सिक्किमकी छोरी “ मिसेस फेस अफ गुजरात” -को खिताब जित्न सफल

  • 2022-01-15 15:47:15

सिक्किमकी छोरी “ मिसेस फेस अफ गुजरात” -को खिताब जित्न सफल भएकी छन्। रिनाक सुडुङलाखा (मुलुके) पूर्व सिक्किम निवासी स्व. गणेश गिरी अनि श्रीमती पार्वती गिरीकी सुपुत्री लिला गिरी केही दिनअघि बरोदरा, गुजरातको इभा दी मलमा आयोजित राज्यस्तरको ब्यूटी कन्टेस्टमा विजयी बन्दै मिसेस फेस अफ गुजरातको खिताब जित्न सफल बनेकी छन्। प्रिसा इभेन्टद्वारा आयोजित यस प्रतियोगितामा 16 जना सुन्दरीहरुले अंशग्रहण गरेकी थिइन्, जसमा लिला गिरी यस खिताबको ताज जित्न सक्षम बनिन्। 30 वर्षीय लिला गिरीले सात वर्षअघि गुजरातका एक हार्डवेयर इन्जिनियर श्री विरेन्द्र पाटिलसित विवाह गरेकी थिइन् भने उनीहरुको एक पाँच वर्षीय छोरा छन्। श्रीमती लिला गिरीले उक्त खिताबको विजयी बनेर ताजसहित नगद पुरस्कार एक लाख रुपियाँ, सुनको गहनासहित चलचित्रमा विज्ञापन एंव म्यूजिक भिडियोमा अभिनय गर्ने अवसर पाएकी छन्। रोभिल पाटिल कोरियोग्राफर रहेको श्रीमती गिरीलाई राष्ट्रिय स्तरको ब्यूटी कन्टेस्टको निम्ति पनि छनौट गरिएको छ।

अन्य लेखहरू