पतञ्जली विश्वविद्यालयको पहिलो दिक्षान्त समारोहमा राष्ट्रपति रामनाथ कोविंद

  • 2023-09-22 04:56:13
==>

पतञ्जली विश्वविद्यालयको पहिलो दिक्षान्त समारोह 28 नोभेम्बर 2021 आइतबारको दिन राष्ट्रपति रामनाथ कोविद  पतञ्जली हरिद्वारमा मुख्य अतिथिको रूपमा उपस्थित थिए। त्यहाँ यस कार्यक्रममा स्वागतको निम्ति योग गुरु बाबा रामदेव अनि आर्युवेद शिरोमणी आचार्य बालकृष्ण महाराजले राष्ट्रपतिलाई साल ओढ़ाएर अनि रूद्राक्ष मालाले स्वागत जनाए। पतञ्जली विश्वविद्यालयका कुलपति श्रद्धेय आचार्य बालकृष्ण महाराजले विश्वविद्यालयको वार्षिक रिपोर्ट साथै प्रगति रिपोर्ट सबैलाई सुनाए। राष्ट्रपति रामनाथ कोविंद समारोहमा उपस्थित गण्यमान्य व्यक्ति साथै मेधावी छात्र-छात्राहरूलाई स्वागत जनाए त्यसपश्चात यस प्रथम दिक्षान्त समारोहमा पुरस्कार प्राप्त गर्ने छात्र-छात्रा तथा स्नातक, स्नातकोत्तर, पी.एच.डी. उपाधि प्राप्त गर्ने विद्यार्थीहरूलाई  हार्दीक बधाई दिए। हरिद्वारमा आउनु मेरो निम्ति सौभाग्य हो किनभने यो धर्ती भगवान शिव अनि विष्णुको प्रवेशद्वार हो यस धर्तीमा कसैले पनि पाइला टेक्छ सौभाग्य प्राप्त गर्न सक्छ। 

पतञ्जली विश्वविद्यालयका कुलपति आचार्य बालकृष्ण महाराजले पहिलो दीक्षान्त समारोहमा भन्नुहुन्छ कि यस विश्वविद्यालय 2006 मा स्थापना गरिएको हो यो आज योग, आयुर्वेद नेचुरोप्याथी, दर्शन, संस्कृत, अङ्‌ग्रेजी, पर्यटन, प्रबन्धन आधुनिक विज्ञान अनि अनुसन्धान जस्ता विषयहरूको साथ विश्वविद्यालयलाई अगाड़ी बड़ाउन काम गरिरहेको छ। 

यस विश्वविद्यालयको मुख्य उद्देश्य नै योग, आयुर्वेद हो साथै आधुनिक शिक्षालाई पनि महत्व दिएर अगाड़ी बड़ीरहेको छ। यसरी यसका साथसाथै भारत लगायत विश्वभरि वैदिक शिक्षालाई फैलाउने सबैको इच्छा छ भन्छन्‌ आचार्य बालकृष्ण। हुन पनि यस पतञ्जली भन्ने बित्तिकै योग, आयुर्वेद शिक्षा अनि खाद्य सामाग्रीहरू भारत लगायत छिमेकी राष्ट्रहरूमा फैलिसकेको छ यो छोटो अवधीमा पतञ्जलीले धेरै नाम कमाएको छ हरेक क्षेत्रमा अगाड़ी बड़ीरहेको छ। यस दिक्षान्त समारोहमा कुल 600 विद्यार्थीहरूले स्नातक आदि प्राप्त  गरेका थिए अन्तमा उत्तराखण्डका राज्यपाल लगायत मुख्यमन्त्री पुष्कर धामीले पनि अति उत्तम कार्य गरेकोमा पतञ्जली परिवारलाई नै बधाई दिएका थिए।

 

ааЁаҐЌаЇ аІаҐаа№ааҐ