शिक्षामा एउटा क्रान्ति 

  • 2024-03-23 08:07:31
==>

विमल खतिवडा माइला 

कुनै एक व्यापारीले मलाई व्यापारको मुल मन्त्र बुझाउने क्रममा भनेका थिए, महँगोमा किन्नु सस्तोमा बेच्नु व्यापार छिटो बड्‌छ। उ बेला नबुझेर हाँसेको थिएँ तर आज आएर यसको अर्थ प्रमाणसहित बुझियो। लिटल एञ्जलस्‌ उच्च माध्यमिक विद्यालय, मिलन मोड, आज सिलगढ़ीमा मात्र नभए उत्तर बङ्गालमा नै निक्कै ख्याती हासिल गर्न सफल बनेको छ। शुन्यबाट शुुरु भएर एक साधारण दम्पतिको बलबुतामा यति धेरै उन्नति हासिल गर्ने विद्यालयहरूको संख्या न्युन नै छ होला। केवल 17 जना विद्यार्थीहरूको साथमा शुरु गरिएको विद्यालयले भौतिकसँगै गुणस्तरिय शिक्षामा निक्कै ठूलो लक्ष्य हासिल गर्न सफल बनेको छ। यसको श्रेय संस्थापक दिपक न्यौपाने, प्रधान अध्यापिका राधिका शर्मा, उनीहरूको परिवार अनि मेहनती शिक्षकहरूलाई जान्छ। 

विशेष रूपमा निजी विद्यालय भन्ने सबैको नजरमा महँगो शुल्क लाग्छ भन्ने नै हुन्छ। तर लिटल एञ्जलस्‌मा यो कुरो लागु हुँदैन। यहाँ कम शुल्कमा गुणसस्तरिय शिक्षा प्रदान गरिन्छ। यो कुरो हामीहरूको मात्र मान्यता नभएर अन्तराष्ट्रिय संस्था ‘एजुकेसन वर्ल्ड’को पनि हो। यस विद्यालयमा स्थापना कालदेखि मध्यम अनि निम्न वर्गका विद्यार्थीहरूले शिक्षा हासिल गर्दै आएका छन्‌। यस विद्यालयले निम्न शुल्कमा पनि महँगा विद्यालयहरूको जस्तै आधुनिक सुविधाहरु उपलब्ध गराउन धेरै हदसम्म सक्षम बनेको छ। त्यसैले यस विद्यालयका विद्यार्थीहरू शहरका उच्च सुविधा उपलब्ध विद्यालयमा गएर कुनै प्रतियोगितामा भाग लिएर पुरस्कारहरू हासिल गर्न पनि सक्षम रहेको अनेकौं उदाहरणहरू प्रशस्तै छन्‌। त्यसैले मलाई लाग्छ यस विद्यालयका हरेक कर्मचारीले समाजमा निक्कै ठूलो सेवा पुऱ्याउँदैछन्‌ । यि कुरा मैले यतिकै लेखिएको होइन यसलाई प्रमाणित गर्नका निम्ति यस विद्यालयका निर्देशक र प्रधान अध्यापिकालाई धेरैवटा संघ-संस्थाहरूले पनि सम्मान गरिसकेका छन्‌ । यसको साथै एक अन्तराष्ट्रिय संस्था ‘एजुकेसन वर्ल्ड’-ले पनि देशव्यापि स्तरमा सर्वे गरेर दुई-दुई चोटी प्रमाणित गरिसकेको छ। यस संस्थाको सर्वे अनुसार 2019 अनि 2022 मा यस विद्यालय ‘टप ऱ्याङ्‌किङ बजेटेड स्कुल’-मा दार्जिलिङ्ग जिल्लामा प्रथम स्थान ओगट्‌न सफल बनेको छ भने, पश्चिम बङ्गाल राज्य स्तरमा छैटौं (2019) अनि सातौं (2022) स्थान ओगट्‌न सफल बनेको छ। राष्ट्रिय स्तरमा भने 9 3 औं स्थान ओगट्‌न सफल बनेको छ। यस परिपेक्षमा भन्नु पर्दा यसले राष्ट्रिय स्तरमा पनि ख्याति प्राप्त गर्दैछ। यि पुरस्कारहरू प्रथमचोटी मुम्बईमा अनि दोस्रो चोटी दिल्लीमा प्रदान गरिएको थियो। मलाई पनि आफैमा गर्व लाग्छ म पनि पछिल्लो डेड़ दशकदेखि यस विद्यालयको एक अंश रहेर यस्तो महत कार्यमा सहभागी बन्न सकेको छु। यस विद्यालयपक्षप्रति यस अवसरको निम्ति सदैव आभारी रहनेछु। यस विद्यालयको यस्ता उपलब्धिहरू देख्दा ति व्यापारीले भनेका मुल मन्त्र सार्थक भएको जस्तो लाग्यो। यस्तो महँगाईको जमाना पनि यस विद्यालयले कम्ति शुल्कमा यति गुणस्तरिय शिक्षा प्रदान गर्दै आइरहेको छ। यसका निम्ति विद्यालयपक्ष अनि समस्त कर्मचारीवर्गमा साधुवाद प्रकट गर्न चहान्छु। उहाँहरूको त्याग र समर्पणलाई इतिहासले देख्नेछ अनि लेख्नेछ। यस विद्यालयले अझ धेरै उपलब्धिहरु हासिल गर्न सकोस मेरो अन्तर्मनको यही कामना रहनेछ सदैव।

 

ааЁаҐЌаЇ аІаҐаа№ааҐ

अनार
  • 2024-03-23 08:08:17