गरिब गोर्खालीको दाल ‘गहत’

  • 2026-05-09 20:45:48

उदय ठाकुर

गोर्खाली बहुल देहरादूनमा जब शीतको प्रकोप बढ्‌छ त उनीहरूको चुल्हामा भड्‌डूमा गहतको दाल खलबलाउँछ। गहत उत्तराखण्डको उपजिने एउटा महत्वपूर्ण फसल छ। गहतको मुख्य स्रोत अफ्रीका मानिन्छ। यसको इतिहास धेरै पुरानो छ। विश्वमा प्राप्त 240 प्रजातिहरूमा मात्र 23 प्रजाति नै भारतमा पाइन्छ जबकि शेष प्रजाति अफ्रीकामा पाइन्छ। गहतलाई यहाँ कुलथ पनि नाम दिन्छन्‌। यस दालको लेटिन भाषामा डोलीचस बाइफ्लोरस नाम देखिन्छ। अंग्रेजीमा हार्सग्राम, हिन्दीमा कुलथ, संस्कृतमा कुलत्थिका यसको नामकरण छ। खास कुरा यी छ कि यो दाल हिमालयी क्षेत्रहरूमा धेरै पाइन्छ। उत्तराखण्डमा शायद नै कोहि यस्तो होस जसले यसको सेवन नगरेको होस्‌ गुर्दाको पथरीको इलाजको लागि यसभन्दा राम्रो अचूक औषधि कोहि हुँदैन। यसको पानी सभन्दा पौष्टिक हुन्छ। आजको समय जब मान्छे पथरीको चिकित्साको लागि आयुर्वेदिक औखतिहरू लिन्छन्‌ तर धेरै मान्छेहरूलाई थाह छैन कि यसदालको प्रयोगले पनि पथरी रोगलाई काबू पाउन सकिन्छ। तपार्इंको शरीरमा हुने पथरी केहि दिनमा नै यसको सेवनले समाप्त हुनसक्छ। 

भारत अनि नेपालमा गहत मुख्यतः असिंचित खेतहरूमा रोपिन्छ किनभने गहतको फसलमा सूखो सहन गर्ने शक्ति हुन्छ। साथै नाइट्रोजन फिक्सेशन गर्नुको क्षमता पनि हुन्छ उत्तराखण्डमा प्राप्त गहतको बिऊँ रातो, सेतो, कालो अनि खैरो रंगको हुन्छ। गहतमा प्रोटीन अनि कार्बोहाईरड्रेटको प्रचूरमात्रा हुनको कारण आज यसको उपयोग सम्पूर्ण विश्वमा विभिन्न खाद्य अनि पोषक पदार्थको रूपमा गरिन्छ। यसको बीऊँमा कार्बोहाईड्रेट, प्रोटीन, फाइबर, कैरोटीन, आयरन, कैल्शियम, मैग्निशियम, फास्फोरस आदि पाइन्छ। यसको प्रकृति गरम मानिन्छ यसले गर्दा यसको मुख्य  उपयोग शीत ऋृतु वा धेरै जाड़ो भएपछि धेरै हुन्छ। 

गहतमा फाइटिक एसिड अनि फिनोलिक एसिडको प्रचुरमात्रा हुनाले सामान्य कफ, घाँटीमा इन्फेक्शन, ज्वरो अनि अस्थामा आदिमा प्रयोग गरे लाभ हुन्छ।

अन्य लेखहरू