर माता मरियाको दर्शन गर्न आउँछन्‌। बिहानी पखको भूकभूके उज्यालो भूइँमा खस्न नपाई हातमा रोजरीमाला, मैनबत्ती, धूप, फूल लिएर बालक - बालिकादेखि वृद्धा-वृद्धा, बूढ़ा-पाका ग्रोेटो दर्शन गर्न पुग्छन्‌। त्यसैगरी साँझमा पनि प्रोटो जानेहरूको तातँ लाग्छ। 15 अगस्ट तथा 8 दिसम्बरको दिन त मोटो जानेको अझै भीड़ हुन्छ। 8 दिसम्बर सन्‌ 1897 सालमा माता मरियाको निष्कलंक गर्भधारणको पर्व दिनमा सन्त मेरीज स्थित ग्रोटोको उद्‌घाटन भएको थियो। समय बित्दै गयो सन्‌ 1950 मा रोमबाट घोषणा भयो माता मरियाको बर्ष (चरीळरप धशरी)। यो मरिया वर्षलाई समारोहपूर्वक मनाउन सन्त मेरीजका कलेजका प्रशिक्षणार्थीहरूले एउटा प्रदर्शनी साथै भक्तजनले आ-आफ्नो भेष-भूषा र आभूषण पहिरी खूब धूमधामले मनाए। धार्मिक परिवेशमा आर्चविशप फादर फर्दिनन्द पेरि एस.जे. को अगुवाईमा आध्यात्मिक ढंगमा मनाउन पल्लीले गिर्जाघरदेखि ठूलो मैदान, त्यसताकको रोटीखाना, कलवारी पार्क हुँदै ग्रोटोसम्म ठूलो यात्राको आयोजन गरिएको थियो। लूर्दस्‌को प्रसिद्ध भजन -‘‘प्रणाम प्रणाम मरिया’’- पापीजनका लागि गर्दछौं प्रणाम मरियाले ग्रोटोको वातावरणनै पवित्र छाएको थियो भनिन्छ। 

लूर्दस्‌को माता मरियाले दर्शन दिएको पनि 11 फरवरी 1858-1958 सम्ममा एक युग बित्दा पल्लीवासीले पुण्य-स्मृति स्वरूप त्यसताकका पल्ली पूरोहित फादर बर्नाड ब्रुनो एस.जे. ले अर्थ संग्रह गरी फलामको रेलिंगमा खुबै सुन्दरताको साथमा ‘प्रणाम मरिया’- 1858-1958 ले सुशोभित गराएको ग्रोटोको दृश्य अतिनै सुन्दरता पूर्वक देखिन थाल्यो।

समय अघि बड्‌दै गयो, कतिपय कारणवश दक्षिण भारतीय पूरोहितहरूले असमर्थता जनाएपछि उक्त यिशु समाजी ब्रह्मशास्त्र कलेजलाई देशको राजधानी दिल्लीमा सन्‌ 1972 तिर विद्याज्योती नामकरण गरि सरुवा गरे। सन्‌ 1972-73 मा भारत सरकारले 2 वर्षको निम्ति केन्द्रिय पुलिस बलको (उ.ठ.झ.ऋ.) एक कम्पनीलाई हेरचाहको निम्ति राखियो। सन्‌ 1974 देखि चाँहि वन मंत्रालय, भारत सरकारको अधिनमा भारतको तेस्रो फरेष्ट रेन्जर्स ट्रेनिङ कलेजको स्थापना भयो पूर्वी बन राजिक महाविद्यालय एरीींशीा ऋेीशीीं ठरपसशीी ’ उेश्रश्रशसश. 

यिशु समाजी पुरोहितहरूको देखरेखमा भएको आजको ग्रोटो अब उसो पल्लीवासीलाई हेर्चाह र अभिभारा आइपरयो दिन प्रतिदिन प्रोटोको अवस्था जीर्ण हुँदै गयो। फादर अल्फन्स लिंगदामोको पहलमा ग्रोटोको मरमती एकदमै राम्रो स्वरूपमा वरिपरि फलामको रेलिङ र प्रवेशद्वारमा एउटा बलियो गेट बनियो। सन्‌ 2016 मा पल्ली पूरोहित फादर पावल सितलिङको पहलमा फेरि उक्त ग्रोटोको मरमती भयो । आज फेरि पल्ली पूरोहित फादर एन्ड्रु मोक्तानको अगुवाइमा यसको सुन्दरी करणमा जोड़दिंँदै अतिनै सुन्दर ग्रोटोको परिसरको रौनकता अझ गहकिलो भएको छ। 

ख्रीस्त भक्तजनका निम्ति मात्र नभएर अन्य ईश्वरप्रति आस्था तथा विश्वास राख्ने विभिन्न धर्मावलम्बी अखीस्तीय भक्तजनका निम्ति पनि यो ग्रोटो ‘तीर्थ-स्थान’ बन्न गएको छ। हजारौं यात्रुजन यो तीर्थस्थानमा प्रार्थना साथै भाकल राखेर जान्छन्‌। उक्त भाकलको कृपादान पाएपछि माता मरिया प्रति कृतज्ञता प्रकट गर्छन्‌, सहृदयबाट धन्यवाद साथै चढ़ाउ भेटी चढ़ाउँछन्‌। माता मरियाको पर्व दिनहरूमा गिर्जाघर देखि माता मरियाका भक्तजनको ताँत लाग्दछ। हातमा रोजरीमाला, धूप, मैनवत्ती, फूल आदि लिएर प्रणाम मरियाको भावपूर्ण विन्ती जप्दै ग्रोटो पुग्छन्‌। समस्त पल्लीवासी एकजूट भइ ग्रोटो जाने बाटो र वरिपरि परिसरको खूबै सफाइ र सिंगार्न जुट्‌छन्‌। यो ग्रोटो मरिया माताको कृपा हो पल्ली वासीको निम्ति।

ग्रोटो जानलाई धेरैवटा बाटो भए तापनि मुख्य दुइवटा बाटोको विशेष महत्व छ। एउटा मूलबाटो कलेजको परिसर भएर अनि दोस्रो सम्पूर्ण भक्तजनको निम्ति चार फीटको गोरेटो अर्थात फूटपाथ छ। प्राय : उहीबाटो भएर प्रोटो जाने गर्छन्‌। बिहानीको भूकभूके उज्यालोदेखि मिरमिरे साँझसम्म कुनै पनि समय धेरै श्रद्धालु भक्तजन दर्शन गर्न पुग्छन्‌। 

अझै रोजकपूर्ण घट्‌नाको यहाँ वर्णन गरिन्छ। सन्त मदर टेरिजा वास्तविक नाम एग्नेस गोन्सा बोजासूइ (असपशी ॠेपूहर इेक्षरुहर्ळी) दोस्रोपल्ट कलकत्ताबाट दार्जीलिङ लोरेटो कलेज सरुवा भएर आउँदा 10 सेप्टेम्बर 1946 को दिन भनिन्छ उही सन्त मेरीज अवस्थित प्रोटोको ठीक मुनि वीसल खोलामा रेलगाड़ी आइपुग्दा ईश्वरीय दिव्य पुकार (अ लरश्रश्र ुळींहळप र लरश्रश्र) अर्थात्‌ तिम्रो सेवाको ठाउँ यहाँ होइन फर्केर दिन- दुःखी गरीब र असहाय रोगीहरूको सेवा गर्नु हो। यसरी सन्त मदर टेरिजा फर्केर कलकत्ता पूगी पूर्ण रूपले सन्‌ 1950 मा चळीीळेपरीळशी ेष उहरीळीूं को स्थापना गरी जीवनको अन्त सम्म सेवा पुऱ्याउनु भयो। यो सबै माता मरियाकै दिव्यवाणीको कृपा हो भनिन्छ। ग्रोटोमा आएका भक्तजनका आस्था र विश्वास साथै भाकलहरू पूर्ण भएको धेरै तथ्यहरू पाइन्छ। 

यस्तैमा स्वर्गीय अब्छरा शर्मा (बाहुनी बोज्यू) को ग्रोटो माथि कस्तो आस्था थियो भनिन्छ भने आफ्नो छोरा-छोरी, नाता- नातिनीहरू घरदेखि टाढ़ामा काम गर्न साथै पढ्‌नलाई गएको समय बिहान बेलुकी कुनै पनि समय हातमा आफ्नै तुलसीको माला लिएर, ख्रीस्तीय धर्मवालम्बीहरू झैं माला जप गर्दै ग्रोटो जाने, साथमा फूल धूप मैनबत्ती पनि चढ़ाउनु हुन्थ्यो भनिन्छ। टाढ़ाबाट आएका सबैलाई एकचोटि ग्रोटोको दर्शन गराउनु हुन्थ्यो भनी उहाँको परिवार पक्षबाट सुन्नमा आइन्छ। सन्‌ 1958-59 तिर केहि कारणवश खरसाङ बजारमा माईरोगको कारण धेरैले ज्यान पनि गुमाएका थिए। यो माईरोगलाई हैजानै मानिन्थ्यो। गाउँघरमा सबै डरले भयभीत भएको बेला ग्रोटोमा उहाँले माता मरियालाई यो रोगको रोकथामका निम्ति पुकार्न थालिन रे, साँच्चै सपनामा बोज्यूले माताको दर्शन पाउनु भयो।

‘‘माता मरियाले खरसाङ शहर पट्टि फर्केर दुवै हातले रोकथाम गरेको जस्तो मुद्रामा उठाएको देख्नु भयो।’’ नभन्दै बोज्यूको सपना विपनामा परिणत भयो, केही दिनपछि खरसाङ शहरमा शान्ति छायो। 

अझै एउटा चाखलाग्दो घटना- त्यसबेला डाक्टर साहेबको धेरै नाम चलेको थियो। उहाँको असली नाम ब्रदर वाइस्सा नेपाल-भूटान सिक्किम (त्यसताक अलग छुट्टै देश) बाट पनि विरामी जचाउनु मानिसहरूको ओइरो लाग्थ्यो। यस्तैमा एउटी आमा आफ्ना सा विरामी नानीलाई लिएर डाक्टर साहेब कहाँ आइन्‌। अभाग्यवस तिनले त्यसदिन डाक्टर साहेबलाई भेटन असमर्थ भइन्‌। नानी फत्र्याक फत्र्याक हुँदा विचरी आमालाई के गुरु कसो गरु भइ गोहार माग्न थालिन्‌। हाम्रा पुरानो गुरुबाबु स्व. पिटर जोसफ ब्राह्मिन घर फर्कन्दा उहाँले भेटेर एकछिन पर्खनु होस्‌ म नानीको निमित्त दवाई लिएर आउँछु भनी केही बेरपछि ग्रोटोको पवित्र पानी ल्याएर दिनु भयो साच्चै केहीदिन पछि नानी संचो भएको समाचार प्राप्त भएको कुराहरू श्री ए.डी. सिंग सरद्वारा जान्नमा पाइन्छ। 

अर्को ग्रोेटोको साथमा कलवारी पार्कको महत्व अति रोचक स्थानमा अवस्थित छ। ग्रोटोदेखि केही वर दाहिने पट्टि रेन्जर्स कलेजको (आजको केन्द्रीय अकादमी वन शिक्षा केन्द्र) ठीक सिरानमा माथिल्लो पट्टि अवस्थित छ। अझै भन्ने हो भने सन्त मेरीजको गाउँको सिराननै भन्नु पर्दा दुइमत नहोला। कोही पनि भक्तजन ग्रोटोमा माता मरियाको दर्शन गरेपछि कलवरी पार्कको पनि दर्शनमा पुग्छन्‌। जहाँ यिशु ख्रीष्टको विराट सालीग निर्माण गरिएको छ। यसको आफ्नै महीमा छ। ग्रोटोबाट कलवरी पार्कमा विन्ती नचड़ाए प्रार्थना अपूरो हुन्छ भन्ने ख्रीस्तीय श्रद्धालु भक्तजनमा ठूलो विश्वास छ।

अन्य लेखहरू