भारतीय गोर्खा सैनिकको गाथा

  • 2024-03-25 14:49:28
==>

- के.बी. लिम्बु. चैनपुरे-बिजनबारी

सैनिक जीवनको अलौकिक गोरेटोमा अनेकौ दुःख-सुख, वेदना र रमाईला दिनहरूको सामना गर्न पर्दो रहेछ। जीवनमा कतिपय यस्ता क्षणहरू पनि आउँदो रहेछ जसले गर्दा लाख बिर्सन खोज्दा पनि कहिले कहीँ सम्झना आउँदो रहेछ। यस्ता सम्झनाहरूले मान्छेलाई सधैं नै झक्‌झकाई बस्दो रहेछ। यस्तै केही सम्झनाहरूका क्षणहरू यहाँ व्यक्त गर्ने प्रयास गर्दैछु। सैनिकहरू देशको सुरक्षाको लागि हुन्छ, यो सबैलाई सर्वविदितै छ, देशको सुरक्षाको लागि सैनिकहरूले लड़ाई लड़नु नै पर्छ। यस्तै लड़ाईको सन्दर्भमा 1971 सालको भारत-पाकको लड़ाई भएको घटनालाइ तपार्इंहरूको सामु प्रस्तुत गर्ने प्रयास गरी रहेको छु। यो घटना पूर्ण रूपमा सत्यमा आधारित छ।


सन्‌ 1970 सालको फरवरीमा दार्जिलिङको (घूम) गोर्खा रिकरूट डिपो (ॠठऊ) देखि 11 गोर्खा राईफल्समा भर्ती भएर तालिम केन्द्र त्यसताक (यूपी) को देहरादुनको घंघोड़ा भन्ने ठाउँमा पुग्यौ र एक वर्ष सम्म तालिम गरे पश्चात कसम खायौ फौजमा रिकरूट तालिम समाप्त भए पछि कसम खुवाउने नियम छ, यसरी हामीले कसम खाए पछि रिकरूटदेखि पक्का सैनिक गोर्खा सिपाही बन्यौ। त्यसपछि हामी सबैलाई आ-आफ्नो बटालिएर (ळपींशी लरीींंरश्रळरप) तिर पठाईयो।  जम्मा म र मेरो साथीहरू 18 जना 6/11 गोर्खा राईफल्समा पर्न गयौ। यसरी हामी तालिम केन्द्रदेखि 6/11 गोर्खा राईफल्स बटालियन त्यस समय 6/11 गोर्खा राईफल्स बटालियन जम्मुको रजौरी जिल्लाको भिमर गली भन्ने ठाउँमा थियो। हामी 6/11 गोर्खा बटालियन तिर लाग्यौ बटालियन पुगेपछि पनि प्रत्येक कम्पनीमा बाँड़ियो। हामी 18 जनालाई तीन-तीनजना गरेर बाँड़ियो र म र दुई साथी ए (अ) कम्पनीमा पर्न गयौ। यसरी फौजी जीवन दुःख-सुखले बित्दै गएको थाहै भएन जब 1971 सालको नोभेम्बर महिनाको अन्ततिर मेरो दुई महिनाको विदाको निम्ति मन्जुरी भयो। त्यो मेरो फौजी जीवनको प्रथम विदा थियो। त्यसैले होला म यति खुशी भएँ कि कहिले घर पुग्नु भन्ने मनमा थियो। म आफ्नो पल्टनदेखि विदा लिएर आफ्नोगाउँ घर आईपुग्दा मलाई यति आनन्द लाग्यो कि त्यसको कल्पना गर्नु पनि सकिन, तर त्यो आनन्द धेरै समयसम्म टिक्न सकेन।


1971 सालको दोस्रो भारत-पाकको लड़ाई शुरू भयो। देशमा लड़ाई शुरू भएपछि विदामा गएका सबै सैनिकहरूको विदा रद्द गरी पल्टनमा बोलाउने नियम छ। यस्तै म पनि 6/11 गोर्खाको भारतीय गोर्खा सैनिकका राईपल्स मैन (सिपाही) थिएँ। मलाई पनि आफ्नो विदा रद्द गरि पल्टन चाँड़ै आउने टेलीग्राम (तार) द्वारा सुचना प्राप्त भयो। त्यसताक अहिले जस्तो मोबाईल फोन थिएन टेलीग्राम (तार) द्वारा चाँड़ै खबर प्राप्त हुन्थ्यो। यसरी टेलीग्राम (तार) द्वारा पल्टन चाँड़ै आउने खबर पाएपछि तब म आफ्नो पल्टन तर्फ लागे। पल्टनमा पुगेपछि आफ्नो पल्टनको ए (अ) कम्पनीलाई शत्रुमाथि हमला गर्ने आदेश भयो। त्यसैले ए (अ) कम्पनी शत्रुमाथि हमला गर्न तयार थिए। शत्रुमाथि हमला गर्नको निम्ति ए (अ) कम्पनीलाई अघि बढ्‌ने आदेश भयो, तब हामी आफू बसेको ठाउँदेखि झण्डै डेढ़-दुई घण्टा पैदल हिँड़ेर त्योपनि रातीको समयमा हिँड़ेर नै शत्रुको अड्डा अघि पुग्यौ हामीलाई आदेश भयो कि हमलाको निम्ति तयार बस्ने। हामीलाई कहिले हमला गर्नु भनेर आदेश मिल्छ हामी आदेशको इन्जारमा थियौं। तब केही क्षण पछि हामीलाई हमला गर्ने भनेर आदेश भयो, तब हामीले शत्रुमाथि हमला गऱ्यौं यसरी अचानक हमला गरेकोले शत्रुहरूमा खलबली मच्चियो र मोर्चा छोड़ेर भाग्न बाध्य भए। यसरी हामीले शत्रुको ठेकानालाई कब्जा गर्न सक्यौ तर पनि रातभरि फायरिङ चली रह्यो त्यो रातभरिको फायरिङमा मेरो छेउको एक साथीलाई देब्रे खुट्टाको फिलामा गोली लाग्यो तर तत्कालै वायरलेस फोनद्वारा खबर गरियो अनि केही क्षण पछि वायुसेनाका हेलीकोप्टरद्वारा सैनिक अस्पताल लगियो। युद्धको समय विदामा गएका सैनिकहरूलाई विदा रद्द गरी पल्टन बोलाइन्छ तब सैनिकहरूले आमा-बाबु आफ्न्तहरूलाई युद्ध समाप्त पछि चाँड़ै विदामा घर आउने वाचा गरेर पल्टन फर्कन्छ तर जब युद्धमा सामेल भएपछि कति सैनिक वीरगतिको प्राप्त हुन्छ भने कतिले आफ्नो शरीरको अंग नै गुमाई पठाउँछ कोही मात्र भाग्यले सकुशल विदामा घर फर्कन्छ। यस्तै छ भारतीय गोर्खा सैनिकको गाथा।


गोर्खा सैनिकहरूले भारतको सुरक्षाको लागि धेरै नै लड़ाईहरू लड़े धेरैले वीरगति प्राप्त गरे। अझै पनि बेला-बेला काश्मीर घाटीबाट भारतीय गोर्खा सैनिकहरूको लासहरू यथावत आउँदैछ। सिमानामा त प्रायः सधैं नै गोली चलिबस्छ। यसरी नै कसैले 1962 सालको भारत-चीनको लड़ाई लड़े अनि कसैले 1965 सालको पहिलो भारत-पाकको लड़ाई लड़े साथै जम्मु काश्मीरमा दोस्रो भारत-पाकको लड़ाई लड़े भने कसैले कारगिलको लड़ाई लड़े। गोर्खा सैनिकहरूको मुटु यस्तो हुन्छ कि कायर हुनु भन्दा मर्न राम्रो भनेर। सबै जातिले भारतको सुरक्षाको लागि लड़ाई लड़े भारतीय गोर्खा सैनिकहरूले पनि अन्य जातिहरू भन्दा कम लड़ाई लड़ेन। बरू ज्यादा नै लड़ाई लड़नु पऱ्यो होला। भारतीय गोर्खा सैनिकहरूले शत्रुसँग यतिका लड़ाईहरू लड़ेर पनि आफ्नो अस्तित्व र चिन्हारीको लागि अनेक कुराहरू सुन्न पाउँदा एक प्रकारले नरमाईलो लागेर आउँछ। गोर्खा सैनिकहरूले देशको लागि कतिले बलिदान दिए र दिँदैछ, इतिहास साक्षी छ। कतिले बीरगति प्राप्त गरे उनीहरूको श्रीमतीहरू कलिलो उमेरमा नै विधवाको जीवन जिउन परिरहेको छ। टुकुर-टुकुर हिँड्‌न थालेको आफ्नो छोरा-छोरीहरूलाई सधैंको लागि छाड़ी विलिन हुनु परेको छ। साना-साना नानीहरू लिएर कलकलाउँदो उमेरमा नै एउटा विधवाको जीवन जीवन परेको छ। आफ्नो जिन्दगी शुरू गर्न पनि नपाई यस्तो स्थितिको सामना गर्नु परिरहेको छ। 


यस स्थितिमा बीर विरांगना नारीहरूलाई सरकारबाट पाएका सहुलियतले कहाँसम्मको क्षतिपूर्ति गर्न सक्ला। यसप्रकारको घटनाहरूको क्षतिपूर्ति हुन सायद असम्भव नै होला। यतिका त्यागहरू गरेर पनि गोर्खाहरूले आफ्नो चिन्हारीको लागि लड़ाई लड़नु पर्ने यो कुरा सुन्दा मनमा नरमाईलो लागेर आउँछ। यसै गरी एउटा भारतीय गोर्खा सैनिकले आफ्नो पल्टनमा कतिपय यातना र कष्टहरू झेल्दै आफ्नो आधा जीवन देशलाई समर्पित गरेर अवकाश प्राप्त गर्दछ, कतिले त लड़ाईको मैदानमा नै अवकाश प्राप्त गर्दछ। एउटा भारतीय गोर्खा सैनिकले यतिका दिनहरू बिताएर आफ्नो घर आएर परिवारसँग शान्तिले जीवन बिताउँन चाहँदा-चाहँदै पनि आफ्नो अस्तित्व र चिन्हारीको निम्ति लड़नु पर्ने यो कस्तो विडम्बना।।

ааЁаҐЌаЇ аІаҐаа№ааҐ