कवि गिरी : आफ्ना कृतिहरूमा

  • 2022-01-16 07:33:55

सूर्यमणि शर्मा, सुकुना

नेपाली साहित्यरूपी पुष्प वाटिकामा दार्जीलिङ क्षेत्रबाट ढकमक्क फुलेर अल्प समयमै बिलाएका हाम्रा अविस्मरणीय पुष्पहरू हुन्‌ श्री रूपनारायण सिंह, अच्छाराई ‘रसिक’, नरेन्द्र कुमाई र अगमसिंह गिरी। यी दिवंगत स्रष्टाहरूका पुष्परूपी कृतिहरूका सुवासना नेपाली साहित्य संसारमा युग-युगान्तर छरिरहने छ। 27 दिसम्बर सन्‌ 1927 मा जन्मग्रहण गरी 31 जनवरी 1971 मा अल्पायुमै पञ्चतत्वमा विलीन बएका हाम्रा कवि अगमसिंह गिरी गोर्खा जातिका मात्रै नबएर साहित्य संसारकै एकजना निधि हुन्‌। 

आफ्नो जातिको निम्ति असाध्य गर्व र अभिमान राख्ने औ भाषा र साहित्यको निम्ति मरिमेट्‌ने कवि गिरी जीवनको चवाँलिस बसन्तमै हामीबाट बिछोड़िए ता पनि उनले हाम्रो साहित्य ढिकुटीमा अमूल्य रत्नहरू थुपारेर गए। प्रायः तीन दशकसम्म काव्य साधनामा लागेर ‘याद’, ‘आशुँ’, ‘युद्ध र योद्धा’ जस्ता खण्डकाव्य र ‘आत्मव्याथा’, ‘जीवन गीत’, नीरव-ध्वनि’, जलेको प्रतिबिम्बः रोएको प्रतिध्वनि’ जस्ता कविता संग्रह र अझै अनेकौं ृतिहरू प्रदान गरेर उनी हाम्रा गौरवका प्रतीक बनेका छन्‌। आफ्नो भाषा-साहित्य र जातिको उत्थानको निम्ति उनले मरणासन्न अवस्थासम्मै अविरल लेखिरहे।

जातीयताले ओतप्रोत बएको उनको बहुचर्चित ‘नौलवाखे तारा उदाए....’ लाई तिनताक सरकारी मञ्चबाट गाउनु-बजाइनु प्रतिबन्ध थियो, वर्तमानमा के छ भन्न सकिएन। तर उनको अमर कृति ‘जलेको प्रतिबिम्बः रोएको प्रतिध्वनि’ले सन्‌ 1979 मा प्रथम भानु पुरस्कार (मरणोप्राप्त) प्राप्त गरेर मूल्याङ्‌क पायो। कविको निधनको सात वर्षपछि प्रकाशित ‘जलेको प्रतिबिम्बः रोएको प्रतिध्वनि’ पचास फुटकर कविताहरूको संगालो हो। सन्‌ 1959 देखि 1970 सम्मका कविताहरू यसभित्र समाविष्ट छन्‌। प्रकृति प्रेम र कल्पनामा उड़ेका उनका प्रारम्भिक कालका केही कविताहरू यसमा परेका छन्‌ भने अन्य कविताहरू विद्रोह र आघातले पिरोलिएका छन्‌। 

सन्‌ 1962-63 ताका इन्द्रबहादुर राईका अगुवाइमा आयामिक आन्दोलनको आह्वानले जुर्मुराएका कवि गिरीले आफ्ना जीवनमा धेरै उच्चकोटिका कविताहरू रचना गरे। साहित्यमा गहकिलोपन र बौद्धिकताको आह्वान गरिएको आयामेली आन्दोलनको प्रभावमा गिरी पनि पर्न गए।

कवि गिरीलाई कोमल, लयदार काव्य सृजनाका प्रतीकको रूपमा मानिन्छ। उनका प्रारम्भिक कविताहरू प्रकृति प्रेम, भक्तिपूर्ण र आदर्शवादका सन्देशले भरिएका पाइन्छन्‌। उनको ‘याद’खण्डकाव्य)मा पलायनवादको स्पष्ट झल्को देखिन्छ औ यसमा रौशव-यौवन र बुढ़ापाको चित्रण सुन्दर र मार्मिक छ। दोस्रो खण्डकाव्य ‘आँशु’ करुणा रसले भरिएको छ। उनको त्यस ताकाका कविताहरूमा प्रेममा नैराश्य पाएर भक्कानिएको आवाज सुनिन्छ।

स्व-जाति, भाषा र प्रेमको अनौठा उदाहरण थिए कवि गिरी। स्वजाति सम्मानको साह्रै सराहना गरेर उनी जातिप्रति स्वाभिमानी बने। उनी स्वजाति अस्तित्वको प्रश्नमा पक्षपाती बन्न कत्ति पनि हिचकिचाएनन्‌।

कल्पनामा उड़िहिँड्‌ने कवि गिरीलाई जीवनका जटील समस्याहरूले जकड़ाएर कठोर बनाुँदै लग्यो। जीवनका वास्तविकताहरूका कटु अनुभवले उनलाई वेदनाका कवि बनायो। यसको पक्षमा श्री इन्द्रबहादुर राई ‘युद्ध र योद्धा’को भूमिकामा लेख्छन्‌- ‘... दुःखवाद नै गिरीको दिन र दृष्टि हो, रात र स्वप्न हो...।’ समय र परिस्थितिले कविको लय, शैली र दर्शनलाई परिवर्तन गरिदियो र उनी ‘विद्रोही कवि’ बन्न पुगे। तर विद्रोही नै बन्न परे तापनि उनले आफ्नो काव्यलाई निरस र शुल्क भने बनाएनन्‌, न त साहित्यमा शिष्टाचारको सम्मान र मर्यादाको उल्लंघन नै गरे।

खण्डकाव्यको खाँचोको क्रममा जन्म लिएको कवि गिरीको कान्छो अमर कृति सायद ‘युद्ध र योद्धा’ हो। यसमा हामीलाई अरूको युद्ध लड़िदिन बाध्य गराउने हाम्रो अतीतको विवशताप्रति आक्रोश र क्षोभ पोखिएको छ। गोर्खाले विश्वमा लड़ेका अरूका युद्धलाई हामीले अज्ञानतावश गौरव मानेकोमा हाम्रो खिल्ली उड़ाएर हामीलाई वास्तविकताको बोध गराइएको छ। यो कृति हाम्रो वास्तविक इतिहास बताउन र अधिकार माग्न साह्रै सक्षम भएको छ। ‘युद्ध र योद्धा’-ले भविष्यमा आउने हाम्रा नयाँ पीढ़िका सन्ततिहरूका निम्ति एउटा विशुद्ध, आदर्श र स्वतन्त्रतापूर्ण वातावरणको सृष्टि गरिनुपर्छ भन्ने भाव दर्शाएको छ।

सुगौली सन्धिपछि वास्तविक रूपमा गोर्खाको वीरत्व र बहादुरी थपक्कै थन्को लाग्छ। त्यसपछि देखा परेको तथाकथित बहादुरी केवल अर्काका लागि अर्पित शक्ति मात्र हुन्छन्‌। आफ्नो स्वाभिमानपूर्ण लड़ाई र विजय-गौरव त पृथ्वीनारायण शाहको नेतृत्वमा शुरु भई गीर्वाणको राज नायकत्व र भीमसेन थापाको प्रभुत्वकालमा आइपुगेर फेरि कहिल्यै नबढ्‌ने गरी थान्को लागिदिन्छ। नेपाली साम्राज्य वा शक्तिशाली संगठनात्माक प्रभुत्व प्रभुत्व फैलाउन जिउ-ज्यान अर्पेर लड़ाई गर्ने विश्व प्रसिद्ध ‘बहादुर’ गोर्खालीले टिस्टादिे काँगड़ासम्मको विशाल भूमि शत्रुलाई समर्पण गरी मेचीदेखि महाकालीसम्मको साँघुरो घेराभित्र आफूलाई अटाउनु पर्छ। राणारूपी ग्रहणले नेपालीहरूलाई रानी विनाको मौरी तुल्य बनाउँछ। नेपाली युवा शक्तिमा कालिमा छाउँछ र यो शक्ति निलिदिने शहु अंग्रेज (फिरंगी) हुन्छन्‌। तिनताकका हाम्रा (नेपालका) सामन्तहरूलाई नेपाली तन्नेरीहरू विदेशमा पठाउँदा तीनवटा नाफा हुने गर्थ्यो- पहिलो- देशका युवाहरू आफ्ना अधिकारको निम्ति अफूमाथि आइलाग्ने सम्भावनाको कमी। दोस्रो- फिरंगीहरू सन्तुष्ट हुने, तेस्रो- आफूलाई व्यक्तिगत रूपमा आर्थिक फाइदा समेत हुने। नेपालीहरूको विदेशमा सिपाही भर्ती परम्परा यसरी चलेथ्यो- सामन्तीहरूका स्वार्थलाई लिएर। कवि गिरीको ‘युद्ध र योद्धा’को पृष्ठभूमि पनि यही हो।

काव्यको आरम्भमा युद्धको विभीषिका दर्शाइएको छ, त्यसपछि योद्धा-वीरहरूलाई सम्बोधन गरिएको छ औ उनीहरूलाई राष्ट्रिय भावना देखाइएको छ बने अर्काको सेनामा भर्ना भई बहादुरी कमाउने भरौटे बहादुरलाई दिक्कारिएको छ, बरू राष्ट्रिय अस्तित्वका लागि मरिमेट्‌दै हाँसी-हाँसी प्राण विसर्जन गर्ने उनका शत्रुहरूको मुग्ध कण्ठले प्रशंसा गरिएको छ। किन भने गोर्खाले लड़िदिएको युद्धमा हाम्रो आफ्नो अहम थिएन जो शत्रुहरूमा थियो, त्यो त्याग, बलिदान र समर्पण थिएन जो रशत्रुहरूमा थियो, स्वदेशको निम्ति राखिइनु पर्ने त्यो महत्वाकांक्षा थिएन जो शत्रुहरूमा थियो। अतीतको निम्ति तीव्र पश्चातापको अनुभव गर्दै उनी आफ्ना योद्धाहरूलाई यसरी तीखो प्रहार गर्छन्‌ः-

तिम्रा शत्रुहरू थिए/थिए कति स्वतन्त्र तिमीभन्दा,

स्वाभिमानको युद्ध लड्‌दै/ विसर्जन गर्न आतुरिएका

थिए आफूलाई/ बलशाली अस्तित्व जोगाउन/

गौरवपूर्ण इतिहास बनाउन/ पराधीनता शून्य युद्ध

खोजिरहन्थे/ आत्माभिमानपूर्ण युद्धका/ ती थिए

स्वतन्त्र योद्धा।

वर्तमानका योद्धाप्रति कवि गिरी श्रद्धावान बन्न सकेका छैनन्‌, न त उनीहरूप्रति उनको शीर शक्तिले नतमस्तक हुन्छ। उनीहरूका सम्पूर्ण विवशतालाई बुझिदिएर क्षम्य मानी सहानुभूति प्रकट गरे ता पनि ती भूल र अपराधप्रति आँखा चिम्लेका भने छैनन्‌। गोर्खालीहरूले मरीमरी कमाएका बहादुरी, तक्मा र भिक्टोरिया क्रस (भी.सी.)लाई समेत फिक्का र निस्सार ठान्दै उनी यसरी धिक्कार्छन्‌।-

प्रशंसनीय पुरस्कार/ स्मृति चिह्न रण-प्राङ्‌गनको/ अमूल्य तक्माहरू हेरिरहू/ तक्मा सुँघिरहू/ तक्मा सुमसुमाइरहू!! भोकै निदाएकी छोरीलाई/ तिम्रा पदकहरू देखाइरहू/ खिलौना पाएकी स्वादमा/ भोकको ज्वाला विसर्जन सकोस्‌।

कवि गिरीको युद्ध र योद्धालाई धेरैले ‘गुनासो र गन्थनले भरिएको काव्य’ छानेका छन्‌। तर उनको गुनासो र गन्थनभित्र राष्ट्रिय भावना धपक्क बलेो छ, राष्ट्रियताको हड़कारो आवाज छ। जुन राष्ट्रियता बोक्रे छैन। अंग्रेजले दिएको तक्मा र ‘बहादुर’ पद पृथ्वीनारायणसँगै मरेको कुरो कवि स्वीकार्छन्‌ आफ्नो काव्यमा। यसैले वर्तमान समय खराब भएकोले केही कालसम्म राम्रो सन्तान जन्मने समयलाई कटौती गरिदिन र भावी मूल्यवान सन्तानलाई आफ्ना असल समय लगाइ यहाँ नजन्मन प्रेरणा यसरी दिन्छन्‌ः-

‘तिमी तिम्रो भोलिको मूल्यवान जन्म बोकेर अहिले

न आइहाल यहाँ...’

दोस्रो विश्व-युद्धमा हाम्रा निःस्वार्थ गोर्खा सैन्यहरू कति शहीद बने त्यसको लेखा-जोखा छैन। राज्य र देश अर्काको बढ्‌ने, तर मर्ने चाहिं गोर्खाहरू। मानो ‘गोर्खा’ बनिने वस्तु बलिको राङ्‌गो हो। यस्ता विवश अवस्थाहरूलाई चिन्तन गर्दा कुनै पनि राष्ट्रवादीका हृदयमा कति चोट लाग्छ भनेर साध्य छैन। यसैले कवि ती विवश तर निस्काम सैन्यहरूलाई यसरी सम्बोधन गर्छन्‌ः

तिम्रो समर्पण थियो, सपना थिएन।

तिम्रो विसर्जन थियो, विपना थिएन।

तिम्रो उत्सर्ग थियो उद्देश्य थिएन।

युद्ध त्यो आफ्नै थिएन तिम्रो।

तिमीले त आफूभित्रको आफूलाई मारेर।

आफ्नै चिहानमाथि ब्युँझनु परेको थियो।

यसरी कवि गिरीको ‘युद्ध र योद्धा’ शोक र गुनासोले भरिएको छ। तर शोकमा पिञ्चे रूवाइ नभएर व्यापक राष्ट्रिय आदर्शको चुलि छ। आफ्नो जातिको राष्ट्रिय अस्तित्व भनेपछि हुरूक्कै हुनु उनको काव्यको मूल विशेषता हो। जातिको हितका लागि उनी रोएको देखिन्छ। वास्तवमा यो रूवाई खास रूवाई नभएर जातीय अस्तित्वको झक्‌झक्याइ हो, जुर्मुऱ्याइँ हो। आफ्ना पुराना भूलहरू सम्झँदै र सम्झाउँदै नेपालीहरूको भलाई गर्ने विचारले यस काव्यमा कवि रोदनमय विरोधको हिक्का काड़छन्‌। काव्यले साम्राज्यवाद, सामन्तवाद, अधिनायकवाद जस्ता जाति विरोधी तत्वहरूको खोइरो खनेको छ।

विश्वमा नेपालीहरूले ‘गोर्खा’ भएर नलड़ेको युद्ध नै कहाँ छ र? आज युद्धको पर्यायवाची शब्द नै गोर्खा भएो छ। यदि युद्धको इतिहासबाट ‘गोर्खा’ शब्द झिकिदिए त्यो इतिहास इतिहास हुन सक्तैन। यो कुरो हामी गोर्खाले आज गर्वसित भन्न सक्छौं। अफगानहरूसँगको युद्धमा रणजीत सिंहको पक्षमा हाम्रा वीर बलभद्र शहीद हुँदा त्यहाँ बलभद्र मात्र थिएनन्‌ तर उनका साथ हजारौं गोर्खा वीरहरू पनि शहीद भए। तर उनीहरूको कुनै लेखा-जोखा छैन। सइप्रस, बोर्निया, मलाया, फकल्याण्ड र आजसम्म पनि कारगील, काश्मीर र देशका सिमानाहरूमा लड्‌ने र प्राण विसर्जन गर्ने हाम्रै गोर्खाहरू छन्‌।

कवि गिरीले ‘युद्ध र योद्धाको अन्ततिर भोलि जन्मिने उज्ज्वल सूर्यको गतिलो विश्वास बोकेका छन्‌। यसैले उनी विरही बने पनि निराशावादी भने छैनन्‌। ुनमा आत्मविश्वास छ। यस काव्यमा गिरीको सबैभन्दा ठूलो गुण राष्ट्रवाद र जातिवाद रहेको छ। सोझै हेर्दा यो काव्य युद्ध विरोधी देखिए तापनि गिरीमा वीरत्वप्रति अनास्था छैन। नालापानीको वीर-वीराङ्‌गानाप्रति उनी गर्वित र श्रद्धावान छन्‌। त्यस युद्ध नेपालीहरूलाई सुहाउने खास युद्ध थियो र जसलाई वीरतापूर्ण इतिहासको एउटा स्वर्णीम अध्याय छान्दै ुनी भन्छन्‌-

तिनैको युद्ध थियो त्यो

आत्मा-प्रतिष्ठाको युद्ध

जन गौरवको युद्ध

देश रक्षाको युद्ध

जिुँदो बलभद्रले, छातीमा नेपाल बोकेर

लड़ेको गौरवपूर्ण युद्ध थियो त्यो

आमाहरूले बालकलाई

दूध चुसाउन छोड़ेर शत्रुमाथि आघात खसाउन

सुरिएको युद्ध थियो त्यो।

कवि गिरीका अभिव्यक्तिबाट पाठकहरूको हृदय पगलिन्छ। उनी नेपालीका हृदयभित्र बएा वुमुल खुल्दुलीलाई व्यक्त्याउँदै, आफ्नो वर्तमान अस्तित्वमाथि गुनासो पोखाुँदै युवा-पीड़िलाई हिंसात्मक युद्धमा अग्रसर नगराएर उनीहरूलाई अस्तित्वको निम्ति शान्तिपूर्ण संघर्षहरूमा अग्रसर हुने आह्वान यसरी गर्छन्‌ः

‘हाम्रो अस्तित्वको युद्ध अब

हिँड़िदेऊ बोकेर छाती-छातीमा

मेरो ललकार, मेरा युवा पीढ़िलाई।’

भारतीय नेपाली साहित्यको काव्य क्षेत्रमा कवि अगमसिंह गिरीको एउटा अलग्गै स्थान छ। सरल भाषाशैली र गीतिमय अभिव्यक्ति उनका प्रमुख आधारहरू हुन्‌। वर्तमान सामाजिक, साहित्यिक, सांस्कृतिक र राजनैतिक स्थिति, वातावरण र व्यवहारमा ह्रास देखा परेको समय गिरी झैं बहु प्रतिभाशाली व्यक्तित्वको खाँचो हाम्रो समाज र जातिलाई छ। कवि गिरी गाँस-बास र कपासको निम्ति कहिल्यै अन्याय सहेर बसेनन्‌, बरू अन्याय र अत्याचारको विरोधमा सदैव आफ्नो आवाज बुलन्द गरे। जसले आफ्ना जाति र देशका निम्ति कामना राखे औ भोलिका लागि प्रतापी सूर्य स्वरूप नेपालीहरूका अस्तित्व कायम रहोस्‌ भन्ने शुभकामना स्वरूप अभिव्यक्ति यसरी पोखेः

नयाँ सूर्यको नयाँ ज्योत्सना

नव प्रारम्भको नव आलोक

हाम्रो आकाश-आकाशमा फैलिएको होस्‌।

हाम्रो धरती-धरतीमा सजिएको होस्‌!!

अन्य लेखहरू

ज्वानो 
  • 2022-01-17 10:11:19