शकुन्तला तथा उपनिषद्‌ले जर्मनका विद्वानहरु सम्मोहित पाऱ्यो

  • 2026-05-16 19:37:34

सलिल ज्ञवाली, 

केरोलिन हेगन, जर्मनी

दुई वर्षअघि म जुनबेला कोलोन,जर्मनीस्थित योग केन्द्रको एउटा कक्षामा थिएँ, त्यसबेला मैले पहिलो पल्ट भारतबारे डरश्रळश्र ॠशुरश्रळ जीद्वारा लेखिएको ॠीशरीं चळपवी ेप खपवळर शीर्षकको पुस्तक देखें। मैँले तत्काल त्यो पुस्तक हातमा लिएँ, किनकि कभरपेजमा भएका अीींर्हीी डलहेशिपहर्रीशी र ­अलशीीं एळपीींशळप का चित्रले मलाई आकर्षित गरिसकेको थियो। मसँगै योग गर्ने मित्रले पनि मलाई केहि पहिले नै यो किताब पढ्‌ने सुझाव दिइसकेका थिए। पुस्तक हातमा लिएर पढ्‌न थालें। साँच्चै नै अत्यन्त आकर्षक लाग्यो मलाई्‌। मेरा मन मस्तिष्कको कुनै एककुनामा पनि मलाई भारत चाहिँ विद्या-शिक्षा र ज्ञानका क्षेत्रमा यतिसम्म समृद्ध थियो होला भन्ने लाग्दैन थियो। केही वर्षअघि भारतीय योगदर्शनप्रति आकर्षित भएर योगको अझ गम्भीर अध्ययन गर्न म भारत भ्रमणमा गई सकेकी थिएँ।मॠीशरीं चळपवी ेप खपवळर’ ले भारतीय प्राचीन बारे अझ राम्ररी जान्न फेरि प्रेरित गर्न थाल्यो। योग बाहेक पनि प्राचीन भारतीय ऋषि-मुनिहरु चिन्तन-मनन र ज्ञान-बुद्धिका क्षेत्रमा हदैसम्म माथिल्लो स्तरमा पो रहेछन्‌ भन्ने कुरा मलाइ थाहा रहेनछ। भारतीय साहित्य, दर्शन र विज्ञानले सम्पूर्ण युरोपलाई, यूरोपीय सभ्यता, संस्कृति र साहित्यलाई पनि सयौं वर्षदेखि धेरै मात्रामा प्रभावित पार्दै आएको रहेछ भन्ने कुराबाट म अनभिज्ञ नै रहेछु। महान जर्मन मनीषीहरु, विशेषगरी अठारौँ र उन्नाईसौँ शताब्दीका विद्वानहरुका लागि भारत प्रेरणा केन्द्र नै रहेछ। ­श्रलशीीं एळपीींशळप, ­ीींर्हीी डलहेशिपहर्रीशी, कशीारप कशीीश, गेपरींहरप ॠेशींहश अथवा ऋीळशवीळलह कशसशश्र-सबैजसो जर्मन मनीषीहरु भारत भुमिमा एक चोटी पनि नटेकी अर्थात्‌ भ्रमण नगरी यो देशबाट प्रभावित भएका रहेछन्‌ र भारतबारे धेरै नै कुराहरु जानी सकेका रहेछन्‌। ­अलशीीं एळपीींशळप जस्ता कहलिएका वैज्ञानिक समेतले प्रशंसा गर्दै भारतीय गणना पद्धति र 0 (शून्य) को प्रयोग बिना आधुनिक विज्ञान जगतले यति ठूलो विकासको फड्‌को मार्न सम्भव हुने थिएन भनेर भन्नु वास्तवमै एक अत्यधिक सोचनीय कुरा हो। कयौँ शताब्दीसम्म त युरोपेलिदेशहरुमा भारतीय गणना पद्धतिलाई शङ्‌काका दृष्टिकोणले हेरिन्थ्यो।

त्यसैले युरोपीयहरुले यसलाई आफ्नो अध्ययनमा सामेल नै गरेनन्‌ । बल्ल मलाई थाहा हुँदैछ, ती रहस्यमयी ऋषि-मुनिहरुलाई त गणितका अनेकौं जटिल समीकरणहरु, विविध प्रकारक संख्या र पाई (ळि) को स्थानमूल्यको पनि जानकारी रहेछ। ॠेीींंषीळशव ङशळलपळू र अरु गणितविदहरुले धेरै पछि मात्रै ती कुराहरुको जानकारी पाएका रहेछन्‌।

माथि उल्लेख गरिएका विद्वानहरु भारतीय ज्ञान, विशेषगरी भाषाविज्ञान, दर्शन र अध्यात्म विद्याबाट प्रभावित हुनु भनेको कम अचम्मको कुरा होइन। जीवनको गम्भीर अर्थ खोज्ने एउटा ठूलो समूहलाई सधैँ भारतको रहस्यमय, गहिरो दर्शन र योग विद्याले यो देशतिर आकर्षित गरिरहेकै छ। अीींर्हीी डलहेशिपहर्रीशी समेतले भारतीय उपनिषद्‌को अध्ययन गर्दा अन्तर्मनबाटै शान्ति अनुभव गर्नुहुन्थ्यो। डलहेशिपहर्रीशी ले आफ्नो चर्चित ग्रन्थ ढहश थेीश्रव री थळश्रश्र रपव ठशिीशीशपींरींळेप’ मा भनेका छन्‌- र्िीेींं; संसारभरिका कुनैपनि ग्रन्थको अध्ययन उपनिषद भन्दा पनि लाभदायक र प्रेरणादायी हुनै सक्दैन। यसले मेरो यो वर्तमान जीवनमा शान्ति प्रदान गरेको छ र मृत्यु उपरान्त पनि यसले शान्ति दिनेछ। उपनिषदले दुनियाँलाई विश्वबन्धुत्व र वसुधैव कुटुम्बकम्को सन्देश मात्र दिँदैन, विशुद्ध ज्ञानको खोजी गर्नेहरुलाई मानवको जगद्व्‌यापी विशाल अस्तित्वसम्बन्धी ज्ञान पनि दिन्छ। आज त यो कुरालाई सबैले आत्मसात्‌ गरी सके कि यूरोपियनहरुले भाषाशास्त्र, समाजविज्ञान,ज्योतिष अथवा गणित, जीवन दर्शन, मनोविज्ञानका सूत्र सिद्धान्त माथि अध्ययन गर्न सुरु गर्नुभन्दा दुई सहस्राब्दी वर्ष पहिले नै भारत यी र यस्ता अनकौँ विधामा अत्यन्त विकसित थियो भन्ने कुरा आज कसैका लागि पनि नौलो विषय होइन। स्विस भाषा वैज्ञानिक ऋशीवळपरपव वश डर्रीर्ीीीीश र अमेरिकन भाषाविद्‌ ङशेपरीव इश्रेेाषळशश्रव र छेरा उहेाीज्ञू ले पाणिनिका वैज्ञानिक विश्लेषणसम्मत भाषासिद्धान्तहरू उधारो नलिईकन शायदै आधुनिक भाषाविज्ञानको यति दह्रो र सर्वस्वीकार्य जग बसाल्न सक्थे होलान्‌। गेहरपप ॠेशींहश ले त आफ्ना कयौँ कृतिमा स्पष्ट रुपमै प्राचीन भारतीय साहित्यिक सम्पन्नता बारे स्वीकार गरिसकेका छन्‌। उनीद्वारा कालिदासकृत ‘शकुन्तला’ नामक नाटकको गहन अध्ययन र मुक्तकण्ठले गरिएको प्रशंसाले जर्मन नाट्यजगतमा र अभिनयका क्षेत्रमा क्रान्ति नै ल्याइदिएको थियो। सायद यसैको परिणामस्वरुप उन्नाइसौं शताब्दीमा शकुन्तलाका कयौं प्रभावकारी जर्मन अनुवाद देख्न पाइएका थिये। जर्मन दार्शनिक ॠेीींंषीळशव तेप कशीवशी ले एकपटक भनेका थिए-र्िीेींं; ‘‘मानवजातिको ज्ञान र विद्या-बुद्धि विकासका सम्बन्धमा अनुसन्धान गर्दा यो सजिलै थाहा हुन्छ कि ज्ञान र विद्या-बुद्धिले सर्वप्रथम यही भूमिमा आकार लिएको थियो।’’ र्िीेींं; उनको यो भनाइबाट यूरोपलाई साहित्य, सभ्यता अथवा संस्कृतिका बाटातिर एवं अझ उत्कर्षतिर डोहोऱ्याउने पहिलो देश भारत नै हो भनेर स्पष्ट हुन सकिन्छ। गेहरपप कशीवशी, थळश्रहशश्रार् ीेंप र्कीालेश्रवीं र विख्यात आधुनिक पदार्थविद्‌ थरीपशी कशळीशपलशीस-हरुले पनि भारतको अकल्पनीय र अतुलनीय आध्यात्मिक ज्ञानको गुणगान गाएका छन्‌।

योगजस्तो गम्भीर र विशाल दर्शन जान्नका लागि अझ उत्साह जगाउन र यो देश बारे म किन गर्व गर्दछु भन्ने कुरा गर्न माथि भनिएका प्रसङ्गहरु नै पर्याप्त छन्‌। अहिले म भगवद्गीताका साथै एवुळप ऋ. इीूरपीं द्वारा लेखिएको पतञ्जलिकृत योगसुत्रको अध्ययनमा रमाइरहेकी छु। सरल शब्दमै भन्नुपर्दा पनि यो अनुभव धेरै अद्भूत छ्‌। पूर्वको यस्तो उज्यालो अतीत र विशाल ज्ञानका सामु पश्चिम सारै निरीह देखिन्छ।

अन्त्यमा भन्नुपर्दा पूर्वीय सभ्यताको यस्तो उज्यालो पक्षको जानकारी पाएपछि जस्ताको त्यस्तै पश्चिमी जगतसम्म यी कुरा पुर्याउने इच्छा जागेर मैले यो पुस्तक जर्मन भाषामा अनुवाद गर्ने निर्णय गरें। ॠीशरीं चळपवी ेप खपवळर’ जस्तो अतुलनीय पुस्तकको जर्मन भाषामा अनुवाद गर्ने अवसर पाउनु मेरा लागि एक अहोभाग्यको कुरा हो। मेरो यो प्रयास वास्तवमा यस उपमहाद्वीपका प्राचीन सन्त- महात्मा, ऋषि-मुनिहरु प्रति मेरो विनम्र र हार्दिक श्रद्धा व्यक्त गर्ने अवसर पनि हो। मलाई आशा छ यो पुस्तकको प्रकाशनले प्राच्य सभ्यताले दिएको ज्ञानको ज्योति पश्चिम जगत सम्म पुऱ्याउने कार्य अवश्य गर्नेछ।

अन्य लेखहरू