मानिस, मानिस जस्तै भएर बाँच्न चाहने प्रेमकुमार शर्मा : संक्षिप्त कैरन

  • 2024-03-23 07:59:15
==>

- बि. घिमिरे, बिजनबारी

बिजनबारीको माटोमा अग्नि शमन विभागको एउटा पाटो स्थापना भएर यस निकायले वर्त्तमान समयसम्मको यात्रा तय गरिसकेको छ। यस दौरान निकायले अझ सक्रिय बनाई राख्न यहाँ आरम्भ कालदेखि धेरै अफिसर इञ्चार्जहरू सरूवा हुँदै आए अनि गए। उनीहरूले केवल सरकारी नोकरी भनी केवल औपचारिकता मात्र निभाए स्थानीय मानिसहरूसँग सम्पर्कमा आउन चाहेनन्‌ कसैले। समयको गतिचाल अविराम गतिले बित्दै गयो। यस्तो स्थितिमा कर्मचारीवर्गले एकनासे जीवन र त्रासद यथार्थको बन्धनमा परेर भित्रभित्रै भुसको आगो झैं भएर समय बिताइरहेका थिए। सरकारी निकायको रूपमा क्षेत्रमा स्थापित भएर मात्र हुँदैन स्थानीय मानिसहरूसित पनि समस्याहरूको निराकरणबारे पनि चर्चा-परिचर्चाको खाँचो पर्दछ। तर जति अफिसर इञ्चार्जहरू यस अग्निशमन केन्द्रमा आए तर कसैले पनि यस दिशातर्फ ध्यान दिन सकिरहेका थिएनन्‌। समय बित्दै जाँदा बितेका 2014 देखि अफिसर इञ्चार्जको पद ग्रहण गर्दै कर्मशील व्यक्ति प्रेम कुमार शर्माको आगमन भयो।  अग्निशमन केन्द्रमा अव्यस्थित कार्यप्रणाली सबै सबै संरक्षित र व्यवस्थित ढंगमा राख्न कम्मर कसेका थिए। उनी भन्ने गर्थे कर्मचारीलाई यति लामो समयसम्म तिनीहरू घोर निन्द्रामा थियौ, अब उठ, जाग धेरै अधुरो काम कुरो सिध्याउनु पर्छ काम गर्नपर्छ, सरकारले त्यसै पगार दिँदैन भन्ने गर्थे। युवा कर्मचारीहरूसँग खुबै गफ लड़ाउथे, काम पनि खुबै गराउथें। कर्मचारी युवाहरू शर्मा सहाबको अघि काम गर्न रूचाउँथे। 

प्रेम कुमार शर्माको कर्मथलो बिजनबारी हुन सके तापनि उनको जन्म थलो भने खरसाङ हो। उहाँको जन्म 26 फरवरी 1959 सालमा माता कौशल्या देवी अनि पिता पुष्पलाल काफ्लेको कान्छो छोरोको रूपमा भूतल टेक्न आएका प्रेम कुमार शर्मा हेर्दा हेर्दै 62 वर्षको खुड़किलो टेकी सकेका छन्‌। सानैदेखि सबैसित  छट्टा रमाइलो गर्दै बात-चित गर्ने बानीले उनले सजिलैसित अरूको मन जित्ने प्रवृतिका व्यक्ति हुनपुगे। यस्तो वातावरणमा कर्मचारीवर्गले धेरै दिन पश्चात राहतका सास लिएका थिए भनी आफ्नो कुरा राख्ने गर्छन्‌। 

श्री प्रेम कुमार शर्मा सानो छँदा उनले खरसाङको बरबुङ बस्तीस्थित प्राथमिक पाठशालाबाट प्रारम्भिक शिक्षा सिद्धाए पश्चात खरसाङकै पुष्परानी उ.मा. विद्यालयबाट स्कूल फाइनलसम्मको शिक्षा आर्जन पछि 12औं श्रेणीको शिक्षा ज्ञान खरसाङकै महाविद्यालयबाट प्राप्त गरेका हुन्‌ भने स्नातक सम्मको शिक्षाज्ञान मिलनमोड़बाट प्राइभेटबाट आफ्नो शैक्षिक समाप्त गरेका हुन्‌। उनले आफ्नो जीवनकालको पहिलो पाइदानमा सरकारी नोकरी अग्नि शमनमा आरम्भ गरेका हुन्‌। यसरी नोकरी आरम्भ गर्दा प्रथमतः फायर अपरेटरको पदमा पाइला टेकेका हुन्‌ अनि फेरी सह-अधिकारीको पद्‌भार पनि सम्हाले पश्चात अफिसर इञ्चार्जसम्मको ओहोदामा पुग्न सके। 

उनले आफ्नो सरकारी पेशामा छँदा 86 सालको उग्र आन्दोलनको चपेटमा परेर आहत भएका थिए। त्यो क्षण उनी मानसिक झटारोका शिकार हुन पुगेका थिए। उक्त समयकालमा चारैतिर आगलागी काण्डमा आगोलाई नियन्त्रणमा ल्याउन खोज्दा आन्दोलनकारीको सामुने ठूलो संकट झेल्नु परेको थियो। एकापटि प्रशासनको पनि दवाउ सहनु परेको थियो। यस्ता घटनाक्रमको तितो सत्यहरू भूल्न चाहे पनि भुल्नै नसक्ने स्थितिमा थियौं। आज समय बितेर गयो तर आज पनि कता-कता त्यो अप्रिय घटनाको स्मरण यो हृदयको पाटाहरूमा झस्किरहन्छ भन्ने गर्छन्‌ शर्मा साहब। यस्तो परिस्थितिमा आफ्नै कर्मचारीहरूको सुरक्षा हुन नसक्दा अग्नि शमन नै केही समयको निम्ति बन्द गर्नु पर्ने स्थिति आइपरेको थियो। 

प्रेम कुमार शर्मालाई चट्ट हेर्दा बुझ्नै नसकिने उनका प्रवृति। उहाँका प्रवृतिलाई पर्गेल्दा जान्नमा आउँछ उहाँ आफू चक्रिएर अरूलाई जोड्‌ने, आफू रित्तिएर अरूलाई भर्ने हुन्‌ उनी, अनावृत आकाशमा घाम जस्तै सत्य मान्य भएर नै आज पर्यन्त सकुशल छन्‌। यतिमात्र होइन उहाँ सामाजिक विचारधाराका मालिक नै हुन्‌। उनी सामाजिक विचारधाराका एक सत्य व्यक्ति हुन्‌। बिजनबारीमा छँदा त्यहाँका प्रतिष्ठित सामाजिक संस्था ‘‘बिजनबारी कला सङ्गम’’ संस्थासँग केही वर्ष अघि नै जोड़िने पुग्ने गर्थे। संस्थाले आफ्नो कार्यक्रम सूचि बमोजिम समय समयमा विराट रूपमा कार्यक्रम आयोजन गर्दा अंगग्रहण आइपुग्थे। 

‘‘बिजनबारी कला सङ्गम’’-सँग उनको आत्मा जोड़िएको थियो भनी सबै जसो मानिस भन्ने गर्छ। वर्षेणी फूलपाती शोभायात्रामा उनले आत्मिक सन्तुष्टिसँग अंशग्रहण गर्थे। संस्थाले आयोजन गर्न भानु जयन्ती समारोहमा रामायण पाठ गर्न समेत कोही कसर छाड़ेनन्‌।

उहाँले समय समयमा कमान तथा बस्ती भेकमा पनि अग्नि शमन केन्द्रको मुख्य कारण आगलागी काण्डदेखि बाच्नलाई के उपाय गर्न जरूरी पर्दछ यसको निम्ति ‘‘जन चेतना कार्यक्रम’’ समय अनुकूल कार्यक्रम गर्ने गर्थे। अग्नि काण्ड जस्ता आपदासँग कसरी बाँच्न सकिन्छ। यसको उपायहरू जन समक्ष पुऱ्याउनलाई क्षेत्रभरि पोष्टरिङ भइरहेका हुन्थे उनको अगुवाईमा। उहाँ एकजना धार्मिक विचारधारामा आफूलाई बग्ने गर्थे-इत्यादि।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ

ज्वानो 
  • 2024-03-23 07:59:23