पुस्तक लोकार्पण कार्यक्रम 

  • 2022-01-15 11:30:56

आज दिनांक 02/10/21, महात्मा गान्धी तथा भूतपूर्व प्रधानमन्त्री लाल बहादुर शास्त्रीको जन्म जयन्तीको शुभोपल्क्षमा स्थानीय विकासनगर, सालुगढ़ास्थित गोर्खा कल्याण संगठनको प्रांगणमा, कृषि विज्ञ, लेखक, चिन्तक र समाजसेवी डा. शरण कुमार रिजालद्वारा लिखित पुस्तक, सुपारी खेती तथा उद्योगको विधिवत लोकार्पण कार्यक्रम सम्पन्न भयो। बालिका श्रावंतिकाको सरस्वतिवंदनापछि कार्यक्रममा उपस्थित विशिष्ट व्यक्तिहरू, श्री कृष्ण कुमार कटवाल छेत्री, भारतीय प्रशासनिक सेवा, अवकाश्प्राप्त आयुक्त, मणिपुर सरकार; श्री भानुप्रकाश मार्मिक, वरिष्ठ साहित्यकार तथा समाजसेवी; श्री मिमलाल सापकोटा, वरिष्ठ समाजसेवी; श्री कृष्ण प्रधान, प्रख्यात हास्य-व्यंग साहित्यकार तथा नाटककार अनि श्री विष्णु छेत्री, अध्यक्ष, कालेबुङ कृषक संगठनको बाहुलीबाट उक्त लोकार्पण/विमोचनपछि श्री विष्णु छेत्रीले पुस्तकको व्यवहारिक उपयोगिता र तत्सम्बन्धि भविष्यको रणनीतिबारे ओजस्वी भाषण दिए। अरू वक्ताहरू भारतीय स्टेट ब्यांक, सालुगढ़ा शाखाका म्यानेजर श्री सौरभ सुन्दास, सिलगढ़ीका सक्रीय युवा समाजसेवी र पारिजात संघका श्री राजेश छेत्री, कालेबुङस्थित क्षेत्रीय कृषि अनुसन्धान केन्द्रका प्राध्यापक तथा प्रख्यात कथाकार डा. साजिद अली र त्यसै संस्थाका सहायक प्राध्यापक डा. अन्वेष राई; कृष्ण प्रधान; मणिपुर सरकारका अवकाशप्राप्त सहवन रक्षक श्री के. बी. कार्की, नेपाल सुपारी विकाश संस्थाका महासचिव श्री नीलकण्ठ तिवारी, सभाका अध्यक्ष्य भानुप्रकाश मार्मिक र प्रमुख अतिथी कृष्ण कुमार छेत्रीले आफ्नो सम्बोधनमा लेखक र उनको कृतिबारे सकारात्मक र रोचक प्रसंगहरू उजागर गरे। कार्यक्रममा लेखकको गीत सुपारी महीमा गाएर चर्चीत गायक विरेन्द्र प्रधानले दर्शकलाई मन्त्रमुग्ध बनाए। अरू तीनवटा नाँच प्रस्तुत गरेर स्थानीय बालीकाले कार्यक्रमलाई मनोरन्जनात्मक पारे। पुस्तकका कृतिकार डा. रिजालले पुस्तकले युवावर्गलाई कृषिआधारीत उद्यमी बनेर रोजगारको सृजन गर्ने अह्वान गरे भने स्वागत भाषण - राजु शासंकर, धन्यवाद ज्ञापन - अंजु छेत्री र संचालन जोहनी तामाङले गरेको थियो। कार्यक्रममा समाजका विभिन्न क्षेत्रका व्यक्तित्वहरू - प्रसाशान, वन, शिक्षण, कृषिविज्ञ, कृषक, गायन, फिल्मकार, वित्त, समाजसेवा,  साहित्य, मिडिया र  जनसाधारणको उपस्थितिले अनुपम र उत्कृष्ट भएको थियो।

अन्य लेखहरू