संस्कृति बाँचे जाति बाँच्छ

  • 2024-03-23 07:05:38
==>

डेस्क

हामी नेपाली भाषी गोर्खा जाति सधैँ हाम्रो भाषा, साहित्य, संस्कृति, समाज भनेपछि मरिमेट्‌ने हत्ते गर्छौ। किनभने हाम्रो जाति यिनै चिजहरूले विश्वमा चिनाउने साथै जाति बाँच्ने अनि आउने पिँढ़ीलाई सिकाउँन यो जरूरी छ। यसरी नै बड़ा दशैंको उपलक्ष्यमा नवरथा साथै फूलपाती शोभायात्रा गर्ने चलन धेरै वर्षैदेखि चलिआएको हो यो हाम्रो संस्कृति, परम्परालाई जगेरा गर्दै विभिन्न जग्गाहरूमा यस फूलपाती शोभायात्रा बड़ो धुमधामसँग मनाउने गरिन्छ। त्यसरी नै सिलगढ़ीमा भानुभक्त समितिको अगुवाईमा सिलगढ़ी क्षेत्र संलग्न इलाकाका सबै संघ-संस्थाहरू जस्तै देवकोटा संघ, दुर्गा जनकल्याण संगठन, सैनिकपुरी, राजफापरी, सालुगढ़ा, शिवनगर लगायत विभिन्न संघ-संस्थाले आ-आफ्नो झाँकी बाजा-गाजासहित डोली लिएर सिलगढ़ी शहर परिक्रमा गरेर प्रधाननगरस्थित रविरत्न ढुङ्‌गाना स्कूल परिसरमा आई  त्यसपश्चात त्यहाँ नृत्य प्रतियोगिता कार्यक्रमहरू रहेको थियो त्यसरी प्रत्येक वर्ष भानुभक्त समितिले यस फूलपाती शोभायात्रालाई सञ्चालन गरेर एउटा इतिहास रचेको छ। 

अन्तमा भानुभक्त समितिका महासचिव कृष्ण लामाले सबै सहभागी, सहयोगी, वरिष्ठ व्यक्तित्व सबैलाई यस कार्यक्रम सफल बनाएकोमा धन्यवाद दिएका छन्‌। त्यसरी नै मिलनमोड़, सालबारी, कदमतला, बाघडुग्रा लगायत दार्जीलिङ, गान्तोक, मिरिक, खरसाङ साथै भारत भरी नै गोर्खा बाहुल क्षेत्रहरूमा यस महान दिनमा शोभायात्रा निकालेर हाम्रो संस्कृतिलाई जगेरा गर्ने कार्य भएको छ यस कोरोना माहामारीलाई ध्यानमा राख्दै यी कार्यक्रमहरू सम्पन्न भयो।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ