चन्द्रयान-2 अनि भारतवर्ष

  • 2024-03-23 05:55:24
==>

रोहित शर्मा
एम.एस.सी.(गणित),बी.एड., सिलगढ़ी
हाम्रो देश भारतवर्षको महत्वाकांक्षी अभियान चन्द्रयान-2 गत 22 जुलाई 2019, सोमबारको दिन दिउँसो 2 बजेर 43 मिनट जाँदा भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन अर्थात्‌ इसरोद्वारा सफलतापूर्वक लञ्च गरियो। प्रायः 5000 मानिसहरू यो ऐतिहासिक घटनाको साक्षी बनेका थिए। छोड़िएको 16 मिनट 23 सेकेण्ड पछि सुरक्षित प्रकारले पृथ्वीको कक्षमा उक्त यान स्थापित भएको थियो। भारतका प्रधानमन्त्री अनुसार चन्द्रयान-2 प्रक्षेपण हाम्रो देशका वैज्ञानिकहरूको परिश्रम अनि 130 करोड़ भारतीयहरूको दृढ़ निश्चयको प्रतिफल हो। यो मिशनको महत्व हाम्रो देशको निम्ति चन्द्रमामा यान उतार्न सक्ने महाशक्ति बन्नु, इसरोको निम्ति आफ्नो मेधा अनि क्षमता प्रमाणित गर्नु अनि विश्वको निम्ति पृथ्वीको निर्माणक्रम देखि लिएर हाम्रो सौरमण्डललाई बुझ्ने मार्ग प्रशस्त गर्नु रहेकोले यो खुबै महत्वपूर्ण घटनाक्रम भएको छ। चन्द्रयान-2 पूर्णरूपले स्वदेशी मिशन भएकोले पनि यसको महत्व धेरै रहेको छ। 50 वर्षको इसरोले चन्द्रयान-2 अन्तर्गत 48 दिनमा 15 कठिन स्तरहरू पार गरेर लेण्डर रोबरलाई चन्द्रमाको सतहमा उतार्छ। आजभन्दा 11 वर्ष अघि चन्द्रयान-1 को रूपमा भारतले चन्द्रमामा पहिलो मिशन पठाएको थियो जसले 10 महिनासम्म चन्द्रमाको चारैतिर परिक्रमा गरेको थियो एवं त्यो अर्विटर मिशन अन्तर्गत चन्द्रमामा पनीको खोजीको श्रेय भारतले हासिल गरेको थियो। अब चन्द्रयान-2 को तीनवटा प्रमुख अंगहरू छन्‌- अर्विटर, लेण्डर अनि रोबर। भारतमा अन्तरिक्ष विज्ञानको जनक मानिने विक्रम साराभाईको नाममा लेण्डरको नाम विक्रम राखिएको छ। रोबरको नाम प्रज्ञान हो अर्थात्‌ ज्ञान। अर्विटरले एक वर्ष चन्द्रमाको चारैतिर परिक्रमा गरेर विभिन्न प्रयोगद्वारा ज्ञानको खोजी गर्नेछ। लेण्डर अनि रोबरले चन्द्रमाको सतहमा मोठ 14 दिन विभिन्न प्रयोग गर्नेछ। उक्त 14 दिनमा खोजिने लक्ष्यहरूमा प्रमुख रूपले चन्द्रमाको उत्पत्ति अनि क्रमिक विकास, चन्द्रमाको जमीनमा खनिज अनि ध्रुवीय क्षेत्रको नक्शा तयार गर्नु, वर्फको रूपमा भएर बसेको पानीको प्रमाणको पुष्टि गर्नु, जमीनकोमाथि अवस्थित वायुमण्डलको अध्ययन गर्नु आदि रहेको छ। चन्द्रमामा हाम्रो देशभन्दा अघि अमेरिका, रूस अनि चीनले मात्र यो गौरव हासिल गरेको हो अब चौथो देशको रूपमा भारतले यो गौरव आगामी 7 सेप्टेम्बर प्राप्त गर्नेछ।
चन्द्रयान-2 लाई आफ्नो काँधमा उठाएर चन्द्रमा तर्फ पठाउने जिम्मेवारी इसरोले आफ्नो बाहुबलीलाई दिएको थियो। बाहुबली अर्थात्‌ इसरोको सबैभन्दा शक्तिशाली रकेट जसको नाम जियोसिंक्रोनस सेटेलाइट लञ्च ब्हीकल मार्क-3 (जीएसएलवी-एम के 3)हो। यो चार टनसम्मको सेटेलाइट बोकेर लान सक्षम छ जसको ओजन 640 टन अनि ऊँचाई 43.43 मिटर छ। 
सन्‌ 2014 मा भारतले मंगलग्रहमा पुग्ने पहिलो एशियाई देश हुने गौरव हासिल गरेको थियो भने सन्‌ 2017 मा एकैचोटी 104 वटा उपग्रह अन्तरिक्षमा पठाएर इतिहास रचेको थियो। अब चन्द्रयान-2 पछि भारतले गगनयान अन्तरिक्षमा पठाउनेछ। भारतको जमीनबाट भारतीय नागरिकलाई अन्तरिक्षमा तिरंगा फहराउनको निम्ति पठाइने यो गगनयान मिशन पूर्ण गर्ने लक्ष्य 2022 राखिएको छ। यसबाहेक भारतको अन्तरिक्ष एजेन्सी इसरोले वर्ष 2013 सम्मा शुक्रग्रहको परिक्रमा गर्न एउटा अन्तरिक्ष यान पठाउने कार्य गरिरहेको छ। यसरी नै इसरोका अध्यक्ष सिवजले गत जून महिनामा घोषणा गरे अनुसार वर्ष 2030 सम्म भारतले अन्तरिक्षमा एउटा स्वतन्त्र अन्तरिक्ष स्टेशन स्थापित गर्नेछ।
15 जुलाईमा प्रक्षेपण गरिने चन्द्रयान-2 तकनिकी खराबीले गर्दा त्यो अभियानलाई रोकिएको थियो तर त्यसको एक साता भित्रमै सबै सही गरेर सकुशल लञ्चिङ गरेर भारतीय वैज्ञानिकहरूले आफ्नो मेधाको परिचय गराएका थिए। केवल 978 करोड़को लागतमा चन्द्रयान-2 ले यो सफलता हासिल गरेको हो। चीनले आफ्नो यस्तै अभियान ‘चां-गई-4’ को निम्ति 5759 करोड़ खर्च गरेको थियो। खर्चको दृष्टिकोणले पनि भारतको यो मिशन स्मरणयुक्त भएको छ। हामी सबैको छात्ती अहिले गर्वले फुलिएको छ। आगामी 7 सेप्टेम्बर विश्व पटलमा भारतको नाम स्वरण अक्षरले लेखिनेछ।

 

ааЁаҐЌаЇ аІаҐаа№ааҐ