सैनिकको आत्मा भक्ति, आत्मा शक्ति, देश भक्ति र समाज

  • 2026-05-09 20:48:28


एच.बी. प्रधान , जिंगलाम, चियाबारी

 

सैनिक जीवन एक संघर्ष। त्याग र बलिदान। देशको निम्ति समर्पित। हिन्दु धर्मग्रन्थ ‘गीता’ छोएर प्रतिज्ञाकी अमूल्य वचनलाई हरपल हर क्षण युद्ध हो या अमनमा कटिवद्ध भएर तिलाञ्जलि दिइरहेको हुन्छ। उसको आफ्नो मनोबल, 

अनुशासन, कार्यकुशलता, चालढाल, बोलचाल प्रत्येक  कुरोको समीकरणले ओतप्रोत। तब त देशभक्त, राष्ट्रीय प्रेमको कवजमा बेह्रिएको हुन्छ। अठाह्र देखि एक्काइ वर्षको नयाँ परिपक्व पालुवा भरजवान युवा। जिन्दगीको त्यो मञ्जिल, शिखर, हत्याउन प्रथम खुड़्‌किलो, मजबुत आधारको नीव। माता-पितालेे हुर्काए, बड़ाए, परिवहन पश्चात नयाँ जीवन सैनिक जीवन, शैक्षणिक मापदण्डको परिप्रेक्ष्या मजबुत चट्टान सरह सबै थोकको बारिकीसँग प्रशिक्षण दिइन्छ। एगाह्र महिनाको कठोर प्रशिक्षण पश्चात्‌ कसम परेड हुँदछ अनि परिपक्वताको कसिलो गाठो आँधीबेह्री, बतास, तुफान आए पनि पछि नहट्‌ने यो सैनिक। 

पछि फर्केर हेर्ने काबिल कहिले भएन। सिर्फ आफ्नो देश, आफ्नो कार्यकुशलता, इमानदारी र बफादारी।

यसै शिलशिलामा समयको परिवर्तन सँगै एकदिन रिटायर अवश्य हुनुपर्दछ। आफ्नो जन्मथलो गाउँ फर्कन बाध्य हुुनुपर्दछ। त्यो बुड़ो वरपिपल मक्किसकेको काठको गलैंचा। सानो छँदा ओहोर दोहोर गर्ने पगदण्डी। दशनै घारीले  घेरेड़ी पधेंरा, गाउँको युवतीहरूसँग खेल ठट्टा गर्ने सानो चौउर चियाबारीको हरियो मुना सुमसुमाउँदै आनन्द बटुल्ने ती विगत दिनहरूको यादमा तिप्त हुँदछ। घर फर्के। कर्मठ बनेर। तर गाउँ घर समाजमा हेलमेल दुवै धेरै मुश्किल हुँदछ। गाउँ घर, समाज र सैनिकको त्यो दुरी, ग्याप बुझ्न गाह्रो हुँदछ। कसैले साथ दिँदैन। उ एक्लो हुँदछ। अरूले  गाउँ घरलाई धेरै माया गर्दछ। तर गाउँ, समाजले अरूलाई माया गर्दैन। किन कि जवान ठिटो घरदेखि टाड़ा विछोड़िएको सत्र वर्षको लामो कालखण्डमा भौंतारिंदा रिटायर पश्चात्‌ भोट ब्यांकको राजनीतिमा सिर्फ भोटर लिस्टमा मात्र सीमित रहँदछ। 

जब उ अग्रिम सीमा चौड़ा क्षेत्रमा खटिएको हुन्छ। दशैं-तिहार, खुशीको रौनकता, सबै सबै भूलेर आफ्नो जवानी, सपना, आफ्नो पन सबै न्याउछावर गरिदिन्छ। बुझ्ने कोशिश गर्दछ। गाउँ घर र समाजलाई उसले जोड्‌न चाहन्छ। दिल र दिमागलाई समाजको त्यो गहिरो दुषित खाइलाई कोट्याउँदै छानबिन गर्ने कोशिष गर्दछ। तर बुझ्न धेरै गाह्रो पर्दछ। उसलाई सधैं पागनपनको दृष्टिले हेर्दछ।किन कि उ पागल नै हुन्छ। इमानदारी र वफादारीको पाठ सिकेको हुन्छ। तर यो सबै समाजमा हुँदैन। उसको भावनासँग खेलवाड़ गर्दछ। मजाक सम्झन्दछ। 

सियाचीन ब्लेसियरको माईनस पचास डिग्री कठ्याङ्‌ग्रिने जाड़ोमा जुटेको हुन्छ। खटेको हुन्छ। 

जंसलमेरको पचास डिग्री तापमानमा बालुवासँग लुटपुटिएर कार्य गरिरहेको हुन्छ। त्यसैले उ पागल। समाजको त्यो प्रत्येक क्षेत्रमा कागजमा मात्र सीमित विकासको ढोल पिटने राजनैतिक धमिराहरूको पर्दाफास गर्न खोज्दछ। दुरुपयोगले मौलाएको हो भ्रष्ट अनुहारहरूलाई चकनाचुर पार्न खोज्दछ। तब उ एकलो हुन्छ, साथ दिने कोही हुँदैन। त्यस सैनिक र गाउँ समाजको दुरी कहिले नजिक हुँदैन। यसैले ती दुष्ट हातहरूले फाइदा उठाइरहेको हुन्छ। 

बिहान चाँड़ै उठेर घरको साफ सफाई, काम धन्धामा व्यस्त हुँदछ अनि टहल्न टाड़ा-टाड़ासम्म हिँड्‌दछ। गाउँ समाजमा कुनै साथी हुँदैन। शिर मुड़ाएर हिँड्‌द छ सबै सबै। उ एक्लो अजनवीको तरह। एउटा परदेशीको जस्तै। गाउँका ती भाराभूरे उसको साथी हुँदछ। एकझुट बनाएर इमानदारी र वफादारीको पाठ सिकाउँदछ। हरेक दुःख-सुख। हरेक मौसममा कार्य गर्न कामभाव हुँदछ। त्यो वचन पत्रको हरेक पन्नामा लिखित प्रस्तुती स्मरण गर्दछ। रिटायर पश्चात्‌ सिर्फ सिक्युरिटी गार्डको उपाधि मात्र। आफ्नै परिवार बिहानै खटपट खटपट गर्दा सबै रिसाउँदछ। 

 

रिटायर पश्चात्‌ पेन्सनले घर धान्न धेरै मुश्किल हुँदछ। आफ्नो हक र अधिकारको निम्ति कार्यालयको चक्कर काट्‌न मजबुर हुँदछ। अनुशासनको त्यो स्वच्छ परिवेशको पाइला पाइलामा पागलपनको उपाधि मिल्दछ। परेडमा लेफ्ट राईट, लेफ्ट राईट र कदम तालको हरेक ढाल, हरेक पलमा वारिडिसँग छआनबिन गर्न सक्षम हुँदछ। 

सैनिकको दिमाग घुड़ामा हुन्छ भन्दछ। यसैले त त्यो सैनिक दुश्मनको अगाड़ी कहिले घुड़ा टेक्दैन। दुःख, कष्ट, पीड़ाले कमाएको रूपियाँ। खुन-पसिनाको कमाईमा सीमित रहँदछ। सही समय, सही जगहमा रुपियाँ खर्च गर्दछ। त्यसैले गाउँ घरमा उसलाई कंजुसीको उपाधिले सजाउँदछ। कार्यालयमा बाबुजीहरूलाइ घुस दिन विरोध गर्दछ। शैक्षिक योग्यता एवं गुणवत्तापूर्ण योग्य उम्मेद्‌वार डिग्री हातमा लिएर पनि लाइनमा खड़ा हुँदछ। तर अयोग्य उम्मेद्‌वार भाइ भतिजावादको सहारामा एवं राजनैतिक चलखेलको इशारामा पछिल्लो दरवाजा (ढोका)बाट कार्य सिद्धाइसकेको हुन्छ। 

त्यो सैनिक रेलवे दरवाजामा खड़ा भएर उभिरहेको हुन्छ। त्यस सैनिकको फोटो त खुब सेयर गर्दछ। तर 27 जनवरी र 15 अगस्तको दिन बड़ाएर चड़ाएर ठूला ठूला ढोल पिटद्‌छ। कारगील र कुपवाड़ाको कहानी एक कहानीमा सीमित रहँदछ। 

समाजमा ती अनैतिक कारोबर भट्टी पराल, जहाँ कदम कदममा नशालु पदार्थको व्यापारले झन युवा जमात पथभ्रष्ट भएर गहिरो खाईमा डुबुल्की मारिरहेको छ। यसैले त्यस सैनिक साह्रै चिन्तित छ। हाम्रा समाजका युवा-युवतीहरूको भविष्य, भाषा, साहित्य, संस्कृति, जातिको जगेरा गर्न एउटा ठोस कदम उठान नितान्त आवश्यक देखिन्छ। यस नशाखोरको व्यापाकको प्वाललाई बन्द गर्न जिल्ला प्रशासनको ठूलो भूमिका बन्दछ। यस्ता अनैतिक कार्यलाई निमिट्याम्मै पार्न त्यो सैनिक अघिल्लो लहरमा हुन्छ। तर उ एकलो हुन्छ। सिर्फ एकलो।

अन्य लेखहरू