धैर्य, चुनौती र मेहेनत झेल्नेहरू

  • 2024-03-27 00:05:11
==>

-राज.के.श्रेष्ठ
विश्व मानव सभ्यतालाई नयाँ उचाइमा पुऱ्याउने महान वैज्ञानिकद्वय आइजक न्युटन र अल्बर्ट आइन्सटाइनपछि स्टीफन हकिङ्‌स हुन्‌्‌ जसको नविनतम खोजले संसारलाई नयाँ दृष्टि र चिन्तन दियो। 21 वर्षको उमेरमा नै मोटर न्यारेन रोगका शिकार भएका उनी रोगबाट कहिल्यै डराएनन्‌। उनी हिँड्‌न, डुल्न र चटपटाउनसमेत सक्दैन्थे। एउटा ह्विलचेयर नै उनको सम्पूर्ण संसार थियो र त्यहीँबाट नयाँ सोच, चिन्तन र वैज्ञानिक खोज दिए। 8 जनवरी 1642 मा जन्मेका ग्लालिलियोको ठीक 300 वर्षपछि जन्मेका हकिङ सबैभन्दा ठूला नास्तिक पनि थिए। उनलाई ब्रह्माण्ड, यसको उत्पति, पृथ्वीको आयु, मानवसमाजको लोभ र लालचबाट यसलाई पुग्नसक्ने क्षति अनि यसको सुरक्षाबारेमा धेरै चिन्तित थिए। ब्ल्याकहोल सम्बन्धी उनको खोज विश्वको सबैभन्दा आधुनिक वैज्ञानिक खोजमध्ये एक हो। उनले मानव जीवन नै सबैभन्दा श्रेष्ठ उपहार माने पनि कहिल्यै आफ्नो क्षमतालाई पराजयी बन्न दिएनन्‌। ‘‘मानिसको जीवन जति नै कठिन भए पनि उसमा केही-न-केही गर्नसक्ने क्षमता निहित हुन्छ।’’ हकिङको प्रसिद्ध र प्रेरक भनाइ हो यो। हात-खुट्टा र शरीरका अङ्‌गहरूले काम नगर्दा पनि हकिङको दिमागले काम गऱ्यो। कम्प्युटरमा उनले केही बोल्थे त्यो टाइप हुन्थ्यो र नयाँ चिन्तन र खोज भएर विश्व-मानवसमाजमा पुग्थ्यो। उनी मान्छेको दिमागलाई कम्प्युटरसँग तुलना गर्थे तरै पनि त्यसलाई मानव दिमागभन्दा अब्बल मान्दैन्थे। ब्रह्माणको उत्पत्ति विज्ञानलाई बुझेका हकिङ्‌ले ‘भगवान हुँदैन’ भनेर खुला रूपमा घोषणा गरे। उनले ईश्वरको अस्तित्वलाई ठाड़ै अस्वीकार गरेका हकिङ्‌को (आईक्यु) दिमागी क्षमता 160 थियो। जो कुनै पनि विद्वान मान्छेको भन्दा कैयौं गुणा अधिक हो। तर उनी भन्थे, ‘जो मान्छे आफ्नो दिमागमा घमण्ड गर्छ, उ लुजर हो।’
उनको चिन्ता धरतीलाई बचाउनुमा पनि थियो। जलवायु परिवर्तनलाई उनी गम्भीर खतरा मान्थे। मानवले आफ्नो व्यवहार सुधारेनन्‌ भने बढ्‌दो जनसंख्याको बोझ पृथ्वीले थाम्न नसक्ने अवस्थाबारे चेताउनी दिएका तिए। साथै तकनिकी विकाससँग मिलेर मानवले गरेको आक्रमण विकासमूलक कार्य अझ खतरनाक भएको भनेर पनि चेताउनी दिएका थिए। यही प्रवृत्ति परमाणु वा जैविक युद्धमार्फत हामी सबैको विनाश हुनसक्ने बताएका तिए नभए मानव जाति नै विलुप्त हुने बताएका थिए। 
धैर्य, मेहेनत र चुनौतीलाई झेलेर अघि बढ्‌नसक्ने व्यक्तिको रूपमा हकिङ चिनिन्छन्‌। जीवन र मरणबीचको समयलाई हामी कसरी प्रयोग गरेर अघि बढ्‌ने भन्ने विषय हामी आफैमाथि निर्भर रहने बताए। स्वयंलाई समस्याले घेरिएको मानेर निराशावादी बनी मृत्युको प्रतिक्षा गरिबस्ने के जिउने इच्छा र चुनौती स्वीकारेर आफ्नो सपना सरकार गर्ने प्रयासमा उद्देश्यपूर्ण जीवन जिउने? हकिङ्‌ले आफ्नो अक्षमताको वास्तै नगरी मानिसमा दृढ़ संकल्प र इच्छाशक्ति छ भने धेरै कुरा प्राप्त गर्नसक्ने कुरा प्रत्यक्ष प्रमाणित गरेर देखाइदिए। उनी मानव जीवनको प्रेरणादायी मानिस हुन्‌।
हकिङ्‌को भविष्यवाणीमूलक कुरा सुन्दा नै डर लागेर आउँछ। के हुने हो भविष्य मानव जीवनको र धरतीकै। यसै त यसविषय चिन्तित र जागरूक भएका छन्‌ मानिसहरू। जलवायु परिवर्तनविरुद्ध लड्‌न अमेरिकी प्रशासनको इच्छा नभएको देखाएपछि विश्वलाई अझ बेसी चीनको खाँचो परेको छ। पृथ्वीको तापक्रम बड्‌दै गएको कारण मानव क्रियाकलापलाई मानिएता पनि यसको प्रभावलाई चीनले बुझेको छ साथै सबैभन्दा ठूलो जिम्मावार चीन भएको चीनी राजनीतिक नेता, वैज्ञानिक तथा विज्ञजनले मानेका छन्‌। चीनको कतिपय क्षेत्रहरूमा हिमनदी पग्लिरहेको र कतिपय क्षेत्रमा खड़ेरी परेको समस्याको कारण चीनले जलवायु परिवर्तनको विषयलाई गम्भीरसित लिएको छ। सन्‌ 2015-को पेरिकस जलवायु परिवर्तन सम्झौतालाई मूर्तरूपदिन चीनले सहयोग गरेको थियो। सन्‌ 2030 सम्म कोइलाको प्रयोग कम्ती गर्ने, घरेलु उत्पादनबाट कार्बनको उत्सर्जन 15 प्रतिशतले घटाउने र 24 करोड़ 70 लाख ऐकर क्षेत्रमा जङ्‌गल फैलाउने प्रतिवद्धता चीनको छ। 
सौर्य ऊर्जा उत्पादनमा चीन विश्वको सबैबन्दा ठूलो देश हो तरै पनि भनेजस्तो परिणाम प्रयोगमा आउन सकेको छैन। सन्‌ 2030 सम्ममा ग्यास र डिजेलले चल्ने वाहनहरू कार, ट्रकहरूको उथ्पदान बन्द गर्ने र त्यसलाई विद्युतीय सवारी साधनको रूपमा प्रयोग गर्नेछ। जलवायु परिवर्तनसँग जुझ्न चीनको योजनालाई सबै देशले सहयोग र चीनलाई विश्वास गर्न आवश्यक छ। यसप्रकारले सचेत भएर काम गरे स्टीफनको आत्माले शान्ति पाउनेछ।

 

ааЁаҐЌаЇ аІаҐаа№ааҐ