रक्तदान महादान- डा. सिद्धीराज शर्मा

  • 2024-03-23 07:59:32
==>

हरिप्रसाद शर्मा, सिलगढ़ी

रक्तदान महादान किनभने हामी स्वास्थ्य रहुञ्जेल वर्षमा 2 पल्ट भए पनि रक्तदान गर्न सक्यौं भने कसैको जिन्दगी बाँच्न सक्छ त्यसैले जिउँदो हुँदा रक्तदान अनि मरेपछि नेत्रदान यो सबैभन्दा ठूलो दान हो। यसै सन्दर्भमा 22 दिसम्बर 2021 को दिन सिलगढ़ीको मिलनमोड़स्थित ‘‘लिटल एञ्जल हायर सेकेण्डरी स्कूल’’-को 19औं स्थापना दिवसको अवसरमा सिलगढ़ीका वरिष्ठ समाजसेवी साथै वरिष्ठ चिकित्सक नशा रोग विशेषज्ञ डा. सिद्धिराज शर्मा मुख्य अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो साथै स्कूल सञ्चालन समिति अध्यक्षा श्रीमती निर्मला न्यौपाने, निदेशक दिपक न्यौपाने, प्रिन्सिपल श्रीमती राधिका न्यौपाने स्कूलका प्रबन्धक दिवस न्यौपाने लगायत स्कूलका शिक्षक-शिक्षिका सबैको उपस्थितिमा स्कूलका संस्थापक स्व.क्याप्टन के.के. न्यौपानेको प्रतिकृतिमा माल्यार्पण साथै दियो बालेर स्कूलको ध्वज उत्तोलन गरेपश्चात राष्ट्रीय गान सबैले गाएर कार्यक्रमको शुरूवात भयो। प्रमुख अतिथि डा. सिद्धिराज शर्मा भन्नुहुन्छ- स्कूल चल्छ शिक्षक/शिक्षिकाले, त्यसैले उहाँहरूको हातमा छ असल छात्र-छात्रा बनाएर आएएस/आइपीएस साथै प्रशासनिक व्यवस्थाका ठूल्ठूला ओहोदाकाहरू यस स्कूलबाट बनाउँन सकियो भने त्यसो सबैभन्दा ठूलो ‘‘गुरु दक्षिणा’’  हो। सबैले राम्रो मेहेनतले असल विद्यार्थी बनाउन नै मुख्य लक्ष्य राख्नुपर्छ। त्यसरी नै प्रिन्सिपल राधिका न्यौपानेज्यूले 19औं स्थापना दिवसको उपलक्ष्यमा सबैलाई बधाई, शुभकामना व्यक्त गरेकी थिइन्‌। 

रक्तदान शिविरको आयोजना गरिएको थियो। सर्वप्रथम मुख्य अतिथिबाट नै रक्तदान दिने क्रम शुरू हुन्छ उहाँ भन्नुहुन्छ रक्तदान गर्न साधारण सुगरको विरामी जसले दवाई इन्सूलीनको व्यवहार गरेको छैन उहाँहरूले पनि रक्तदान दिन सक्नुहुन्छ यदि आफू सक्षम छन्‌ कमजोरी छैनन्‌ भने। ब्लडको तीनवटा भेन कम्पोनेन्ट हुन्छ जस्तै पेक्टसे, कम्पोनेन्ट त्यो अक्सीजन बोक्ने काम गर्छ, त्यो रातो भाग हुन्छ अर्को चाहीँ प्लाज्मा हाम्रो शरीरमा चोट पटक लागे खुन बगिरहेको छ भने त्यसलाई रोक्ने काम गर्छ त्यसपछि तेस्रो चाहीँ प्लेटलेट हो त्यसैले सबैले रक्तदान गर्न सक्छन्‌। रक्तदान महादान हो सबैले रक्तदान गरेर अन्यलाई स्वास्थ्य जीवन जीउँन सहयोग गरौं भन्नुहुन्छ डा. सिद्धीराज शर्मा। त्यसदिन 81 युनिट रक्तदान यस स्कूलबाट गरिएको थियो। 

अन्तमा स्कूलका निदेशक दिपक न्यौपानेले आजको यस कार्यक्रम सफल भएकोमा सबैलाई धन्यवाद दिएका थिए।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ