गोर्खाहरूका शुभचिन्तक थिए- जनरल विपिन रावत

  • 2022-01-16 02:14:55

डेस्क

हो मानिस जन्म लिएपछि मृत्यु त निश्चित छ तर कहिले कहाँ, कसरी हुन्छ त्यो हामीलाई थाहा हुँदैन तर जन्मदै लेखिएको हुन्छ त्यो धुर्वसत्य हो। हामी कुनै मानिस दुर्घटनाग्रस्त भएर मृत्यु हुन्छ त्यसलाई अकाल मृत्यु भन्छौं तर वास्तवमा त्यसरी नै मृत्यु हुन लेखेको हुन्छ त्यो कसैले छेक्न सक्दैन सबै ईश्वरको लीला हो हामी त यस धर्तीमा नाटक गर्न मात्र आएका हौं। यसै सन्दर्भमा गत 8 दिसम्बर 2021 को दिन जनरल (सीडीएस) बीपीन रावत अनि दार्जीलिङ तकदाह निवासी हवलदार सतपाल राई लगायत अन्य 11 जना तामिलनाडुको किन्नोर भन्ने जग्गामा हेलिकाप्टर दुर्घटनामा आकास्मिक निधन भयो बड़ो दुःखको कुरो हो, हाम्रो देशको ठूलो क्षति भएको छ। जनरल विपिन रावत उत्तराखण्डको गढ़वालमा जन्मेर 11 गोर्खा राइफल्सको पाँचौं बटालियनमा भर्ना भएका थिए त्यसरी नै उनको संघर्ष, मेहेनत, लगनले उनी 2016 मा भारतीय थल सेनाका प्रमुख बन्नपुगे। उनी गोर्खालीहरूसँगै हुर्के बड़े, रहन सहन खानपीन भाषा, संस्कृति सबै गोर्खाली कै थियो अति मिलनसार थिए। उनका पिताजी लक्ष्मण सिंह रावत पनि गोर्खा पल्टनमै कार्यरत थिए भारतीय सेनामा लेप्टिनेन्ट जनरलसम्म बनेका थिए। यसरी जनरल विपिन रावत लगायत उनकी श्रीमती पनि यसै दुर्घटनामा परेर मृत्यु भएको थियो। त्यसरी नै जनरल विपिन रावतका अंगरक्षक सतपाल राई पनि त्यस दुर्घटनामा मृत्यु भएका थिए। यसरी हाम्रो राष्ट्र निर्माणमा गोर्खाहरूको भूमिका अनि योगदान अतुलनीय छ। स्वतन्त्रतापछि यस्ता दिन नहोला जब सतपाल राईज्यू जस्ता बीर गोर्खाहरूले देशको निम्ति प्राणको आहुती दिएका छन्‌ त्यसै यस हेलिकप्टर दुर्घटनामा जति पनि शहीद भए मध्यमार्ग परिवारद्वारा सबैलाई हार्दीक श्रद्धाञ्जली अर्पण गर्दछौं।

अन्य लेखहरू

ज्वानो 
  • 2022-01-17 10:11:19