कुम्भ मेला : गंगा मेरो भए त आफै मेरोनिर आउनेछिन्‌

  • 2026-05-09 20:49:24

उदय ठाकुर, देहरादून छावनी

परम्परा अनुसार उत्तराखण्डस्थित गढ़वालको राजालाई पृथ्वीमा भगवान बदरीनाथको मानव प्रतिनिधिको पद प्राप्त छ यसैले गर्दा गढ़वालीहरू उनीलाई ‘बोल्दा बदरीनाथ’ भनेर सम्मान दिन्छन्‌। यो यस्तो नै छ जस्तो नेपालको राजालाई ‘विष्णु’ को रूपमा मानिन्छ। गढ़वाली राजालाई यसैले गर्दा एक विशेषाधिकार पाएको छ, कि कुम्भको अवसरमा नियत गरेको समय ‘हर की पौड़ी’ मा गंगामा सबभन्दा पहिले स्नान उनीले नै गर्लान। अन्य राजा, उनी ठूलो रियासतका भए पनि दोस्रो क्रममा स्नान पूजा गर्नेछन्‌। हरिद्वारको एक यस्तो कुम्भको समय गढ़वाली राजा मैदिनी शाह गंगापारी चण्डीघाटमा आफ्नो पड़ाव राखेका थिए अनि मैदानी भागका राजाहरूका धेरै हिन्दुराजाहरू पनि हरिद्वारमा कुम्भ स्नानको लागि विभिन्न स्थानमा डेरा हालि बसेका थिए उनी राजाहरूलाई गढ़वालीराजाको सर्वप्रथम स्नान गर्नु मान्य थिएन। यसको विरोधस्वरूप उनीहरू एक भएर आवश्यकता भए हथियारको उपयोग गरि यो कार्यक्रम रोक्नुको षड्‌यन्त्र रच्नु लागे। उनीहरूको यो षड्‌यन्त्रको खबर राजा मेदिनी शाह सम्म पुग्नु गयो। राजा मेदिनी शाहले अन्य राजाहरूलाई सन्देश पठाए कि यो शोभा दिँदैन कि कुम्भ जस्तो पवित्र बेलामा यस पवित्र भूमिमा क्षत्रिय वंशहरूको रगत बिना केही जरूरतको यस तरह बग्नु जाओस्‌। यसलागि निर्धारित समयमा उनी सबै ‘हर की पौड़ी’ मा स्नान, पूजा गर्नु सक्छन्‌ किनभने म त्यहाँ आउने छैन। सन्देशमा अघि भनेको थियो कि ‘गंगा मेरो भए त उनले मलाई आफ्नो भक्त मान्निछिन्‌ त आफै मेरो निर आउनेछिन्‌।’

राति अचानक गंगामा बाढ़ले नदीको प्रवाहमार्ग अर्कोतिर हुनुगयो अनि राजा मेदिनी शाहले आरतीको पश्चात्‌ गंगा स्नान गरे किनभने नदी उनको बसेको स्थान भएर प्रवाहित हुँदै थिएन।

यसैप्रकार 1854 मा गंगा नहर बनाउनुको समय पण्डाहरूले ‘हर की पौड़ी’ मा नहरको पानी प्रवाहित भएपछि ठूलो विरोध जताएकोले इञ्जीनियर ‘काटले’ ले मुख्यधाराको एक शाखालाई अर्कोतिर प्रवाहित गरेर यस आपत्तिको निवारण गरेका थिए। 

एक अन्य अवसरमा हरिद्वारको कुम्भमेलामा गढ़वाली राजा महीपत शाहलाई 500 नागा साधुहरूको टोली हथियारसहित मिल्नु गए। उनीहरूले राजाको अवहेलना गरे राजा महीपत शाह रिसले यतिको रातो-पिरो भए कि उनले आफ्नो सैनिकहरूलाई नागा साधुहरूलाई मारिदिने आदेश दिए। सैनिकहरू मार-काटमा लागे अनि यस्तो गर्ने बेला धेरै सामान्य तीर्थ यात्रीहरू पनि मृत्युका ग्रास बन्नु गए। मर्नेहरूमा एउटा वृद्ध साधु पनि थियो जसको घावहरूबाट रगतको सट्टामा दूधको धारा बहनु लाग्यो। यो घटना हरेर राजा धेरै व्यथित भएर डराए अनि पाप मुक्त हुनुलाई विद्वान पण्डितहरूसँग विचार-विमर्श गरि उपाय सोध्नु थाले। 

हरिद्वारको कुम्भ मेलामा वर्ष 1796 मा एक घटना हुन गयो। यस समय हरिद्वारको प्रशासन मराठाहरूको हातमा थियो। कुम्भले गर्दा हिन्दू गुसांई साधुहरूले अस्थायी रूपमा नगरको प्रशासन सभा लिएका थिए। उनीहरूको केही कुरामा सिखहरूको उदासी सम्प्रदायसँग मार-पीट हुनुगयो जसले गर्दा धेरैले प्राण गुमाएका थिए। 

1986 को कुम्भ मेलामा एक भगदड़मा 50 भन्दा धेरै तीर्थ यात्रीहरूको ज्यान गएकोले अंग्रेज हाइडर हियर्सेले नियमित घाट निर्माण गरेका थिए। 

गंगा अनि हरिद्वारको महिमा अपार छ। धेरै नेपालीहरूको लागि गंगा मोक्षदायिनी छ। महाकवि लक्ष्मी प्रसाद देवकोटाले आफ्नो प्रिय खण्डकाव्य मुनामदनमा मदनद्वारा गंगाको गुणगान गरेको पाइन्छ। उनी अन्तिम समयमा गंगाजलको दुइ घूंटको कामना गछन्‌। नेपालको राजाहरूमा महेन्द्र वीर विक्रम शारदेव, जुद्ध शमशेर, जङ्गबहादुर राणा, पूर्व प्रधानमन्त्री लोकेन्द्र बहादुर चंद आदिले गंगास्नान गरि गंगा पूजा अर्चना गरेको हामी पाउँछौं। 

मुगल बादशाह अकबरको दैनिक उपयोगको वस्तुहरूमा गंगाजल पनि हुन्थ्यो जो हरिद्वारदेखि लाइन्थ्यो। हरिद्वारमा दरबारका अधिकारीहरू नियुक्त थिए जनको काम सीलबन्द भाँडाहरूमा गंगाजल वाहकहरूद्वारा जहाँ पनि बादशाह हुन्थ्यो पठाउँथ्ये। 

सम्राट अशोक प्रतिदिन जहाँ पनि हुन्थ्ये त्यहाँ गंगा जल लाउने प्रबन्ध गरेका थिए।

अन्य लेखहरू