-बी.बी. विश्वकर्मा, सिलगढ़ी
मिजोरामको राजधानी आइजोलमा 5 र 6 अप्रेल 2001 मा सम्पन्न भएको राष्ट्रिय भेला जोचैँ मिजोराम गोर्खा युथ एसोिसिएशनले आयोजना गरेको थियो। त्यहीँ नै प्रथमपल्ट दाई प्रदीप योञ्जनसँग भेट भएको थियो। त्यस सम्मेलनमा लिएको निर्णय अनुसार राष्ट्रियव्यापी गोर्खा संगठनको स्थापित गर्ने उद्देश्यमा अस्थायी संस्था गठन गरियो। त्यस संस्थाको नाम नेश्नल गोर्खा फेडरेशन राखियो। त्यसमा भारतभरिका प्रतिनिधिहरू जम्मा अठाह्रजनाको नाम अनुमोदन भयो।
त्यस अस्थायी समितिका अध्यक्ष श्री प्रदीप योञ्जन, उपाध्यक्षा श्रोीमती मैना थापा, महासचिव श्री निर्मल
कुमार पुन, कोषाध्यक्ष श्री अरूण उपाध्याय अनि विभिन्न राज्य र क्षेत्रहरूका प्रतिनिधिहरू समाज चुनिएका थिए। ती संयोजकहरू निम्नलिखित थिए। श्री तामलाल लोहार, श्री प्रवीन लोहार, श्री मधु शर्मा, श्री धनकुमार नेवार, श्री प्रताप खाती, श्री बी.बी. विश्वकर्मा, श्री टिका भट्टराई, श्री प्रो. भवानीप्रसाद शर्मा, श्री के. विक्रम राणा, श्री पी.बी. सुनार, श्री विक्रम छेत्री, श्री मदन तामाङ, श्री शोम पराजुली, श्री जसराम राई थिए विशेष आमन्त्रित व्यक्तिहरू श्री मदन तामाङ, श्री पितम्बर गुरूङ र श्री नव सापकोटालाई मनोनित गरिएको थियो।
स्थायी समिति गठन गर्ने उद्देश्यमा प्रथम सभा सिलगढ़ीको कृष्णमाया नेपाली हाई स्कूलमा सम्पन्नु हुँदा नाम्चीदेखि श्री प्रदीप योञ्जन आइपुगेर सभालाई गरिमामय बनाएका थिए। त्यसपछि लगातार सभा गरेर राष्ट्रिय सम्मेलन गर्ने उद्देश्यमा आयोजक समिति गठन भयो। त्यसको लेखाजोखा अघिनै पत्र-पत्रिकामा गरिसकेको छु। आर्थिक संग्रह गर्न दाई श्री प्रदीप योञ्जन र म आसाम मेघालय, नागाल्याण्डको भ्रमण पनि गऱ्यौं।
फलस्वरूप हामीसितै धेरै जातिप्रेमीहरूको सहयोगले सम्मेलन सफल भयो। श्रीमती दिलकुमारी भण्डारी अध्यक्षा अनि श्री प्रदीप योञ्जन महासचिव चयन भए पश्चात दुइ-तीनवटा मुख्य काम भए। 1. शहीद मेजर दुर्गा मल्लको सालिग सांसद भवन परिसरमा खड़ा गराइयो, 2. महानन्दा ब्रिजको छेउको आनन्दलोक अस्पताल पछाड़ि भारतीय गोर्खा परिसंघको कार्यालयको निमित्त घर किन्ने काम भयो। त्यसकामको निमित्त सालिग निर्माण समितिमा श्रीमती दिलकुमारी भण्डारी अध्यक्षा, श्री बुद्धीमान प्रधान सचिव अनि स्व. कमानसिह रामुदामु कोषाध्यक्ष कोषाध्यक्ष रहेका थिए भने भागोपका सबै पदाधिकारी र सदस्य-सदस्या निःस्वार्थ अघि आएका थिए।
एउटै परिवारमा पनि मेलमिलाप हुँदैन भने विभिन्न परिवारबाट आएका थियौं हामी एक दुइजनाको आँखाको छारो भएका थिए श्री प्रदीप योञ्जन र श्री प्रदीप योञ्जन हामीबाट बिछोड़िएर धेरै दिन निखोज रहेका थिए। हाम्रो भेटघाट भएन। प्रायः 15 वर्ष पछि श्री पुरण गिरीको बाट दाजु प्रदीप योञ्जनको चलभाष नम्बर प्राप्त भयो फोन गरें केन्सर जस्तो ज्यानै लिने रोग लागेर चिकित्साको निमित्त सिक्किम प्लाजामा रहेको निजी नर्सिङ होममा रहेको थाहा लाग्यो र जाने निधो गरें।
13.12.2019 को हिमालय दर्पणमा श्रीमती दिलकुमारी भण्डारीको समाचार पढ़ेको हुँदा श्रीमती भण्डारीलाई चलभाषमा सम्पर्क गरें। श्री प्रदीप योञ्जनबारे भण्डारी महोदयालाई कुनै खबर नरहेको थाहा पाएँ अनि मैले प्रदीप योञ्जनको अस्वस्थ्यको बारेमा बताएपछि श्रीमती भण्डारी सिलगढ़ीमै रहेको र म पनि आउँछु मलाई पर्खनु होला आदेश भयो मलाई 14.12.2019 को दिन साँझ चार बरे सिक्किम प्लाजामा म पुगें आदरनीय दिदी भण्डारी पनि आइ पुग्नु भयो अनि हामी दुवैजना एकैचोटी श्री प्रदीप योञ्जनको केबिनमा पुग्यौं। प्रायः पन्ध्र वर्षपछि हाम्रो भेट भएछ तीनजना प्रायः विश मिनट कुरा गऱ्यौं भक्कानियौ अनि सान्तवना दिएर बाहिर आयौं। दिदीले भक्कुसित मलाई धन्यावद दिनुभयो श्री प्रदीप योञ्जनसित भेट गर्ने चाँजो मिलाएकोमा त्यसपछि श्री प्रदीप योञ्जनलाई बाबुभाषा एउटा घरमा राखिएछ म भेट्न गएँ त्यस अवसरमा दाई प्रदीप योञ्जनले सबै बन्धुहरूसित भेट गर्ने इच्छा प्रकट गर्नुभयो। त्यसै अवधिमा ‘भारतीय गोर्खा परिसंघ’-को हालचाल सोध्नु भयो म पनि धेरै वर्ष भयो सम्पर्कमा नरहेको (नबोलाएको) श्री प्रदीप दाजुले श्री मीमलाल सापकोटा, श्री बुद्धदेव देवान, श्री केसबहादुर लामा, श्री अरूण उपाध्याय र धेरै मानिसहरूको अवदानले भागोप संगठित भएका सम्झना गर्नुभयो। विशेष गरी कर्णेल डी.आर. गुरूङ, श्री बुद्दीमान प्रधान श्री ज्ञानेन्द्र खतिवड़ालाई मैले अलिकति अमानवीय व्यवहार गरेकोमा क्षमा माग्नु पर्नेछ भन्नुभयो। भाईले श्रीमती दिलकुमारी भण्डारी गुरुआमासित भेट गराएकोमा मलाई धेरैपल्ट धन्यवाद दिनुभयो अनि नेशनल गोर्खा फेडरेश र भारतीय गोर्खा परिसंघको संविधानको किताप छ भने ल्याइ दिनुहोस् भन्नु भएको थियो। उनकै इच्छाअनुसार उनको प्रिय पात्रहरूसित भेट गराउने व्यवस्था मिलाउँदा मिलाउँदै उनकी माताश्रीको निधन भयो।
उनको इच्छाअनुसार संविधानको किताप लगेर दिएँ 2 मार्च 2020 मा अनि निकट समयमा भेटघाटको कार्यक्रम राख्ने वचन त दिएँ तर उनको स्वस्थ्य निकै बिग्रेर नर्सिङहोममा भर्ती हुनुभएछ सो काम भएन त्यहि दिनै उहाँसँग अन्तिम पल्ट बात मार्न पाएको रहेछु।
मार्च दस 2020 को दिन होली पर्व परेको थियो चारैतिर होलीको रमझम थियो। म घरमा थिएँ। प्रायः दिउँसो 2 बजे चलभाषमा श्री प्रदीप योञ्जनको निधन भयो र उनलाई नाम्ची लादैछौं भनि उनकी छोरी मोनिका योञ्जनले मलाई सूचित गर्ने साथ म आउँदैछु भनेर मोटरबाईक दौड़ाएर सिक्किम प्लाजामा पुगें। श्री प्रदीप योञ्जनको निःस्प्राण शरीर एम्बुलेन्समा चड़ाएर लानु आँटेका रहेछन् धन्न मैले दश मिनट भए पनि दर्शन गर्न पाएँ 5 र 6 अप्रेल 2001 मा भेट भएर अन्तिम विदाई भेट 10 मार्च 2020 मा भयो।
स्व. प्रदीप योञ्जन अब हामी माझ छैनन् तर उनी र उनको कामको निमित्त भारतीय गोर्खा परिसंघसित सम्झनामा रहनेछन्। श्रद्धाञ्जली छ।

