मेषः यो महिना तपार्इंको लागि अंग्रेजी नयाँ सालको आगमनको साथै केहि घरेलु चिन्ता, आफ्ना आफन्तमा मनमुटाव रहने समय छ। तर महिनाको मध्ये उत्तरार्धमा शुभ समाचारको कारण केहि शान्ति रहने छ। सरकारी नोकरी गर्नेहरूको लागि समय सामान्य छ। योग विलासितातर्फ मन जाने समय आउने देखिन्छ। रोजी रोजगारी मध्ये व्यापारी गृहस्थी, नोकर-चाकर, अन्न-धन्न यान-वाहन, भूमि-भवन आदि क्षेत्रमा काम गर्नेहरूको लागि समय सामान्य रहनेछ। शुभ कामको लागि यो महिनाका मुख्य ता. 1. 4, 5, 11, 13, 17, 22, 24, 26, 30, शुभ रंग रातो अशुभ कालो।

 

वृष : यो महिना तपार्इंको लागि अंग्रेजी नयाँ सालको आगमनको साथै शुभाशुभ मिश्रित फलकारक हुने समय आउने देखिन्छ। पत्नी पुत्रसँग मदभेद रहने खर्चले चिन्ता बढ्‌ने खालको खर्चकारी योग आउने देखिन्छ। रोजीरोजगारीवाधा कार्य क्षेत्रमा रोकावट स्वास्थ्यमा गड़बड़ीले गर्दा पनि समय चिन्ताकारी समय देखिन्छ। साझेदारीको काममा बाधा, आफ्ना मानिसबाट धोका मिल्ने समय छ। रोजी रोजगारी मध्ये व्यापारी, नव दम्पती युवा-युवती, डाइभर-खलासी, शिक्षक-विद्यार्थी लेखक-पाठक, साहित्यकार आदि क्षेत्रमा काम गर्नेहरूको लागि समय सामान्य रहने छ। शुभ कामको लागि यो महिनामा शुभ ता. 2, 4, 6, 8, 12, 15, 16, 18, 25, 26, 29, 31, शुभ रंग सेतो इन्द्रेणी, अशुभ पहेंलो।

 

मिथुन : यो महिना तपार्इंको लागि अंग्रेजी नयाँ सालको आगमनको साथै शुभाशुभ मिश्रित फलकारक हुने समय आउने देखिन्छ। महिनाको मध्ये उत्तरार्धमा केही लाभ मिल्ने, कर्मचारीवर्गबाट केहि तालमेल नहुने कारण केहि सामान्य हानी हुने समय छ। कामको दौड़धुपले गर्दा कार्य क्षेत्रमा लगानी गर्नको लागि धनको अभाव रहने देखिन्छ। घर-परिवारको चिन्ता स्वास्थ्यमा गड़बड़ी छिमेकीसँग मनमुटाव, जग्गा-जमिन सम्बन्धि वाद-विवादले सताउनेछ। रोजी-रोजगारी मध्ये व्यापारी लेखक, पाठक, साहित्यकार, शिक्षक, विद्यार्थी स्वदेशी प्रदेशी, नारी-पुरुष सबैवर्गलाई सामान्य रहने देखिन्छ। शुभ कामको लागि यो महिनाका शुभ ता. 2, 5, 6, 9, 10, 12, 13, 17, 18, 24, 25, 27, शुभ रंग हरियो गेरुवा अशुभ सेतो।

 

कर्कट : यो महिना तपार्इंको लागि अंग्रेजी नयाँ सालको आगमनको साथै धेरै परिश्रमले अल्प लाभ हुने समय आउने देखिन्छ। खर्चले गर्दा पनि चिन्तामय रहनेछ। महिनाको मध्यपूर्वमा श्रेष्ठ मानिसको संगतले लाभ मिल्ने छ। घर-परिवार सुुख, तलमाथि मन मुटावले गर्दा मनमा केहि अशान्ति रहने छ। भूमि भवन यान वाहन आधि क्षेत्रमा काम गर्नेहरूको लागि लाभ मिल्नेछ। रोजी रोजगारी मध्ये व्यापारी लेखक पाठक, साहित्यकार, खाना खजाना, आदि क्षेत्रमा काम गर्नेहरूको लागि धनोपार्जनको स्थिति मिल्ने छ। होशियार रहन पर्ने यो महिनाका अशुभ ता. 4, 5, 6, 11, 12, 17, 18, 21, 25, 27, 31, शुभ रंग सेतो घीउ, अशुभ कालो।

 

  • 2024-03-23 07:58:46
==>

सिंह : यो महिना तपार्इंको लागि अंग्रेजी नयाँ सालको आगमनको साथै आफ्नो उद्देश्यको कामना पूर्ण रूपले अगाड़ी बढ्‌ने कारण मनमा शान्ति मिल्नेछ। गृहस्थी जीवनमा घर-परिवारमा पनि सुख शान्ति मिल्ने समय आउने देखिन्छ। तर छर-छिमेकीसँग केहि तर्क वितर्कले गर्दा वाद-विवादकारी योग पनि देखिन्छ। महिनाको मध्य उत्तरार्धमा पत्नीसँग केहि मन मुटावको स्थिति देखिन्छ। नविन कार्यको योजना अगाड़ी पढ्‌ने समय छ। सबैवर्गका नारी पुरुषहरूलाई समय सामान्य रहने देखिन्छ। शुभ कामको लागि यो महिनाका शुभ ता. 2, 3, 7, 8, 13, 14, 19, 25, 26, 30, शुभ रंग रातो सुन्तला, अशुभ कालो।

 

कन्या : यो महिना तपार्इंको लागि अंग्रेजी नयाँ सालको आगमनको साथै सामान्य सफलता मिल्ने, सामाजिक, आर्थिक सामान्य रहने छ। राजनैतिक क्षेत्रमा काम गर्नेहरूको लागि समय केहि तलमाथि हुने छ। घर-परिवार, आफ्ना-आफन्तमा वाद-विवाद भए पनि बिनाकारण रिस राग क्रोधले गर्दा कार्य क्षेत्रमा हानी हुनेछ। योग विलासितातर्फ मन जाने कारण होशियार रहनुपर्ने समय आउने देखिन्छ। स्त्री पुत्र सन्तानहरूको सहयोगले कुनै रोकिएको काम पनि हुने देखिन्छ। रोजी रोजगारी मध्ये व्यापारी  यान-वाहन, भूमि-भवन, आदि क्षेत्रमा काम गर्नेहरूको लागि समय सामान्य रहने छ। शुभ कामको लागि यो महिनाका शुभ ता. 3, 5, 8, 9, 12, 13, 18, 19, 24, 26, 29, शुभ रंग हरियो गहूँ, अशुभ सेतो।

तुला : यो महिना तपार्इंको लागि अंग्रेजी नयाँ सालको आगमनको साथै सामान्य फलकारक हुने देखिन्छ। आत्माबल बढ्‌ने छ। मनोरञ्जन क्षेत्रमा कामहरूको लागि लाभकारी समय देखिन्छ। कार्य क्षेत्रमा आएको अड़चन हटाई अगाड़ी बढ्‌ने खालको समय आउने देखिन्छ। घरमा भूगल कार्यको खबरले आफ्ना आफन्तसँग तालमेल मिल्ने समय छ। नोकरी गर्ने वर्गको लागि उच्च अधिकारीहरूको दवाब रहने देखिन्छ। व्यापार र सामान्य रहनेछ। आमा-बाबाको सहयोग मिल्ने, धन सम्पत्तीको निम्ति केहि अपमान सहन गर्नुपर्ने देखिन्छ। आत्मबल बढ्‌ने साथै आर्थिक स्थिति केहि सुध्रने खालको समय आउने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ता. 1, 4, 6, 10, 17, 18, 23, 24, 28, शुभ रंग सेतो इन्द्रेणी, अशुभ पहेंलो रातो।

 

वृश्चिक : यो महिना तपार्इंको लागि अंग्रेजी नयाँ सालको आगमनको साथै धनको दुरूपयोग रोक्नुपर्ने योग देखिन्छ। यान-वाहन,भूमि-भवन आदि क्षेत्रमा काम गर्नेहरूको लागि समय सफलतापूर्वक छ। कार्य क्षेत्रमा अगाड़ी गरिएको लेनदेनको विषयमा वादविवाद छ। इष्टमित्र, आफ्ना-आफन्तमा पनि वाद-विवाद हुने समय देखिन्छ। कुनै गुप्त शत्रुको कारण ठूलो हानी हुने समय आउने देखिन्छ। रोजी रोजगारी मध्ये व्यापारी, शिक्षक-विद्यार्थी लेखक, पाठक, साहित्यकार, नव युवा-युवती, नयाँ दम्पती सबै प्रकारका नारी-पुरुषलाई मनोरञ्जन कारक यात्राको समय देखिन्छ। शुभ कामको लागि यो महिनाको शुभ ता. 2, 3, 10, 11, 20, 25, 29, 31, शुभ रंग रातो, अशुभ पहेंलो।

 

धनुः यो महिना तपार्इंको लागि अंग्रेजी नयाँ सालको आगमनको साथै सामान्य फलकारक हुने देखिन्छ। शत्रुबाट सावधान रहनुपर्ने देखिन्छ। सामाजिक कार्यकर्ताहरूको लागि मान-सम्मान, पद-प्रतिष्ठा साथै कामको भार पनि बढ्‌ने देखिन्छ। कार्य क्षेत्रमा केहि परिवर्तन आउने देखिन्छ। ऋृणको लेनदेनले गर्दा मनमा अशान्ति साथै साथीसंगी इष्टमित्रसँग पनि वाद-विवाद हुने विवादकारी योग परेको देखिन्छ। गृहस्थी जीवन अनुकुलता रहने साथै योग विलासी मध्ये व्यापारी अन्न-धन्न जलपान यान-वाहन, भूमि-भवन, होटेल-लज आदि क्षेत्रमा काम गर्नेहरूको लागि समय सामान्य रहने देखिन्छ। होशियार रहनपर्ने यो महिनाका अशुभ ता. 3, 4, 10, 12, 14, 18, 22, 26, 28, 30, शुभ रंग पहेंलो गेरुवा, अशुभ कालो।

 

मकरः यो महिना तपार्इंको लागि शुभाशुभ मिश्रित फलकारक हुने देखिन्छ। पहिलाको ऋृणको केहि अंश घट्‌ने कारण मनमा सामान्य शान्ति रहने छ। घर-परिवारमा केहि मन मुटाव भई केहि चिन्ता हुने समय छ। घर झगड़ा आर्थिक कमीको कारण मन अशान्ति भए पनि गरिरहेको काममा केहि बाधा आए पनि अगाड़ी बढ्‌ने कारण अर्थ लाभ मान-सम्मान बढ्‌ने समय पनि उत्तरार्धमा आउने देखिन्छ। रोजी रोजगारी, मध्य व्यापारी, नव युवा-युवती, स्वदेशी-विदेशी नव दम्पती, शिक्षक विद्यार्थी, कागज-पत्र कलाकार, पत्रकार, चित्रकार सबैवर्गलाई समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ता. 1, 5, 6, 9, 12, 13, 19, 24, 25, 27, 29 शुभ रंग निलो कालो, अशुभ रातो पहेंलो।

 

कुम्भः यो महिना तपाईको लागि अंग्रेजी नयाँ सालको आगनको साथै सरकारी नोकरी गर्नेहरूको लागि पदोन्नती मिल्ने समय आउने देखिन्छ। सामाजिक कार्यकर्ताहरूको लागि मान-सम्मान, पद-प्रतिष्ठा मिल्ने समय देखिन्छ। बुद्धि-विवेकले कार्य गरेमा लाभ मिल्ने समय छ। आर्थिक स्थितिमा केहि गड़बड़ी छ पारिवारिक जीवनमा केहि सामान्य वाद-विवादकारी योग देखिन्छ। आफ्नो मनमानीले कार्य गरेमा हानीको सामना गर्नुपर्नेछ। कलाकारीवर्गको लागि समय सामान्य रहने देखिन्छ। रोजी रोजगारी मध्ये व्यापारी उद्योगी मिहिनेती कलाकार पत्रकार, साहित्यकार, रिपोर्टर आदि क्षेत्रमा काम गर्नेहरूको लागि समय सामान्य रहने देखिन्छ। शुभकामको लागि यो महिनाका शुभ ता. 1, 6, 7, 10, 12, 14, 19, 20, 25, 26, 30, शुभ रंग निलो अकाशे कालो, अशुभ पहेंलो, रातो।

 

मिनः यो महिना तपार्इंको लागि अंग्रेजी नयाँ सालको आगमनको साथै अल्पकालीन उत्साहको स्थिति मिल्ने धनमन भय यशस्वी कार्य गर्ने अवसर मिल्ने समय देखिन्छ। भौतिक सुख-सुविधामा वृद्धि, भाग्य पूर्वजन्ममा राम्रो काम गर्नेलाई धर्मकर्म परोपकार आदि क्षेत्र काम गर्नेहरूको लागि समय लाभकारी हुनेछ। व्यापारीवर्गको लागि नयाँ कार्य क्षेत्रको विस्तार मिल्ने देखिन्छ। महिनाको मध्यउत्तरार्ध कार्य क्षेत्रमा अनुकुलता भई आफ्ना आफन्तमा विवाद हुनेछ। रोजी रोजगारी मध्ये व्यापारी, लेखक, पाठक, पण्डित, पुरोहित, साधु सन्त, योगी-महन्त शिक्षक विद्यार्थी सबैवर्गका नवयुवा-युवतीहरूको लागि धर्म अर्थ काम मोक्ष जीवन साथी मिल्नेछ। शुभकामको लागि यो महिनाका शुभ ता. 3, 5, 8, 11, 15, 18, 21, 23, 27, 30, 31 शुभ रंग पहेंलो गेरुवा, अशुभ कालो।

 

ааЁаҐЌаЇ аІаҐаа№ааҐ

ज्वानो 
  • 2024-03-23 07:59:23