‘‘मानव मौलिक अधिकार एसोसिएशनको भूमिका’’

  • 2022-05-24 15:50:00

विशेष मानव अधिकार यो अन्तराष्ट्रीय संस्था मानिएको भए तापनि भारतमा भने 1993 मा अस्तित्वमा आएको तथ्य पाइन्छ। ‘‘मानव अधिकार आयोग’’ भनि भारतको सरकारी संस्था हो तर यसै संस्थालाई मूल रूपमा शिरोपर गरि भारतभरी विभिन्न नामकरण गरि ‘‘मानव अधिकारलाई संरक्षण दिनलाई विभिन्न संस्था एनजीओ-को स्थापना भएर मानव हितको निमित्त काम गरिरहेका छन्‌। त्यस्तै ‘‘मानव मौलिक अधिकार एसोसिएशन’’ पनि भारतको राजधानी दिल्लीमा स्थापित भएको छ। 

भारतको विभिन्न राज्यहरूमा अस्तित्वमा आएको छ त्यसैगरि 2010 देखि पश्चिम बंगालमा पनि यस संस्थाको राज्य समिति गठन भइ मानव अधिकारको निमित्त क्षमताअनुसार कार्य गर्दै आइरहेको छ। यस संस्थाले कुनै पनि विषयको मुद्दामा पीड़ित मानिसको समस्या बुझी संस्थागत रूपमा पुलिस प्रशासनदेखि लिएर विषय वस्तु अनुसार मानव अधिकार आयोग, राष्ट्रीय महिला आयोग र विभिन्न तहका सरकारी कार्यालय र मन्त्रीसम्म सम्पर्क राखेर लेखापढ़ी चलाइ सक्दो पीड़ित मानिसलाई सहयोग गर्ने गर्दछ। यस संस्थाले पीड़ितबाट कुनै शुल्क लिने गर्दैन यसका सदस्यहरूले नै आफ्नो कमाइको रकमबाट संग्रह गरि खर्च गर्ने गर्दछ। आजप्रान्त यस संस्थाले धेरथोर मानव हितको निमित्त कार्य गर्दै सफल भएको छ। 

यस संस्थासित जोड़िने व्यक्तिहरू सम्पूर्ण रूपले निःस्वार्थ भावनाका र पुलिसमा कुनै अप्राधिक मुद्दामा दण्डित अनि मुद्दा चलिरहेको र राजनैतिक नेतृत्व रहेका व्यक्तिलाई सदस्यता दिइन्दैन।

यसै सन्दर्भमा विगत वर्षहरू झैं 10 दिसम्बर 2021-को दिन बाग्राकोटको भीमसेन भवनमा मानव अधिकार दिवस संक्षिप्त रूपमा सम्पन्न भयो। मानव मौलिक अधिकार एसोसिएशन पश्चिम बंगाल राज्य समितिद्वारा आयोजित त्यस समारोहका अध्यक्षता राज्य समितिकै उपाध्यक्ष श्री एस रामतेलले गर्नु भएको समारोहका प्रमुख अतिथि बाग्राकोट चिया कमानका वरिष्ठतम प्रबन्धक श्री ज्ञान प्रकाश दिक्षित रहनु भएकोमा अन्य विशिष्ठ अतिथिहरूमा मानव मौलिक अधिकार एसोसिएशनका पश्चिम बंगाल राज्य समितिका अध्यक्ष बी.बी. विश्वकर्मा, सचिव उषा गहतराज नन्दी, कथाकार अशोक रोका, साहित्यकार गोपाल सिंह विश्वकर्मा, महात्मा अम्बे बाइजी, हर्षकुमार, कप्तान जी.बी. तामाङ, निमन्ती कुजुर, सगन मोक्तान रहेका थिए।

त्यस समारोहमा सचिव उषा गहतराज नन्दीले स्वागत वक्तव्यसितै हाम्रो मौलिक अधिकार के के हुन्‌ भन्ने कुराको प्रकाश पार्नु भयो। 

विशेष गरि बाग्राकोट संलग्न केही प्रतिभाहरू जसले ‘‘मानव हितको निमित्त वर्षौंदेखि सेवा दिँदै आइरहेका छन्‌ तिनीहरूलाई विभिन्न सम्मान पत्रद्वारा सम्मानित गर्न सक्षम भयो। 

स्व. सुकमान मोकान ‘मर्णोप्रान्त’ सम्मान पत्र उहाँको सुपुत्र सगन मोक्तानको हातमा हस्तान्तरण गरियो त्यसै गरी यसै संस्थाका कर्मठ सदस्य स्व. सेमन कुजुरको मर्णोप्रान्त सम्मान पत्र उन्की धर्मपत्नी निमान्ती कुजुरको हातमा हस्तान्तर गर्न सफल भयो। 

2021 को नेपाली साहित्यका कलाकार अशोक रोकाज्यूले स्रष्ठ पुरस्कार प्राप्त गर्न भए वापत ‘‘अभिनन्दन पत्र’’-द्वारा सम्मान गरियो। आफ्नो सम्पूर्ण जीवननै अध्यात्मिक क्षेत्रमा समर्पण गरि मानव हितको निमित्त काम गरी रहनु भएकी माहत्मा अम्बे बाइजीलाई ‘‘कदर पत्र’’-ले सम्मान गरियो। लेखक साहित्यकार श्री गोपाल सिंह विश्वकर्मा, सामाजिक कार्यको निमित्त श्री हर्ष कुमार, कप्तान जी.बी. तामाङ र डा. दीपक रञ्जन दास एम.बी.बी.एस.-लाई ‘‘सम्मान पत्र’’-द्वारा अलंकृत गरियो। 

त्यसरी नै पश्चिम बंगालदेखि अन्य राज्यमा सामाजिक कार्यगरे वापद श्री तारा रामतेल अनि श्री सिकन्दर कुमार शाहलाई प्रशंसा पत्रले सम्मान गरियो। 

कोविद 19 कोरोनाकालमा आफ्नो क्षेत्रका पीड़ित मानिसहरूलाई निरन्तर सेवा गरे वापत लेवर वेलफेयर अफिसर श्री राहुल शर्मा र सुरेश केरकेट्टालाई ‘‘प्रशस्ति पत्र’’-द्वारा सम्मानित गरियो। 

यसै संस्थाका निरन्तर सक्रिय रहँदै संस्थाको काममा गति प्रदान गर्ने सदस्य/सदस्यालाई राष्ट्रीय समितिको तर्फबाट प्रशस्ती पत्रद्वारा सम्मान गरियो। कार्यक्रममा उपस्थित दिएर सहयोग प्रदान गरि समारोह सफल बनाइदिने सबैलाई एसोसिएशनको पक्षबाट खदाअर्पण गरि स्वागत जनाएर त्यसदिनको कार्यक्रम समापन गरियो। संस्थाबारे जानकारीको निम्ति सम्पर्क : 9733050844/8695119502

अन्य लेखहरू